• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८६१ - घटिवढी कर्नि

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२७ १०८

मि.नं. ८६१                           श्री

नेपाल प्रधान न्यायालय फुलवेञ्च

सा नं १४८

मुद्दा घटिवढी कर्नि

 

पुर्व २ नं. तिंपाटे वेशारेको जि.प्र. म. मौजे जलेश्वर्धाम डेरागरी वस्ने हरि प्रसाद पाध्या    

 

विपक्ष विदेस जिल्ला दरभंगा मौजे झोझिकटैया वस्ने नथु प्रशाद भंने नरेन्द्र  प्रशाद र्उर्फ जोग प्रसाद

           रेगमी जैसी

ईजलाश

श्री माननिय प्रधां न्यायाधिश हरि प्रशाद प्रधान एमए विएल.

श्री माननिय न्यायाधि प्रदिप्तमान्यवर नेपाल तारा ले.ज. प्रकाश शम्शेर जं.वा.रा.

श्री माननिय न्यायाधिश भैरजराज पन्तो पाध्याय

श्री माननिय न्यायाधिश महेन्द्र वाहादुर महत क्षत्रृ

श्री माननिय न्यायधिश भगवति प्रसादसिं  राजपुत विएस्सि विएल

फैसला

     येस्मा वनारस दुद्रविनायकमा वस्ने शिव प्रसादको छोरा नथु प्रसादले मलाई कर्नि गरेवाट गर्भ वोकेकी हु भनि मेरो विधवा वैनि छल कुमारि सावित भएकीले निजहरुलाई सजाये गरी पार्उ भंने स्मेत हरि प्रसाद पाध्याको ९७।७।९को फेरादपत्र रहेछ ।

     ८४ साल देखि म विधवा भयिकि हु ९६ साल्को ग्रहण नुहार्उन वनारस गै नुहाई शिव प्रसादको घर वनारस दुद्रविनाएकमा भांछे कांगरि वसेकि मलाई निज शिव प्रसादको छोरा नथुले ललाई फकाई ९६ साल मार्ग देखि कर्निगरी गर्भ रहेको सो पछि निजहरुको कटैया मौजामा ल्याई राखे ताहावाट सुधा राधाहरु------- काहा भांसे वसनजादा पेटवढदै गयेकोले भागी निजहरुकै घर वनारस गयेको मौका दाजु हरि प्रशाद आई म संग सोध्दा निज्का र्उजुरी वमोजिं कर्नि गर्भ भयेकोमा सावित भयेकि हु भात्मा कसैलाई वोरेकि छैन भंने स्मेत छल कुमारीले ९७।१२।२९ मा वयां गरेको रहेछ ।

      छल कुमारीलाई मैले कर्नि गरी स्वास्नी तुल्यायेकै नहुदा निज्को गर्भ मेरा कर्नि विर्येकै होईन भंने समेत नथु प्रसाद भंने नरेन्द्र प्रसाद र्उर्फ जोग प्रशाद रेगमि जैसीको ९९९९।४।२३ को प्रतेर्उत्तरपत्र रहेछ ।

      छल कुमारी मकाहा भांसे वसेको भंने सुधा राधाहरु----र निजले पकायेको भात कहिले काही मैले  खायेको हु भंने समेत सुवेदार खगेश्वरको वयां रहेछ ।

    वुझिया सम्मका प्रमाणवाट र्उपाध्याया व्राहमणी छत्र कुमारीलाई प्र नरेन्द्र प्रसाद र्उर्फ जोग प्रसाद रेगमि जैसिले कर्नि गरेको र गर्भ----निज्कै ठहर्छ निज जोग प्रसादलाई घटिवढी कर्निका ७ नं.ले ४ चार वर्ष कैद गर्ने भोरभात्को पतिया दिन समेत ठहराई जलेश्वर अमिनिले------।११।२७ मा फैसला गरेको रहेछ ।

      सुरु अमिनिको ईन्साफ चित्तवुझेन भंने जोग प्रसादको अपिल परेकोमा विदेसमा गै आफु उपध्याय भै घटी जैसिजातलाई कर्नि गराई भात्मा वोरेमा समेत छत्र कुमारीले  सजाये पाई सकेकै र जोग प्रसादका हक्मा विदेशमा घटिवढी कर्नीको कसुर गरेमा-------- भंने --- वेगर तहकिकात गर्न र सजाये गर्न मुनासिव नहुदा निजलाई सुरुले गर्ने गरेको सजाय लाग्न सकदैन राजनैतिक------भनि निज जोग प्रसादले निवेदं गरेको हु ---- संख्या नं २४ का गजेट् लगाई ९।९।२२ मा महुतरी अपिलले जाहेरी फैसला गरेमा सो गजेट्को व्याख्या गर्नु पर्ने समेत ठहराई अमिनी गोश्वाराल तोकवोली जाहेर गरेको रहेछ ।

      साधक द्वारा पसहुन आयेको यो मुद्दा वुझदा कर्निमा विग्रेको --------जातभातको निमि------ दायेर हुने विदेशमा कर्नि गरेकोमा सजाये दिन --- नमिलेकोले सजाये गर्न नपर्ने तर्फ महुतरी अपिलले ठहरार्यको मनासिव गजेन्रको नलागने अर्थ लगाई जाहेर गर्न नपर्ने गरेमा  आयेन्दा येस्तो हुन नपावस भनि महुतरी अपिल सदर अमिनि गोश्वारालाई नहसियद दिन र मिसिल जिल्लामा पठार्उन सदर अमिनि गोश्वारामा वुझाई दिनु ।

 न्यायाधिश    न्यायाधिश     न्यायाधिश     न्यायाधिश   प्रधां न्यायाधिश

 ईती सम्वत १० साल फागुण २७ गते ४ सुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563