निर्णय नं. ८६४ - गैरखाली जनाई दिने
मि.नं.८६४ श्री
नेपाल प्रधान न्यायालय सिंगल वेञ्च
मुद्दा गैरखाली जनाई दिने
इजलास
श्री माननिय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एम.ए.वि.एल.
आदेस
यस्मा पाल्पा जोसपार्टीका ६५ नं ह. नरसिं थापा मगरको गगन कुमारी छेत्र्यानीको कैदि भगायो भन्ने मुद्दामा निज ह. नरसिं थापा मगरलाई जागीरवाट वरखास्त गर्ने गरी २००९।१०।६।२ मा पाल्पा अपिलवाट जाहेरी फैसला गरी जाहेरगरेको २०१०।५।२९।२ मा श्री माननिय प्रधान न्यायाधिसका सिंगल वेञ्चमा पेश हुदा जाहेरगरेको मनासिव निज ह. नारसिं थापालाई खो.खा. जनाउन किताव खानामा जनाउ दिनु भन्ने फैसला भै निज ह. नरसिंको ३ पुस्ते नखुलेकोले खलाई जनाउ दिन आदेश वमोजिं पाल्पा अपिललाई लेखिपठाएमा खङ्गसिंको नाती माहाविरको छोरा पालपा वौधी आमडाडा वस्ने निज ह. नर्सिं थापा पल्टनमा भर्ना नभै ०७।८।७।४ मा एभर जिंसीको काममा भर्ना भएकोले कितावखानामा ३ पुस्ते नपठाएको हो निज ह. नरसिं थापा ०८ साल फाल्गुण मैन्हामा खारेज भै गै गैसकेको भनी पाल्पा जंगी अड्डको जवाफ पाल्पा अपिल्को चलानी साथ आएको वेहोरा पेस भै निज ह. नरसिं कैदी भगायो भन्ने मुद्दामा खो.खा. भएको कम्याण्डरी किताप खानालाई जनाउ लेखि पठाउनु भन्ने ०१०।१०।९।६ का आदेश वमोजिं ३ पुस्ते खुलाई क.कि. निजामतिफाट जङ्गिफाटलाई लेखि पठाएकोमा पाल्पा जोस पार्टी भन्ने यस अड्डाको कितावमा दर्ता गर्नु भन्ने आज सम्म नियुक्ती भै नआएको एस अड्डाका ७।८ साल्को कितावमा समेत जोस पार्टि कितावमा दर्ता नदेखिएको क.कि. निजामति दर्ताफाँटवाट र जोस पार्टि मि-----री तर्फको भया सो खुलाई पठाउनु भनि क.की. जङ्गीफाँटवाट समेत जवाफ लेखि पठाएमा पाल्पा जंङ्गी अड्डा तर्फको जागीरदार भएकोले सो जनाउ वुझि ----सवाल वमोजिं गर्नु होला भनि क.कि. जङ्गीफाटलाई लेखि पठाएमा पाल्पा जोस पार्टी जंङ्गी तर्फका जवानको क.कि. निजामतिफाटवाट वुझाएको कितापवाट नदेखिएको किताव दर्ता नभै खोसिएको जवानको जनाउने ठाउ नहुदा फिर्ता पठाएकोछ ----सवाल वमोजिं गर्नु भनि क.कि. जङ्गीफाटवाट जवाफ लेखिपठाएको वेहोरा पेस भयो कम्याण्डरी किताप खानामा लेखिपठाएकोमा दर्ता नदेखिएको भनि निजामति जंगीफाटवाट जवाफ लेखिपठाएको सो जवाफहरु मिसिल सामेल राखि ---सवाल वमोजिं गर्नु भनि जवाफ सहीतको यो मिसिल पाल्पा अपिलमा पठाईदिनु ।
प्रधान न्यायाधिस
ईति सम्वत २०१० साल फाल्गुण २८ गते रोज ५ सुभम्