• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८६० - ज्यान

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२७ १०७

अ.द.नं. ८६०-२०१०,

दे न. ४३०/१३९

 नेपाल प्रधान न्यायालय सीगंल बेञ्‍च

फौ.सा.नं.  १३७

मुद्दा – ज्यान


बादी ल.पु. ई साँखु पालुबारी बस्ने मुसी सर्केनी ------------------------------

प्रत्येबादी भ.पु.ई. नगर्कोट् बस्ने पुंटे लोपचन तामाङ स्मेत ----------


ईजलास

श्री माननीय प्रधान  न्यायाधीश हरीप्रसाद प्रधान एमए. बीयेल

फैसला

येस्मा नां नजानेका जैसी बाहुनले धां र हाडाभाडास्मेत बेचाई म. १ लोग्ने गाईने सार्की १ सासु रंनानी सर्केनी १ नीज नां नजानेको जैसी बहुं १ नां नजानेको भोटे १ स्मेत ज्वान ५ यही कार्तिक ७ गते देस जान भनी सांगा भंज्यांको बाटो गरी गै बास बस्तै बस्तै जाँदा रामेछाप गाउको गोठबाट हीडी लोग्ने र भोटे अगाडट्ठ हामी ३ पछाडी भयेकोमा भोटे फर्की आयो अनी भोटेको खुकुरी बाहुंले ली सासुतर्फ जाई लाग्दा सासुले ................... गर्दा मोटेले सासुको खुट्टा समाती ल८यो र काट्नलागे म डराई लोग्नेको गुहार लीन जादा २ सये गज दखींपट्टी लोग्ने घीच्रो काटी मरेका रहेछं भोटेले काटेको ठहराई भागी बास बसेको गोठमा पुगी ज्वारो आयो स्व वार्दात कार्तिक १४ गतेमा भयेको हो त्यस्को ६ दींमा संचो भै २ जना गोठाला ली वार्दात भयेको ठाउमा जादा सासु घीच्रो काटी मरेकी धंमाल केही रहेनछ र जाहेर गर्न आयेकी छु जाचबुझ गरी धंमालको बीगो रु १२२२। दीलाई अैं बमोजीं सजाये गरी पाउ भंने ०८।७।२४।७ को मकवांपुर ठानामा बादीको दर्खास्त परेको रहेछ।

मर्ने आमा छोरा २ लाई बाहुं र लामाले कर्तव्य गरी मारेकै हुं भंने ज्वान ६६ को ०८।८।१।६ को लासजाच मौका तहकीकात सरज्मीं मुचुल्का रहेछ।

नां नजानेको भोटे भनेको कर्तव्यवाला पुंटे तामां घरमा आई लुकेको सुराकपाई पुलीस्को महुतली पक्री दाखील गरेकी छु नां नजानेको जैसी भनेको कैले जैसी बाहुं फेला परेन भनी पुलीस्मा बादीले कागज गरी दीयेको रहेछ।

बादीका दाबि बमोजीं देसजान भनी ५ जना गयेको बाटामा कैली जैसीको र मेरो सल्लाहाबाट बाटो बीचार गर्न भनी गाऊने र म अगाडी गै येकछीं बसौ भंदा सार्कीले कुंलो बीसाउन गर्धन नीहुरायेको अवसरमा मैले खुकुरीले काटी छीनाली ............................. फर्की सर्केनीलाई मैले खुट्टामा समाञे जैसीले काटी मारे यो मुसी भागी छ धनमाल ली घर फर्क्यौ स्वधंमाल पछी बाडौला भनी जैसीले नै लगे लुकी लुकी हीडदा मलाई साहीला ठकुरीले पक्रे र मोरु १४। दीञे अनी छाडी दीयेका थीये हीजो मुसी गाउले पुलीस्मेत भै पक्रेका हुं भंने २००८ साल मार्ग बेमीतीमा प्रत्येबादी पुंटे तामांले पुलीस्मा कागज गरी दीयेको रहेछ।

मैले साखु पुलीस ठानामा बयां गरे बमोजीं गरी गाईने सार्कीलाई मैले काटी मारेको र रंनानी सर्केनीलाई कैले जैसीले कर्तव्य गर्ने लागदा मैले खुट्टा समाई दीयेको हुं अैं सवालले जो ठहर्छ सामेल छु बीगो मोरु १२२२। हुँदो हो सो कैले जैसीले लगेका छं नीज हाल काहा छं थाहा छैन भंने चीसापानी अदालतमा पुंटे तामांको बयान रहेछ।

तामेल भयेको ७० दीने म्यादमा कैले जैसी हाजीर नभै फेरार भयेको अरु माल लीने ज्यांमारालाई घुस ली दबाउनेका हकमा पर्चा बमोजीं अर्कै मीसील खडा गरी बुजीने भयेको ज्यान तर्फ फेरारीको हकमा सुराक पत्ता लगाई खोजतलास गर्दै रही पक्रीये फेला परेका बखत अैं सवाल बमोजीं गर्ने र साबीतीका हकमा मर्ने गाघने सार्कीको ज्यां कर्तव्य गरी मारेमा साबीत भै बयां गरेको र सरजमींहरुले पनी संका गरी लेखी दीयेकाले अपराधी रहनेछ भंन मुनासीब नभै नीज पुंटे लोपचं तामाङ्ले ज्यान संवंधीका ३७ नं बमोजीं मुडदा दामल गर्दाको १ नं बमोजीं लाल्मोहोर बक्साई साधक सदर भै आयेपछी लगत कसी ऐ का ३ नं बमोजीं बाञा गालामा दा भंने खोदने र सर्वश्र्व ३ बर्ष पछी सदरस्या गर्ने भनी २००९।५।३ मा चीसापानी अदालतले जाहेरी फैसला गरेको रहेछ।

ईन्साफ चेपटेलाई दामल गर्ने ठहराई सुरुले जाहेर गरेको मुनासीब छ म्याद गुजार्नेका हकमा अवं २४० नं बमोजीं १ वर्ष सम्म खोजतलास गरी मात्र फैसला गर्नुपर्नेमा म्यादसंम नपर्खी फैसला गरेबापत सुरुलाई मोरु।१६ पैसा जरीवाना गर्नेस्मेत ठहराई २०१०।४।८।५ मा अपील पहीलाबाट जाहेरी फैसला गरेको रहेछ।

यो मुद्दा साधकमा दर्ता भै पेस हुन आयेको बुझदा गाईने सार्कीलाई बाटी मारेमा पुंटे तामां साविती र सर्जमींले पनी नीजैले कर्तव्य गरी मारेको संखा देखाई लेखी दीयेका हुनाले नीज पुंटे तामांलाई दामलको सजाये गर्ने फेरार हुने कैले जैसीका हकमा मुल्तबि राखने गरी चीसापानी अदालतले जाहेर गरेको ईनसाफ मुनासीब ठहर्‍याई अपील पहीलाले जाहेर गरेको सदर छ स्व अपील्का फैसलामा पुंटे तामां भनी लेखनु पर्नेमा ठाउँ ठाउँ चेपटे तामां भनी नाम फरक पारी लेखेको देखीनाले आइन्दा यस्तो भुल हुन नपावोस भनी अपील पहीला फाट्लाई नसीहद दीनु कर्तब्यवाला पुंटे तामाङलाई सजाय गर्ने हकमा सामप्रादको र मायानाथको ज्यान मुद्दामा जेल्सुधारको योजना बमोजीं मायानाथलाई २० बर्ष कैद गर्नु दामल गरर्ने हकमा लालमोहोर बक्साउने अैं बमाजीम्को नियमाबली बनी नसकेकाले स्व बनेपछी नीकासालाई उसै बखत जाहेर गर्नु भंने २०१०।३।३०।२ मा फुल्बेंचबाट मुद्दा फैसला भयेकाले येस्मा पनी दामल गर्ने ठहरेका पुंटे तामाङलाई जेल्सुधार योजना बमोजीं २० बीस बर्ष कैद गर्नु दामल खोदन हकमा लाल्मोहोर बक्साउने अैं बमोजींको नीयमाबली बनी नसकेकाले स्व बनेपछी नीकासालाई उसै बखत जाहेर गर्नु भनी यो फैसला सहीतको मिसील जील्लामा पठाउन अपील्पहीला फाँटमा बुझाई दीनु।

                                          

 

 

हरि प्रसाद

                                                प्रधान न्यायाधीश

 

ईति सम्बत २०१० साल फाल्गुण २७ गते रोज ४ शुभम् ---------------------------।

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563