• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८६५ - लेखत कृते

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२८ १००

मि.नं.८६५                            श्री

नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च

 अ.नं.११८८

अपीलाट् वादी तापलेजुङ् ईलाका मेवाखोला संथाक्रा वस्ने उजीरधोज लींवु

 

वीपक्ष प्रतेवादी तापलेजुङ् ईलाका मेवाखोला सांथाक्रा वस्ने जितमोती लींवुनी स्मेत

 

मुद्दा  लेखत कृते

इजलास

श्री माननीय न्यायधीश  भगवती प्रसादसीङह राजपुत वीएसी  वीएल

फैसला

     येस्मा जीतमोतीको वुढा ससुरा दलवीर लींवुको जगा ३५ सालदेखी ५४ सालतक १९ कीत्ता जगा कृपहानं स्मेत १६ जनालाइ छोड्पत्र गरीदीयेको रीन कंरु ३००० र सरकारी वाकी समेत वोकी जीं जगा दामकाम गर्नु भनी ५५ सालमा छोड्पत्र गरी  मेरा वाजे रनभद्रलाई दी दत्तवीर मुगलाना गयेको ६० सालमा दत्तवीर मरेको दलवीरको छोरा लालवा भन्ने पृथीलाल मुगलाना गयेको नआयेकोले छोडपत्र वमोजीं रीण वेहोरी जींमावारी रंभद्रले कामकाज गरेपछी ६१ सालदेखी दामकाम गर्न अकलसींले पाइ  दामासाही तीरो लाग्ने जगा कृषहान स्मेत १६ जनाले छोडपत्र गरी राखेकोछ जगा सदर गराई दामासाही तीरो लगाइपाउ भन्ने ६३ सालमा अकलसींको नालेस परेकोमा धनहां मक्रधज स्मेतलाई ५६।५७ सालमा लाकचुं स्वारा  घरवारी कीपुखेत वेचोस्वार स्मेत दलवीर-----वनी फार्छ्यागरी दीयेको भनी लक्ष्मावाट मागी ल्यायेको भनी प्रमाण पेस गरेको सो कागज जीतमोतीको जगा पासमा सवुद  गराउन मक्रधोजको घरवसी ६।५।१५ गते खडागरेको प्रमाणका मानीसले ६७।२१ गते भन्दा थापायेकोले नालेस गर्न आयेकोछु सो कृते लेखतवाट मेरो ५५ सालको छोडपत्र कृते हुनेहैन सो वनी वुढौभनी दाखेल गरेको ४ थान कागज वदर गराइ कंरु.३००० जीतमोतीले लगानी कीनारा नगरे सम्म दलवीरको जींमा जगा सदर थामीपाउ भन्ने उजीरधोजको वादी ,

        वादी स्मेतका उपर म जीतमोतीले जगा करकाप मुद्दामा दीयेको र यो उजीरधोजले दीयेका मुद्दाका र म जीतमोतीले दीयेका सुवांगी मुदामा स्मेत भयेका वेहोरा लेखेकाछंन ५५ सालमा छोडपत्र गरी दीयेको भये कृपहान स्मेत उपर ६३ सालमा अकलसींले दीयेका नालेसमा छोडपत्रको कुरा लेखीनु पर्ने वाहालीमा स्मेत सो कुरा जनाउनु पर्ने दलवीरले खायेका चीतलहरु भनी पेसेको हालै कृते खडागरी प्रमाण पेस गरेको मात्र हो  दलवीरले गरीदीयको वनी फार्छेको ४ थान कागज प्रमाण नीमीत मागी ल्याइ प्रमाण दी पेस गरेको सदेसाचो हो हाल कृते गरेको हैन धनहानको छोरा पंचवीर मक्रधोज स्मेतले दलवीरसंग वनी फार्छे गरी लीयेका जगाका तीरो तीरेन भन्ने ६३ सालमा अकलसींको वादीमै लेखेकोछ वादीवाटै देखीयेको वनी फार्छैहरु हाल कृते ग-यो भनी वादीले भन्दैमा ठहर्न नसकने हुदा दलवीरका नाउको ३००० रुपैञाको------- कृते हुदा वदरगरी दलवीरले गरी दीयेको ४ थान वनी फार्छे कागज सदर गरीपाउ भन्ने जीतमोतीको प्रतेवादी ,

    मैले केही लीनुखानु नगरेको जालसाज कृते गरेको हैन भन्ने आसवर्णको प्रतेवादी ,

     पास वदर मुद्दा दीयेका उजुरीमा जीतमोतीको प्रमाण सावुद गराउन लाकचुंस्वारा धनहानलाई र घरवारी जगा मक्रधोजलाइ दीवुंखेत वागवीरलाई लोथ्यांस्वारा राम ----लाई दलवीरले ५६X५७ सालको वनी वुडाउ काजग हालै कृते गरेको भन्ने वादीको भनाइ भयेकोमा सुवांगी जगा जीतमोतीले दावी गरी उजुर गरेको मुद्दावाट यो जीतमोती अगी मुगलाना गै वसी ५ सालमा मात्र आइ जगा र सुवांगी स्मेतमा दावी गरेको देखीन आई सुवांगी जगामा जीतमोतीको दावी पुग्न नसकने भै सुवांगी मद्दा खारेज हक नपुग्ने जगा मक्रजंलाइ दीयेमा जालसाज गरेको ठहरी आजै सो मुदाहरु फैसला भयेकोले सुवांगी र जगामा स्मेत जीतमोतीको हक नपुगने हकटुटी सकेको देखीन आयेपछी सोही जगाको लीखतहरु जीतमोती मक्रजंहरु मीली जालसाज कृते गरे भन्ने वादीको जीकीर भयेको र जगैमा जीतमोतीको हक नपुग्ने भै उजीरधोजकै जगा सुवांगी हक भै सकेपछी जगाको अधीका मितिका लेखतहरु प्रतेवादीले जालसाज कृते गरेको देखीन आउने हुनाले  दावी वमोजीमको लेखतहरु प्रतेवादीहरुले जालसाज गरेको ठहर्छ भनी ७।३।१६ गते तापलेजुं अमीनीले फैसला गरेको ,

   इनै वादी प्रतेवादीहरुको जगा करकाप मुद्दावाट जगा जीतमोती कै हक ठहरी फैसला भै सकेकोले तही जगाको नाताले कृते भनी उजुर गरेको यो मुद्दामा इन्साफ गरी रहन नपर्ने हुदा खारेज गर्ने ठहर्छ भनी ८।७२१ गते धनकुटा अपीलले फैसला गरेको रहेछ ,

   सो इन्साफमा चीत्त वुझेन भन्ने उजीरधोजको अपील परेको यो मुद्दा अपीलाट्को वा रन वहादुर र छलफलमा झीकीयेका जीतमोती स्मेतको वा. करवीर लींवुलाई राखी वुझदा इनै वादी प्रतिवादीहरुको जगा करकाप मुद्दा र जालसाजी पास वदर मुद्दावाट जगा उजीरधोजले पाउने र जीतमोतीले हक नपुग्ने जगा वीक्री गरेको स्मेत ठहरी आजकै मीतीमा छीनीयेको सो जगाको अघीका मीतीको प्रमाणका लेखत सदेकृतेको नीरोपण गरी रहनु नपर्ने हुदा खारेज गरेको धनकुटा अपीलको ईन्साफ मनासीवछ इन्साफ पारीछीन्ने हाकीं उपर अपील गरेमा अपीलाट तापलेजुं अमीनी इलाका मेवाखोला साधाक्रा वस्ने उजीरधोज लींवु क अपीलले डंड नगरी छीनेकोले हाकींका नाउमा कराउनेका १० नं.का -----नले कंरु.१येक डराड हुन्छ  वारेस हुदा असुल गर्न तहसीलमा लगतदी मीसील प्रधान न्यायालय मीसील फाट्मा वुझाइ दीनु ।

                                                   न्यायाधीश

ईती सम्वत २०१० साल फागुण २८  गते रोज ५ सुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563