निर्णय नं. ३७ - जगा
अभिलेख दर्ता नं.३७/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.२६७/६६८ नि.नं.........
नेपाल प्रधान न्यायालय डीभीजन बेंच
मुदा नं.६६८
निवेदक तापलेजुं सीमले बस्ने प्रतेवादी रुपंदीने लीम्बुनी १ पुंवेवतास्मेत
विपछी तापलेजुं बस्ने वादी डील्ली पाध्या
मुदा जगा
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एम ए बीएल
श्री माननीय न्यायाधीश भैरवराज पंत पाध्या
फैसला
येस्मा मेरो बाजे गोपिनंदका नाउमा दर्ता भयेको धां को धु पाथि ।८ जाने खाल्टेको खुडी भंने रैकर खेत वावु प्ररर्मनंनले कं रु १६० मा प्र नारदको वावु नंदलाई भोग वंधकी दीयेको अंशवंडा हुदा मेरो भागमा परी २००१ साल्मा रुपैया तीरी फट्टा ल्याेकोले तालुकदार लाई तीरो वुझाउन जादा वुझि दीयन ०२।१।१० मा प्र. नारद लछुमं रंधना स्मेतले जगा हटक गरे सजाय गरी मेरै सदर गरी पाउ भंने २००२।१।२० को डील्लीरामको वादी परेको ।
वादी दावीको जगा म रंधनाको लोग्ने स्मेतका भागमा परी भोग गरेको वादीको हैछ यो वादी र प्र. समंडी मिली दर्ता वाला उठाइ हाम्रो रुपैया वेपता पारी थलोल थैली गरुंला भंने नीयेदले झुठा उजुर गरेको हो भंनेस्मेत ०२।५।२२ को रंधना -१ वीष्णु माया पुवे स्मेतको प्रतेवादी रहेछ ।
वादीले दावी गरेको जगा ७८।१।२५ गते वादीका वावुले मेरा वावु वाट कं रु ६५० ली राजीनामा गरी दीयेको अंश हुदा मेरो भागमा परी भोग गरी आयेको वादीको हकको हैन भंने स्मेत २००२।५।२२ को लछुमनको प्रतेवादी र ।
स्व जगा मेरा ससुराहरुले काला वंजार वाडफाँड गरी भोग गरेको सैवाए जिम्मा केही जगा वादीकै पुर्खाले दर्ता गरायेछं मेरी वुढी सासु सुभद्राले उजुर गरी जीता पत्र भै दर्ताको लगत कट्टा गर्न विंती पत्र दीया लगत कट्टा गरी दीनु भंने पुर्जी भै गये पछि पनि लगत कट्टा भयन भोग मैले गरेको थीये पछि वीष्णु मायाको लोग्नेलाई वंधकी दीयकोले साहुको भोग छ भंने रुपंडीको प्रतेवादी रहेछ ।
वुझिय सम्मका प्रमाणवाट जगा वादीको हक ठहर्छ भनी तपालेजुं अमिनीले २००२।७।९ मा फैसला गरेकोमा ।
झगडा परेको जगामा भोग पुरंधनाको थियो भंने कुरामा वादी सवित भयेकोले स्मेत जगामा प्रतेवादीको भोग पका ठहरी वादीले झुठा उजुर गरेको ठहर्छ भंने २००३।३।५ मा धंकुटा अपिलवाट फैसला भै इन्साफ सुरूको मनासीव गरी २००५।७।५ मा प्रधान न्यायालय चौथाले फैसला गरेको रहेछ स्व मुदामा भयेको प्रमांगी वमोजीं ।
तारेखमा रहेको दुवै थर झगडीयालाई राखि वुझदा ८६।३।१७ गते पुर्णनंदले नंन्दलाललाई दीयेको यो तल वंधकीको तमसुक क्रांतीमा परी हामीसंग नभयेको भनी वादीको वारेस भवानी शंखरले रोहवर्मा भनेको कायालयमा भयेको सकल वमोजींको नकल पेस भयेकोमा लीखीतम नरे कारणीको अेरको सहीछाप साछी पट्टी लेखक स्मेत २ जवांको अछेरको र संख यौटै रंग लालकृष्ण लालको ल्याप्चे स्हीछापमा सामान्ये हेर्दा नवुझिने चंन्द्रलालको केही वुझीने पछाडी पट्टी कारणीको सहीछाप माथीको मसी दोहरा भै वुझिदै नवुझिने अर्को तल तीरको पनि सामने हेर्दा नवुझिने भनी तमसुकमा कैफीयेत गासीयको कागजवाट देखीयेको हुनाले सकल तमसुक दाखेल हुन आयेका खंडमा पनि अैंले प्रमाण लागन नसकने वुझियेका सरजमींहरुवाट स्मेत जगाको भोग प्रतेवादीहरुको देखीयेकोले स्मेत धंकुटा अपिलको इन्साफ मनासीव छ प्रधान न्यायालय चौथा फांट र तापलेजुं अमिनीले स्मेत गल्ती गरेको ठहर्छ तपसिलमा लेखीयेका कुरामा तपसिल वमोजीं हुंछ तहसीलमा लगत दि मिसिल मिसील फाटमा वुझाई दीनु ।
तपसिल
प्रधान न्यायालय चौथा फांटका २००५।७।५ का फैसला वमोजी् दियका लगतले देहायका मानीसहरुलाई गर्ने गरेको डंड जरीवाना गर्नु पर्दैन असुल भय फिर्ता र भनये वेहोरा जनाइ लगत काटी दीनु भनी पुर्जी गर्न लगत दीने ।
तापलेजुं सिमले वस्ने रुपंडी लीम्वुनीके कं रु ऽ।
ऐ छता उपाध्यानीके ऽ।
वीष्णुमायाके ऽ।
पुंवेवताके ऽ।।।
लछीमं पाध्याके ऽ।।
तापलेजुं अमिनीका २००२।७।९ का फैसलाले प्रतेवादी देहायेका मानिसलाइ गर्ने गरेको डंड नलाग्ने हुदा असुल भय फिर्ता नभय लगत काटन पुर्जी गर्नु भनी ऐं.ऐं. २
रंधताके कं रु /।।२ वीष्णु मायाके रु -/।
रुपंडी के -/। लछुमं पाध्याके रु -/।।।
नारदके रु – ४।।। भक्त बहादुर के ४।।।
वादी डील्लीराम के हक नपुग्ने जगा लीयेको ठहरी धंकुटा अपिलको इन्साफ सदर भयकाले धंकुटा अपिलवाट लीने गरेको रु ।। लाग्ने र अमीनीले लीने गरेको जीताउरी रु ११ लाग्ने हुदा तेसैमा कट्ट मट्टा गरी वाँकी रु।। फिर्ता पाउने भयकाले स्व वमोजीं गर्न लगत दीने ३
धंकुटा अपिल्का देहायका मानीसहरुके प्रधां न्यायालय २००५।७।५ का फैसलाले गल्ती गरे तर्फ गर्ने गरेको रु १ नलाग्ने हुदा असुल भय फिर्ता नभय लगत काटा लगत दीने एै. ४
हाकं सु गणेशमान श्रेष्ठ काइ वटु .........१
टानासु सम्शेरराज वंस श्रेष्ठ ....................१
वी टेक वहादुर श्रेष्ठ काइ वौध ..............१
तापलेजुं अमीनीका देहायका मानीसहरुके धंकुटा अपिलले गर्ने गरेको रु १ जरीवाना गरेको सदर हुदा लगत कसी असल गर्न लगत दीने .................५
ले मायानाथ पाध्या के ।।२ ख रीषीराम के ।२
उल्टीमा देहायेका अडाका देहायका मानीसलाइ जरीवाना गर्नु पर्दैन ।
प्रधान न्यायालय चौथाका लेस पुधीवीर सम्शेर ........१
एै.एै. का सर्वज्ञराज पंडीत ज्यू ............१
तापलेजुं अमिनीका ले मायानाथ पाध्या ..........१
एै.एै. का ख रीषीराम के .........१
न्यायाधीश प्रधान न्यायाधीश
इती सम्वत २०१० साल वैशाख ३१ गते रोज