• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८६२ - कुट्पीट् बेईज्जती

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२७ ९४

मि.नं. ८६२                       श्री

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

फौ सा नं १६६

मुद्दा कुट्पीट् बेईज्जती

वादी सप्तरी वंजाँचका सुबेदार आसाकाजी      प्रतिवादी सप्तरी वंजाँचको हा.ले. जीत बाहादुर

ईजलाश

श्री माननीय प्रधान न्यायाधीश हरी प्रशाद प्रधान एमए बीएल

आदेश

      येस्मा ले.जीत बाहादुरले राजीना मागर भंदा नगरेको सर्कारी वंधुक लुटीयेमा रीपोट् गर भंदा नमानेको दसी ल्याईदे भनेमा ल्याई नदीयेकोबाट  रीस ली घाटमा मद्त पाउँ भनी रीपोट गर्दा गाली कुट्पीट गरे भंने वादीको वींतीपत्र परेकोमा ठाडै वुझी ----- वमोजीं गरी जाहेर गर्नु भंने२००५।७।२३ गते---- मीनीष्टरको प्रमांगी भयेको फेरी मैले उजुरगरेमा रीसले-------खालीराखेको वुझींछ भंने नीजै वादीको -----वींतीपत्रमा कुट्पीट् वेईज्जत् ग------- मुद्दा जाहेर हुन आउँदा यो व्यहोरा पनि जाहेरगर्नु भंने ०५९।२२ मा मजकुर्कै प्रमांगीभयेकोमा नीज आसकाजीका नाउमा म्याद तामेल हुनगयेको नीज आफैले वुझी म्यादगुजारेको अवं ११५ नं ले म्यादमा नआयेवाट कार्वाइ तैकात गर्न नहुने भै नगरी प्रमांगी वमोजीं जाहेरगरेका छौ भनी ०६।३।३२।६ मा सप्तरी अमील्ले जाहेरगरेको सदरगरी ०७।२।६ मा काठमा हाल रीपोट्-----------------तोकवोलेकोमा नीज आसाकाजीलाई अपीलवाट झीकाई कागज गराई ठहराई जाहेरगर्नु भनी ०७।१।२२।२ मा प्रधान न्यायालयवाट-----लेखीगयेकोवाट २००७।६।१६ गते अपील्मा हाजीरहुने आसाकाजीको कागज गरायेको स्व म्यादमा नआयेको हुँदा ---ले कार्वाई गर्न नभयेनगरेको व्यहोरा जाहेर गरेका छौ ----------०८।१।२८।६ मा सप्तरी अपीलले जाहेरगरेको अडर वमोजीं गरी ठहरी जाहेर गर्नु भनी ०८।४।२मा सदर अमीनी गोश्वाराले तोकवोली फीर्ता गरेपछी नीकासालाई जाहेर गरेकाछौ भनी ०८।५।६।४ मा सप्तरी अपीलले न्यायालयमा रीपोट् गर्दा अधीका प्रमांगी वमोजीं कारवाई गर्न नआयेकाले  स्वयीवमोजीं जाहेरगर्नु भनी सप्तरी अपील्मै पठायीदीने प्रधान न्यायालय तेश्राका फैसला वमोजीं १०।३।९।२मा  सप्तरी अपीलले जाहेर गरेको देखीनाले जाहेरगरेकाछौ भनी १०।९।२४।५ मा सदर अमीनी गोश्वाराले तोकवोली जाहेरगरेको साधक पेसहुन आयेको वुझदा प्रमांगी वमोजीं सप्तरी अपीलले जाहेरगरेको मुनासीव ठहरी सदर अमीनी गोश्वाराले जाहेरगरेको सदर यो फैसला सहीतको मीसील जील्लामा पठाउन मिसीलफाट्मा वुझाई दीनु ।

                                प्रधान न्यायधीश

 ईती सम्वत २०१० साल फालगुण २७ गते रोज ४ सुभ्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563