• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८६६ - जगा जालसाझी

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२८ १०८

मि.नं.८६६                          श्री

नेपाल प्रधान न्यायालय डीभीजन बेञ्च

 मुद्दा नं.६८९

मुद्दा जगा जालसाझी

पश्चीं ४ नं. लीमी पुडीकुवा  बस्ने वादी हरिदत्त गौंडेल

 

पश्चीं ४ नं.लीमी पुडीकुवा वस्ने  प्र. तारकेश्वर स्मेत

ईजलास

श्री माननीय  न्यायाधीश प्रदीप्तमान्यवर नेपालतारा ले.ज. प्रकाशसम्सेर ज. बा.रा.

श्री माननीय न्यायधीश  महेन्द्र बहादुर महत छेत्री

फैसला

     येस्मा  बाबु नरपतीले ६८ सालमा अन्यायेको बृहस्पती लाई मोरु.१०००बंधकमा दीयेको सानो मझुवा भंने षेत मुरी।१५----- नदीयेको र नीजवाट मैले मोरु.१० लीयकोमा मोरु.१०००। को भोगवंधकी तमसुक गराई म वीदेश भयेको वषत पास गराईपाउ भनी नालेस गरी वीचवीचमै म्याद तामेल गराई एक तर्फीवाट फैसला गरायेछन सो जालसाजीवाट म्याद तामेल गरेको वदर गराई जगा नीषनाई तीरो वुझी नलीयेमा तालुकदार पवानी प्रसादलाई स्मेत सजाय गरी पाउ भंने स्मेत वेहोराको हरीदत्तको----वयां रहेछ ।

      वादी दावीका ४ कील्ला भीत्रको सानु मझुवा भंने षेत मुरी ।१५ वादीका बाबुबाट बंधकीमा ली भोगेको होईन सो षेत मेरै अंशभागको भयेकाले नीषन दीनु पर्ने होईन यो वादीले मवाट मोरु.१०००।ली ०२।७।१८ मा भोगवंधकी तमसुक गरी दीयेको पास गरी नदीयेकाले नालेस गरेमा तामेल हुन आयेको म्याद वादीका वावुलेनै वुझी लीयेकाले जालसाज गरेको होईन भंने स्मेत वृहसपतीको र जगा प्रतेवादी वृहसपतीले वादीवाट २।७।१८ देषी भोगवंधकमा षायेकाले नीजै प्र.वाट तीरो लीयकोले वादी झुट्टा हो भन्ने स्मेत भवानी प्रसाद स्मेतको यौटै प्रतीउत्तर रहेछ ।

           कंचन गौडेले लुटपीटमा नालेस गर्दा सो मजुवा षेत मेरावावुको------वंधकमा षायेको भंने प्रतेवादी दीयेको भंने वादी भनाईका हकमा------केही मध्ये वंधकीमा भोगगरेको फैसला टीपोट वेहोरा-------------७४।७५ सालमा वंधक लीयेकोमा रुपैञा वुझायेकाले फीर्ता-----को भनी वृहसपतीले वयां गरेको ६८ साल देषी आज सम्म मोरु.-----वंधकी भोग गर्न दीयोहोला भंन ठीक नपर्ने सो मजुवावाट प्रतेवादी-------पतीको पनी भाग लाग्न सकनेनै देषीयेकोले वादी झुट्टा देषी-------जालसाजी तर्फ स्मेत नीजै वादीका वावुले नै म्याद वुझी लीयेको  दे-------काले स्मेत वादी दावी झुट्टा ठहर्छ भंने सुरु पाल्पा अपिलको ०-------को फैसला रहेछ ।

      वादी दावीको जगा अंसवाट पायेको भंने प्रतेवादीले सवुद दीन नस----- कंचन गौडेलसंग मुद्दा पर्दा पनी सो षेत अंस-----पाई भोगको----- नसकी नरपतीवाट वंधकीमा षायेको भंने सम्म लेषेको ३ ------ प्रतेवादीको नाउ देषीयेता पनी  सावीकी नरपतीको जगा येस कारण----- र्ता भयेको भंने उत्तारवाट नदेषीने भयेकाले स्मेत दावीको सानु--- वादीको वावुवाट मु वृहसपतीले मोरु १००। मा भोगवंधकीमा ------ म्याद जालसाजी तर्फ वादीले छुटै उजुर गरेको ठहर्छ भंने प्रधान न्यायालय चौथाफाटको ०५।११।१३ को फैसला रहेछ

          म्याद जालसाज गरे तीरो दीयेन भने तर्फ प्र.न्या. चौथा----ईन्साफ मनासीव मजुवा षेत ।१५ नीषन्न पाउ भंने हकमा कंच------संगको जगावाली मुद्दामा वृहसपती  स्मेतले दीयेको प्रते-------- मुरी ।३० स्मेत मजुवा ।८---।१८ कमलापतीवाट राजीनामा------साल देषी म नरपतीले र केही नरपतीवाट वृहसपतीले भो-------- कमा षायेको भंने स्मेत पेस भै रहेको फैसला नकलमा ले------धकमा मात्र षायेको भये वंधकीमा स्मेत षायको भनी लेषत------- स्मेत भनी लेषायेकाले अरु व्यहोरावाट पनी जगा षाईराषेको-------र्ने अरु-----व्यहोरावाट षायेको जगा यो हो भनी देषाउन र अंसी------नै होईन भनी लेषन नसकी अघीनै अंस भैसकेको भंने सम्म लेषेको-----३ महलेमा प्र वृहसपतीका नाउमा दर्ता भै सकेको जगा नीषनाई पाउ----भनी वादीले झुट्टा उजुर गरेको ठहर्छ भंने पाल्पा अपीलको ईन्साफ मनासीवछ भंने ०७।६।१७ को षङ्गनीसानी तोक सदर रहेछ

         षङ्गनीसानावाट मलाई हरायेकाले चीत्त वुझेन ईन्साफ जाचीपाउ भंने स्मेत वेहोराको हरिदत्तको वींतीपत्रमा मीसील झीकी ईन्साफ जाची ---सवाल वमोजीं गर्नु भंने ०८।५।१७ को आदेश रहेछ

        येस्मा उजुरवाला हरीदत्त र  झीकाई आयेको तारकेश्वरको वारेस लीलावल्लभ स्मेत राखी पेस हुन आयेको यो मुद्दा वुझदा वादी दावीको सानो मजुवा षेत ।१५ प्रतेवादी वृहसपतीले ३ महललेमा दर्ता स्मेत गराई सकेको तेसउपर वादीको म्याद भीत्र उजुर परेको नदेषीयेकोले स्मेत ०७।६।१७ मा षङ्गनीसाना भै छीनीयेको ईन्साफ मनासीवछ ईन्साफ दोहोरायेमा वादी हरीदत्त के नीजलाई सुरु पाल्पा अपीलले गरेको मोरु १६। को हाकींका नाउमा कराउनेका ११ नं वमोजीं सैक्रा १० ले मोरु. १।६० थप डंड हुन्छ रुजु हुदा असुल गर्न तहसीलमा लगत दी मीसील मीसीलफाटमा वुझाई दीनु ।

 

      

        न्यायाधीश                  न्यायाधीश

ईती सम्वत २०१० साल फागुन २८ गते रोज ५ सुभम्

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563