निर्णय नं. ३६ - जगा षीचोला
नेपाल प्रधान न्यायालय डिभीजन बेञ्च
मुदा नं ९५६
ऊजुरवाला
वादी पाल्पा खस्यौली मध्ये खांची पाली बस्ने हेमकुमारी ऊपाध्यानी १
प्रतेवादी पाल्पा षाची मौजे पाहाली बस्ने चीन्तामनी न्यौपाने १
वीपक्ष
प्रतेवादी पाल्पा जीलै षाची मौजे थांथोक बस्ने देमिनी घर्ति मरी मुदा सकार गर्ने नीजको स्वास्नी पाल्पा पाल्ही बस्ने चन्द्रकुमारी घर्तीनी
मुदा जगा षीचोला
ईजलास
श्रीमाननीय न्यायाधीस प्रदिप्तमानेम्वर नेपालतारा ले.ज. प्रकाशसम्सेर जङ्गबाहादुर राणा
श्रीमाननीय न्यायाधीस महेन्द्रबाहादुर महत क्षत्री
फैसला
चीन्तामनीका हकको नीजका नाऊमा दर्ता भयेको स्यालपातो भन्ने रु।८१।१ तीराको पाखो र तेस्मा बनेको कची थारोस्मेत रु ८५१।मा २००४।१२।२७ मा राजीनामा गरीदी ऐं २८ गते रजिष्टेसं पास गरीदियकाले मकै छर्न भनी २००५।१।२७ मा गोरु खेताला ली गयकोमा देऊमुनीले मलाई राजीनामा गरी चीन्तामनीले दीयकोछ भनी चलंहटक गरेकाले सजाये गरी जगा मेरै सदर गरीपाऊ भन्नेस्मेत वादी रहेछ।
वादीले दावी गरेको रु।८१।२ तीराको स्यालपाटा भन्ने जगा रु ३७।५० मा लालुसंग चींतामनीले ७२।९।१५ मा राजीनामा गरी ली आफ्नु नाऊमा दर्ता गराई घरकटेरा बनाई भोगगरी आयको ९३।११।४ मा रु ३५० मसंग ली सो जगामा बनेको घरकटेरा बाहेक गरी अघीको राजीनामास्मेत सोपुवा गरी मलाई राजीनामा गरी दी नीजले ईन्द्रे मीञाको जगा ली घरकटेरो सो जगामा सारी बसेकोछ सो मलाई राजीनामा गरीदीयको पास नभय पनी दाखेलखारेज गराई तीरोभरो गरी घरस्मेत बनायको छु झुठा दावीबाट फुर्सत गराई घरबारी मेरै सदर गरी पाऊ भन्नेस्मेत देऊमनीको प्रतेवादी रहेछ।
देऊमुनीबाट रु ३५०। ली तीरो रु ।८१।१ लागेको स्यालपाटो भन्ने जगा राजीनामा गरी दीयकोमा स्वास्नीले जगा आफुले राषनुपर्छ भनेकाले रुपैञा बुझाऊछु भन्दा कपालीसरह ब्याजमा जगा भोग गर्न देऊ रुपैया बुझायमा बुझछु भनेकाले राजीनामामा घर कटेरा बाहेक भनी लेखियको भयेपनी कपालीसरह रुपैञा बुझाऊन पाऊने हुदा सो जगामा बनेको ठारो कोरास्मेत भत्काई नलगी ब्याजबापत भोग गर्न दीयकोमा जगा बीक्री गरेमा फाइदा हुनेहुदा ठाऊठाऊबाट सापति ल्याई २००४ साल माघमा रुपैञा बुझाऊन जादा बुझी राजीनामा स्वास्नीले राषेको माईत गैरहेको हुदा आयेपछी पत्ता गरी दीऊला जगा चलं गर्नु भनेकाले रुपैञा बुझाई हेमकुमारीलाई २००४।१२।२७ मा रु ८५१। मा राजीनामा गरी ऐ २८ गते पास गरी दियेको हुदा आफैले चलं गरे हुने भै मऊपर नालेस गर्नै नपर्ने हुदा झुठा दावीबाट फुर्सत पाऊ भन्नेस्मेत चीन्तामनीको प्रतेवादी रहेछ।
रजीष्टेसं ३८ नं ले लेखत पास नभै जगामा हक नपुग्ने पास गर्नपर्ने नगरेमा जगा षाय ब्याज भराऊन पर्दैन जगा नखाये ब्याजस्मेत भरि पाऊन्छ पास नगरी जगामा पक्रन पाऊदैन भन्ने रजीष्टेसंको ७ नं को अैन हुदा दर्ता बेरित देषीयको यस्तै पास नभयको लेखत जगा दर्ता भयको दलबाहादुर जगमनीको जगा मुदामा राजीनामा पास नभयेकाले कपाली हुन्छ भनी २००५।३।१२ मा खड्गनीसाना भै छीनीयको छीनुवा मीसीलबाट देखिन आयकोले दर्ताबाट देउमनी हक पक्का नहुने हुनालेस्मेत खीचोला गरेको ठहर्छ भनी ०५।१२।१ मा पाल्पा अदालतबाट फैसला गरेको रहेछ।
जगा खीचोला गरेको ठहरायको ईन्साफ अदालतको मनासीब थैलीको हक्मा रुपैञा लीयषायेमा चीन्तामनी साबीत बुझाईसके भनेकोमा लेखत सबुद दीन नसकेकोले राजीनामा गरी वादीले लीयका मीतीदेखि आयस्ता षान देऊमनीले नपाऊने हुदा सावा ब्याज मोरु ४०३।७५ चीन्तामनीबाट देऊमनीलाई भराई दीने ठहराई ०६।७।१० मा पाल्पा अपिलबाट फैसला गरेको रहेछ।
जगा लेखत गरी भोगायमा चीन्तामनी साबीतै भयको तीरो ९४ सालदेखि देऊमनीले गरेको देखियको सो जगामा १ तला थपी घर बनाये भंन्य पनी जीकीर भयको साफा असमानीस्मेत लागी देऊमनीको नाऊमा दर्ता भयको म्यादभीत्र उजुर गरी सो दर्ता बदर गराउन नसकेकोले ऊजुरि बेगर दर्ता काटीन गै अैनसवालमा बाढा पर्न जाने देखियको र देऊमनी घरधुरि उठा हुने हुदा छलफलमा हेमकुमारी चिन्तामनीलाई झीकायमा हाजीर हुन नआयका र दलबाहादुरको र दुर्गामनीको जगा मुदामा दर्ता भयको रजीष्टेसं पास नभयको थैली कपाली हुने ठहरि खड्गनीसाना भयको मीसील हेर्दा घरधुरिको जीकीर नहुनाले यो मुदाको अवस्था नमीली फरक परेकोले दर्ता तीरोबमोजिं जगा ती देऊमनीले भोग गर्न पाऊने र थैली बुझायेको फट्टा भर्पाई नहुदा दोहरा पारी हेमकुमारीलाई लेखि दीयको ठहर्छ हेमकुमारीको थैली चीन्तामनीबाट असुल गरी लीन पाईन्छ भनी २००७।९।२४ मा प्रधान न्यायालय बक्यौता फाटबाट फैसला गरेको रहेछ।
हेमकुमारी र चिन्तामनीले दीयका बीन्तीपत्रमा भयका आदेशबमोजिं दायर भयको यो मुदा हेमकुमारीको वारेस लक्ष्मीप्रसादलाई राषी चीन्तामनीले तारेषमा राखीपाऊ भन्नेसमेत बेहोराको दियको बीन्तीपत्रस्मेत बुझदा
चीन्तामनीले दीयका बीन्तीपत्रमा भयका आदेसबमोजिं नीजले वारेसनामा दी तारेषमा वारेस र आफुस्मेत बसेको नभै हेमकुमारीकै वारेसनामा दि नीजकै वारेस दुर्गाप्रसाद नै हाजिर भै जनाऊ आयका बखत हाजीर हुने कागज गरेको देखिनाले चीन्तामनीलाई घर पठाऊन र हाजीर भयमा तारेषमा राषन पर्दैन ईन्साफका हक्मा दर्ता देऊमनीकै नाऊमा भयको भोगतीरो नीजकै भंन चीन्तामनीका लेखाईबाट देखिन आयको चिन्तामनीले हेमकुमारीका नाऊमा फार्छे राजीनामा गरी नामसारी दीदा मेरा नाऊमा दर्ता भयको भंन्यस्मेत धाती बेहोरा लेखियको र तीरो दर्ता वीचारै नगरी लीयको देषीनालेस्मेत ईन्साफ प्रधान न्यायालय बक्यौता फाटले ठहराई छीनेको मनासीब ठहराई दोहरायमा उजुरवाला हेमकुमारीके सुरु डंड मोरु. ।१८ को हाकींका नाऊमा कराऊनेका ११ नम्बरले मोरु ।२ दुई पैसा डंड हुन्छ वारेस हुदा अैनसवालको रीत पुर्याई असुल गर्न तहसीलमा लगत दीने।
महेन्द्रबहादुर महत प्रकाशशम्सेर
न्यायाधीस न्यायाधीस
ईति सम्वत् २०१० साल वैसाष ३१ गते रोज शु