• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७७३ - पीर पीराउ

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/२९ ९३

अ.द.नं.७७३-२०१०,

दे न.३०७/९२

 प्रधान न्यायालय सीङ्गल बेञ्‍च

फौ.ल.नं.  ०२

मुद्दा: पीर पीराउ


अपीलाट् प्यूठान तोरवाँ बस्ने मुक्त बाहादुर खत्री क्षेत्री स्मेत

बीपक्ष – ऐ. बस्ने जी. मु पुनारां उपाध्याय


ईजलास

श्री माननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय

फैसला

येस्मा तोखाँ गाए स्मेतको तालुकदार पुनारां भै पाखासिर्मा खांगी वालाबाट बहालीद्वारेले तालुकदार मार्फत उठाउने गर्थे १ साल देखी ४ सालसम्मको जागीर्गरेको पद्म धने स्वर्ले सेर्मा वेठ देउ भनी उर्दीगरेमा पुनारांले रोकी वलक वेठी भनी रु २।५० का दर्ले तालुकी लींदा खर्च भयेको भनी रु ४ का दर्ले ४ सालका चैत्रमा र फेरी ५ साल भरायबाट २८ गते तालुकदार सेर्मा बुझाउने गराउँछु भनी रु २।५० का दर्ले बढी रकं लीये खायेकालेता पुनरांलाई झीकी झी पाउँ भंने मुक्त बहादुर स्मेतको बीतींपत्रमा व्यहोरा साँचो भया ठाडै बुझी अै सावाल बमोजिं गर्नु भंने २००६।२।१२।४ को हुकुम्को प्रमांगी रहेछ।

४ सालमा रु ४। का दर्ले र ५ सालमा रु २।५० का दर्ले बेसी रकं उठाई खायेका हुं भनंने मुक्त बाहादुर खत्री स्मेत ५७ को वारेस द्वारा वादी वयां भयेको रहेछ।

धनेस्वर्ले पटहा ल्यायेपछी कोही रैतीले सावीकै बमोजीं बुजाउँछौ भनी रु ३०। का दर्ले रु १२० दीयेको जागीर्दारलाई सोधेमा ली आउछू भनी लेखेकाले लगी बुजायेको छु वढी रकं ली केही पीर्वाधा पारेको छैन भंने पुनारांको प्रत्येवादी वयान रहेछ।

बादी ८ जना म्यादमा हाजीर हुनै नआयेकाले वीचार गर्नु नपर्ने अरुमा सम्म ६।५० को दर्ले बढी रकं लगाइ प्रतेवादीले कसुर गरे गरेकै ठहर्छ भनी २००६।१२।२८। २ प्यूठाना अदालतले जाहेरि फैसला गरेको यो साल मैन्हा मीतीमा लीय खायको भंन्‍न सबुद दीन नसकेकोमा अन्याय संग फैसला गरी दीयकोले चीत्त बुझेन भंने प्रत्येवादी पुनारांको अपील रहेछ।

बादीहरुका लेखाई बाटै बढी रकं माग्दाकै अवस्थामा नलाग्ने रकं माग्दाकै रकं भंने जानम भैरहेको देखीयकाले पुनारांले माग्दैमा वादीहरुले दीय होलान भ्ने कुरा अन प्रतीत र वीन्तीपत्रवाला मध्येका कुनै मानिस जनाउको म्यादमा उजुर डायर गर्ने नआएकोमा बढी रकं लिये खायेको होइन भनी प्रत्येवादीमा साछी बस्ने यकै मीलां गरी बकेका स्मेतबाट प्रतत्येवादी पुनरांले बढी रकं उठाये लिये खायेको ठहर्न सुरुको इन्साफ गल्ती भनी २०११।८।१५।४ मा सल्यान अपीलले फैसला गरेको रहेछ।

जागीर्दारबाट पट्टा येको ५ भंन जागीर्दारको तीरो उठायेको छैन भंन पर्त्येवादीले नसको वीना मतलबबाट तालुकदारले स्वम्या तालुकदारले गर्‍योहोला भंन नहुने हुनाले अपील स्मेतको चीत्त बुझेन भंने मुक्त बाहादुर खत्री स्मेत वादी ज्वान ४६ को धरौटी अपील रहेछ।

यो मुद्दा प्रधान न्यायालय पहिला फाँटबाट जागीर्दारको चीठीली आउनु भनी झीकाइ आयेका प्रत्येवादी पुनरांको वारेस नारायण उपाध्यायलाई राखी प्रधान न्यायालय सीङ्गल बेञ्च श्री माननीय न्यायाधीश महेन्द्र बहादुरका इजलासमा पेस हुदा अैंले वातील नहुने र अघी साछी बस्ने बाहेकका प्रत्येवादीकै तालुकमा रेती सरज्मीं साधियार गाउ वरपर नजीकका जानझकार मानिस प्युठाना गौठा मार्फत बुझी जाहेर गर्नु भंने २०१०।२।२१।४ मा आदेस भये बमोजिं बुझीदा ४ सालमा मोरू ४ का दर्ले र ५ सालमा मोर २।५० का दर्ले वादीहरुबाट ता. पुनरांले उठाई ली खायेका हुं भ्ने रां कृस्न उपाध्याय स्मेत ज्वान ५१ को र प्रत्येवादीले वादीहरुबाट पीर्वाधा पारी बढी रकं उठाई ली खायेको होइन खायेका भये ९ सालमा ईनै वादीहरुले प्रत्येवादीलाई पञ्चायतकव सदस्यमा चुनाउ गर्नु नपर्नेमा गरेबाट प्रत्येवादीको कसूर नदेखीने भंने इन्द्र बाहादुर खत्री स्मेत ज्वां ५५ को २०१०।४।२९।५ मा सरज्मीं मुचुल्का भै आयेपछी २०१०।८।२३।३ मा श्री माननीय न्यायाधीश भैरवराज पन्त जयूका ईजलासमा पेस हुँदा पंचायत गोश्र्वाराबाट निर्वाचं कपीसारको मुचुल्का झीकाई पेस गर्नु भंने आदेस भै सींहदर्बार पञ्चायत गोश्र्वाराबाट झीकाइ आयेको २००९।४।१७।६ का मुचुल्का हेरेमा मुक्तीप्रसाद भट्टराई १ जीमु पुनारां उपाध्याय भट्टराई १ समेतका १ तारिख मुकरर भयेका दीन खडा हुनेमा निर्वाचं भयेको ठीक साचो हो भनी यस मुद्दामा सल्यान अपीलका फैसला उपर प्रधान न्यायालयमा अपील गर्ने ज्वान ४६ मध्येका तेजमान बवर जोगी १ नवलंसीं विष्ट छेत्रि १ जुमाने कामी-१ ओं बहादुर थापा मगर १ भवानी प्रसाद उपाध्याय-१ मने पूं मगर १ खीं बहादुर खत्री छेत्री-१ सोमांसी पुं मगर १ रामेश्वर गीरी १ स्मे जम्मा ज्वान ५९ले सैछाप गरी दीयको देखीयको हुनाले इ अपीलाट् स्मेतका रैतीले यो प्रत्येवादी जीमु पुनारांलाई रुचायेको देखीएको नीज पनारांले बादी उजुर बमोजीं रैतीहरुबाट बढी उठाइ ली खाने पिपीराउ गर्ने गरेका भये पंचायतमा सदस्यमा अपीलाट स्मेतका त्यती व्यस्थ रैतीले यो प्रत्येवादी पुनारांलाई चुनाउ गर्नै नपर्ने गरेको देखीयेबाट प्रत्येबादी पुनारांले रैतीबाट बढी रकं ली खाई पीर्बाधा पारेको रहेछ भन्‍न नहुने र सल्यान अपील्का फैसलामा लेखीएका बूदा प्रमाणबाटस्मेत प्रत्येवादी पुनरांले बादीहरुबाट बढी रकं उठाए लीये खायेको ठहर्दैन सुरुको ईन्साफ गल्ती भनी सल्याना अपीलले २००८।११।१५।४ मा फैसला गरेको ईन्साफ मुनासिब छ ईन्साफ पारी छीन्‍ने हाकीम उपर अपील गरे बापत अपीलाटले सामेल्का ज्वान ४६ लाई अपीलबाट जनही मोरु ।९८ का दर्ले ज्मा मोरु ४५।८ सुरु दंड भयको त्यस्मा यो पैलो अपील हुदा हा.का. १० नं. बमोजीं सयेकडा १० ले ज्मा मोरु ४।५१ चार रुपैया एकाउन्‍न पैसा दंड हुन्छ सल्याना अपील उपर प्रधान न्यायालयमा अपील गर्दा तारेखमा नबस्ने गरी वादी मुक्त बाहादुर खत्रृ छेत्री स्मेत ज्वान ४५ को बारेस भै आफ्ना हक्मा स्मेत प्युठाना तोर वाँ जुरेगाउँ बस्ने दुर्गाबहादुर खत्री क्षेत्रीले २००८।१२।३०।३ मा दर्खास्त साथ जम्मा मोरु ४।५१ सल्यान अपीलमा धरौटी दाखिल गरेको मिसिल्बाट देखीनाले स्व धरौटी स्रेस्ताबाट खर्च लेखी सदर्स्याहा गर्नु भनी जील्लालाई पूर्जी गर्न तहसीलमा लगत दीनु अपीलबाट मुक्त बाहादुर स्मेत ज्वान ४५ को वारेस भै आफ्ना हकमा स्मेत धरौटी अपील गर्ने दुर्गा बाहादुर खत्री क्षेत्रीलाई यो फैसला भएको जनाउ पनी दी यो फैसला सहीतको मिसिल जील्लामा पठाउन मिसिल फाटमा बुझाई दीनु।

ज्मा  ज्वान --------------------------------------------------------४६

प्यूठान तोर वाँ जुरेगाउँ बस्ने दुर्गा बहादुर खत्री क्षेत्री --------------------१

ऐ.तोर वाँ चीस्पा बस्ने तोक बाहादुर ऐ. ---------------------------------१

ऐ.बस्ने सुने पुं मगर --------------------------------------------------१

ऐ. बस्ने भुवानी प्रसाद ऊपाध्याय ---------------------------------------१

ऐ.तोखाँ बस्ने तेजमान कपर जोगी ----------------------------------१

ऐ. जंगे बस्ने तीलु कवर जोगी -------------------------------------१

ऐ वेटा बस्ने लक्षे पुंमगर ------------------------------------------१

ऐ जगेना पखेटा बस्ने सेते विष्ट क्षेत्री -------------------------------१

ऐधंमुडा बस्ने डवल्सीं वीष्ट क्षेत्री -----------------------------------१

ऐ तोर्खा बस्ने जुमाने कामी ---------------------------------------१

ऐ बस्ने अम्बर बाहादुर खत्री -------------------------------------१

ऐ बस्ने मनीलाल उपाध्याय --------------------------------------१

ऐ नेटा बस्ने दुर्गाबाहादुर खत्री -----------------------------------१

ऐ तोर्खा बस्ने जुक्त गीरी ----------------------------------------१

ऐ जयनापखरा बस्ने देउराज बीष्ट --------------------------------१

  बस्ने तुल्सीरां बीष्ट क्षेत्री -------------------------------------१

ऐ तोरु वाँ वस्ने टीके सार्की .................................१

ऐ हाडी गैरा बस्ने ओम्वाहादुर थापा मगर ----------------------१

ऐ बस्ने भीम्बाहादुर थापा मगर ---------------------------------१

ऐ. छाप् खोला  बस्ने हिरा गिरी --------------------------------१

ऐ जुरे गाउ बस्ने अनंत उपाध्याय -----------------------------१

ऐ बस्ने सीक्रीमां खत्री -----------------------------------------१

ऐ बस्ने चीत्त बाहादुर खत्री -------------------------------------१

प्यूठान थुं नाराकोक मौजे तोखाँ चोखाँ चीस्वां बस्ने मुझ बाहादुर खत्री क्षेत्री ----१

ऐ बस्ने जयेलाल नगरकोटी -------------------------------------१

ऐ बस्ने मते पुं मगर -------------------------------------------१

ऐ जगे बस्ने धंवीर बीष्ट क्षेत्री ----------------------------------१

ऐ तोरा वाँ बस्ने स्वभासीं पुंमगर ------------------------------१

ऐ जंगे बस्ने बलबादुर बीष्ट क्षेत्री -----------------------------१

ऐ तेटा बस्ने सीवलाल पुं मगर -------------------------------१

ऐ तोरवाँ बस्न मतिलाल कवर जोगी ------------------------१

ऐ वजंगे बस्ने जुगलाल पाध्याय ----------------------------१

ऐ तोर वाँ स्ने कुल बाहादुर खत्री क्षेत्री ----------------------१

ऐ बस्ने दल बाहादुर पुं मगर ------------------------------१

ऐ बस्ने ससे कामी ----------------------------------------१

ऐ तेटा बस्ने अम्बर बाहादुर खत्री क्षेत्री --------------------१

ऐ तोर वाँ बस्ने जुठे कामी ---------------------------------१

ऐ अपेना पवखरा बस्ने गोमे वीष्ट क्षेत्री ---------------------१

ऐ बस्ने मोतीलाल विष्ट ऐ ---------------------------------१

ऐ बुराषोला बस्ने सांले गीरी दहखोला ----------------------१

ऐ हाडी गैरा बस्ने लालबाहादुर थापा मगर ------------------१

ऐ तोरवाँ बस्ने अर्जुन कामी --------------------------------१

ऐ गुरे गाउ बस्ने सोभाकांत उपाध्याय -----------------------१

ऐ गुरे गाग्य बस्ने केसर बाहादुर खत्री ----------------------१

ऐ बस्ने खीं बाहादुर खत्री ----------------------------------१

ऐ बस्ने रामेश्वर गीरी ---------------------------------------१

 

द.................

                                                न्यायाधीश

 

ईती सम्वत २०१० साल माघ २९ गते रोज ५ शुभ्म् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563