• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८५८ - विजाई विद्युत

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२६ ९५

अ.द.नं. ८५८-२०१०,

दे न. २८८/१९१५

 नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ.नं.  १८५४˟१९१५

मुद्दा – विजाई विद्युत


अपिलाट प्रतेबादी हरिदास श्रेष्ठ पु. १ नं. का प. ई दापचा बरबोट-----------------

विपक्ष बादी खड्गसि तमाङ समेत ऐ -ऐ


इजलास

श्री माननिय न्यायाधिश प्र.मा.ने.ता.ले.ज. प्रकाश सम्सेर जं.बा.रा.

फैसला

येस्मा तालुकदार हरीदास र निजहरुका छोरासमेत भै हामी रैतीलाई कुटपीट लुटपीट छोरी बुहारीको बेइज्जती र नीजले रागा काटी जबरजस्ती मासु पठाई रुपैञा असुल गर्ने बिजं जाचमा हामी रैतीको जगा आफ्ना नाउमा दर्ता गर्न खोजेका र दपोटबाट जीतेका ५ धुरीका नाताले संदीसरपन समेत रोकी गाउले सबैले पानी खाने पधेराको रुखसमेत काटी बिजाई विद्युत गरे भन्‍नेसमेत खड्गसिं तमां, रामजी तामां, हीरासीं तमाङ, राजमान तमां, साजी तमाङ, नाईतमां, हेमलाल श्रेष्ठ, बुध्दीमान श्रेष्ठ, ठाकुरसीं तमाङ, समेत ९ जनाको बयान भयेको रहेछ।

उजुरी बमोजिम गरेको छैन पधेराको २ रुख उजुरवाला खड्गसींले काटेको हो चापको रुख हेरालालको तीरा भीत्रको हुदा निजले काटेको छ दपोटबाट जितेको ५ धुरी जगालाई संधीसरपन गराउनसमेत झुट्टा उजुर गरेको भन्‍ने भक्तबहादुर श्रेष्ट, हरीदास श्रेष्ठ समेतको बयान रहेछ।

बादीहरुले झुट्टा उजुर गरेको ठहराई ०५।१०।८ गतेमा सुरु का.प. अदालतका हाकिमले फैसला गरेको रहेछ।

बादी उजुरी बमोजिम प्रतेबादीहरुले बिजाई विद्युत गरेको देखीदा तालुकीबाट वरखास गर्नेसमेत ठहराई फाटबाला बिचारीले रायपर्चा गरेको रहेछ।

दुबैथरको अपिल परी आई बादी उजुरी बमोजिमको जगा प्रले जिती पायका ५ धरी भित्रको नदेखीई संदीसरपन ठहरायको र पधेराको रुख ३ प्रतेवादीले काटेको ठहरायेको समेत इनसाफ बिचारीको राय मुनासिब हाकिमको गल्ती अरु दर्ता लुटपीट कुटपीटसमेतमा बादीले झुट्टा उजुर गरेको ठहरायको इनसाफ हाकिमको मुनासिब ठहर्छ   भनि ०६।११।१९ गतेमा अपिल दोश्रा फाटबाट फैसला गरेको रहेछ।

अपिलको इनसापमा चित बुझेन भन्‍ने  बादी खड्गसिं समेत ५ जनाको र प्रतेबादी हरिदास श्रेष्ठको अपिल परी आई हाल तारेखमा रहेका प्र हरिदासको वा. जितबहादुरलाई राखी पेस हुन आएको बुझदा बादीहरुको अपिलतर्फ निजहरको वारेस बुध्दीमानले ०९।६।३० गतेको तारेख गुजारेको देखीदा अबं २२६ नं बमोजिम अपिल डिसमीस गरीदिने गौचर जगा र रुख काटेको भनेतर्फ प्रतेबादीको अपिल परेमा बादीले गौचर भनि लेखेको जगा नक्साबाट प्रती नै देखिएको र ईनै प्रतेबादी हरीदासको र दीर्घमानको खर लुटपीट मुदामा भएको नक्साबाट यो मुदाका बादीहरुले गौचर भनेको जगा सो नक्सामा पनी गौचर भनि जनियको प्रमाण मिसीलबाट देखिएको र पधेराको रुख बादीहरुले काटेको भए प्रतेवादी तालुकदार हुदा मौकैमा कारबाई गराउनु पर्नेमा रैतीको उजुर परेपछी बादीले काटेको भनि प्रतेवादीले बयानमा लेखेको देखीनाले समेत ई २ कमममा बिचारीको रायपर्चा मुनासीब ठहरायको ईनसाफ अपिलको मुनासिब छ बिचारीका रायपर्चा मा तालुकबाट बरखास गर्ने गरेको सो कुराको अपिल फैसलामा केही नलेखे ता पनी बादीहरुले लारेखै छाडी अपिल डिसमिस गरायकाले तालुकीतर्फ केही गर्नु परदैन देहायका मानिसलाई देहाय बमोजिम गर्न तहसिलमा लगत दिनु।

अपिलाट बादी देहायका मानिसके ईनसाफ सदर भया हा.क. १० नं ले दोश्रो अपिल हुदा सुरु डंड जनही मोरु ३।३३  को सैक्रा ५ ले मोरु ।१७ पैसा डण्ड हुनेमा डिसमिस गरायमा अ.वं. २२८ नं. ले हुने डंडको सैक्रा ५ ले मोरु ।१ एक पैसा जनही डण्ड हुन्छ बेरुजु हुदा असुल गर्ने ------------------------------------------------------------१

पुर्व १ नं. का .प.ई. दापचा बरबोट बस्ने रामजीत तमाङ --------------------------१

ऐ ऐ बस्ने राजमान तमाङ ----१             ऐ ऐ बस्ने ताई तमाङ ------------१

ऐ ऐ बस्ने खड्गसिं तमाङ -----१             ऐ ऐ माझखर्क हिरासीं तमां -------१

अपिलाट प्रतेबादी हरीदास श्रेष्ठके अपिल गरेमा हा.का. १० नं. ले गौचर संदीसरपनतर्फ अपिलले सुरु डंड मोरु ५। गरेको हुदा सैक्रा १० ले मोरु ।५० र रुखकाटेतर्फ सुरु डंड मोरु १६।५० कायम गरी अपिल गरेमा दसौद पनि अपिलबाट लिएको देखीदा यस्मा सुरु डंडको सैक्रा ५ ले मोरु ।८।३ समेत जम्मा मोरु १।३३ एक रुपैञा तेतिस पैसा थप डंड हुन्छ वारेस हुदा असुल गर्ने ------------------------------------------------

 

 

                                    

 

 

प्रकाशशम्सेर

                                           न्यायाधिश

 

ईति सम्वत २०१० साल फालगुण २६ गते रोज ३ सुभं ---------------------------।

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563