• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७८१ - ज्यान

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/०५ १०२

अ.द. न. ७८१-२०१०

रीट नं. ३२१/१६५

प्रधान न्यायालये सींगल बेञ्‍च

सा.नं. १६५


बादी चीसापानी ई पहडी गाउ बस्ने जी हर्कबहादुर स्मेतके १

विपक्ष ऐ. खैरान मध्ये नञा गाऊ बस्ने टेक  बहादुर स्मेत ७


मुद्दा ज्यान

इजलास


श्री माननीये प्रधान न्यायाधीस हरी प्रसाद प्रधान ए मए वीएल.

फैसला

येस्मा साधकद्वारा पेस हुन आयेको यो मुदा बुझदा मेरा छोरा गीरी बहादुरलाई ९।७।२० गते प्रतेवादीहरले बोलाई लगी कर्तवे गरी मारी लास बेपत्ता पारे कसुर मोतावीक सजाये गरी पाउ भंने स्मेत बादीको उजुर बुझीयेका सरज्मीं मध्ये काल कर्तबे छुत्याउ सकदीन भंने बाहेक दुर्गाबहादुर स्मेत ज्वां ११ ले टेकबहादुर स्मेत उपर कर्तब्य र दबाउने काममा मतीयार भयेको ठहरायेका छौ भंन्या ९।९।२२ मा मुचुलका गरेको र टेकबहादुरले बयां गर्दा ज्यान मारेमा ईन्कार भै लास संसकार गरेमा सकार गरेकाले नीज टेकबहादुरलाई ज्मानी दीये  छाडने नदीये थुनामा राखने भनी उस बखट् ज्मानी डीन नसकेका कारणले म हाकींले थुनामा राखेको र तेसपछी मेरो कायें मुकाएमका अबस्थामा नीजलाई ज्मानी ली तारेखमा छाडेकोमा उनै हाकींले फेरी ज्मानीमा छोडन नहुने थुनैमा राखन पर्ने भनी अघीको मीती पारी पर्चा गरे भंनेस्मेत विचारीको र थुंन पर्ने भनी पर्चा भयेका मानीसलाई विचारीले जमानीमा छाडी अघी गरेका पर्चा फारांमा स्मेत चढायेनछं भंने हाकींको रीपोट परी अपील तेश्रा फाटले जाचदा प्रतेवादी टेक बहादुरलाई थुंन्‍नै पर्ने ठहराई गल्ती गरेमा हाकींलाई मोरु १५। विचारीलाई मोरु १०। जरीबाना गरेका देखियेको थुंछेक तर्फ प्र. टेकबहादुरले नै मारेको हो भंने पोलाहाको कीटानी उजुर नभयेको हुनाले अ.व्. १५२ नं को ७ दफा बमोजीं विचारीले ज्मानी ली तारेखमा छाडेको मुनासीब र हाकींले गल्टी गरेको ठहर्छ सो गल्टी बेरीत गरे बापत डी. ताराराजलाई अपील तेश्रा फाटबाट मोरु १५। जरीवाना भैसकेको देखिनाले सो जरिवाना नगरेको सदरै छ बि. मीत्रलाललाई गर्णे गरेको मोरु १०। दस जरीवाना नलागने हुदा लगत कट्टा गर्न पर्ने भये लगत कट्टा गरी मुदाका हकमा अैं सवाल बमोजीं गर्नु भनी मीसील सुर चीसापानी अदालतमा पठाउनलाई अपील तेश्रा फाटमा पठाउन मीसिल बीभागमा पठाई दीनु

                                    

                                          

 

 हरि प्रसाद

                                         प्रधान न्यायाधीस

सं २०१० साल फागुण ५ गते रोज ३ शुभ्म् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..