• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८६३ - अंस

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२७ १२०

मि.नं. ८६३                            श्री

नेपाल प्रधान न्यायालय फुल वेञ्च

साधक नं १७२

वादी                                                प्रतिवादी

ल.पु.लगंखेल वस्ने ईन्द्रगोपाल श्रेष्ट          

 

ऐ ऐ वस्ने कैलास श्रेष्ट  १ रामगोपाल श्रेष्ट  

भक्तगोपाल श्रेष्ट १तुयु श्रेष्टनी १ स्मेत

मुद्दा अंस

इजलास

श्री माननिय  प्रधान न्यायाधीश हरि प्रसाद प्रधान एकए विएल

श्री माननिय न्यायाधीश प्रदिप्तमान्यवर नेपाल तारा ले.ज. प्रकाश शम्शेर जङ्ग वहादुर राणा

                 श्री माननिय न्यायाधीश भैरवराज पन्त पाध्याय

                  श्री माननिय न्यायाधीश महेन्द्र वहादुर महत क्षत्री

श्री माननिय न्यायाधीश भगवती प्रसाद सिंह राजपुत वी एस सी विएल

फैसला

     यस्मा आमा परलोक भएपछि २०००।३।६ मा मानोछुटेको र वराडापत्र भएको घर------ स्मेत घटीवढी परेवाट रीतपुर्वकको वराडा गरुँ भन्दा नमानेको भक्त गोपालको भाग ०४।१२।१७।२ मा रु ३५१।मा पासगरी फार्छे गरीलीए दिएको हुदा अव प्रहरुवाट तायेदाती ली रीतपुर्वकको वराडा गरीपाउ भंने स्मेत ०५।११।१३।५ को फरादपत्र रहेछ ।

      अघिनै अंशवराडा भै घर स्मेत रजिष्टेसन मार्फत विक्रि वक्सपत्र स्मेत भै सकेकाले अव फेरी वराडा गरीदिनु पर्ने हैन भंने स्मेत प्रतिवादीहरुको यौटै प्रतिउत्तरपत्र रहेछ ।

घरसारमा वराडा गरी पछीवाट रितपुर्वक भोग व्यवहार स्मेत गरी सकेकोहुदा घरसारमा भएको वराडापत्र सदर गर्ने स्मेत ठहराई ललितपुर अदालतले ०६।६।१८।३मा जाहेरी फैस्ला गरेको रहेछ ।

    ललितपुर अदालत कै इन्साफ सदर गरी अपिलतेश्राफाटले ०९।७।५।२मा जाहेरी फैस्ला गरेको रहेछ ।

    यो मुद्दा फुल वेञ्चमा पेशगर्नु भन्ने श्री माननिय प्रधान न्यायाधीश ज्यूवाट०९।११।१९।२ मा आदेश दिनु भएको रहेछ ।

     यस्मुद्दामा दुवैथर झगडीया  झीकाइ पेशगर्नु भन्ने फुल वेञ्चवाट ०१०।४।४।४ मा आदेश भएको रहेछ ।

     यस्मुद्दामा झिकाएका दुवैथर झगडीया मध्ये वादी ईन्द्रगोपाल प्रतिवादी मध्येकै लासदास १ भक्तगोपाल १ तुयु श्रेष्टनी १ स्मेत जना ४ ले टासीएको १०।६।।२०।३को म्यादै गुजारी वसेको र हाजिर भएको प्रतिवादी रामगोपाल श्रेष्टलाई राखी रजिष्ट्रेसनवाट झीकाइ आएको सनद स्मेत हेरी वुझदा घरायसमा वराडा गरी आफ्नो आफ्नो भाग दर्ता तिरो भोग विक्रि व्यवहार स्मेत गरी सकेको अव पास गर्नलाई –को म्याद पनि नाधीसकेको हुदा पास गर्न पनि नमिल्ने देखीएको------वराडा गरीसकेको सो व्यवहार वदर गर्न मनासीव नपर्नेहुदा फेरी अंस गरीपाउ भन्ने वादीको दावी पुग्न सक्तैन वराडापत्र सदर गर्ने ठहराई सुरु ललितपुर अदालत तथा अपिल तेश्राफाँटले जाहेर गरेको मुनासीवछ ।

 न्यायाधीश      न्यायाधीश      न्यायाधीश  न्यायाधीश प्रधान न्यायाधीश

 ईति सम्वत २०१० साल फाल्गुण २७ गते रोज ४ सुभम

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..