निर्णय नं. ८६८ - जगा खिचोला
अ नं 868/2010
नेपाल प्रधान् न्यायालय सिंगल् बेञ्च
अनं 1134
मुद्दा जगा खिचोला
अपिलाट् भ. पु. बोडे नछुटोल बस्ने कुल बाहादुर भंछो
विपक्ष भ पु.ई. बोडे नछुटोल बस्ने हिरालाल् पिला श्रेष्ठ-------
इजलास
श्री माननिय न्यायाधीस भगवतीप्रसाद सिंह बि एस सि बिएल
फैसला
येसमा हिरालालको १ रोपनी मोहीया जगा भएकोमा मेरो २ रोपनीमा स्मेत खिचोला गर्र्यो भंने कुल वाहादुरको बादी रहेछ ।
सु. यदुध्वज तल्सीं भएको ३ रोपनी जगा नै मेरो भएकोले खिचोला गरेको छैन भंने हिरालालको प्रतेवादी रहेछ ।
वादी दावी वमोजीं खिचोला गरेकै ठहराई ठिमी ग्राम पंचायतवाट 07/12/17 गते फैसला गरेकोमा अपिल तेस्राले स्व इन्साफ उल्टाई वादी दावी झुट्टा ठहराई 08/10/29 गते फैसला गरेको रहेछ ।
अपील्ले गरेको ईन्साफ चित्त वुझेन भन्ने कुल बहादुर को अपिल् रहेछ ।
अपीललाट् कुल वाहादुरलाई राखी उपरोक्त मुद्दा वुझ्दा प्रतेवादीको ३ रोपनी जगा हो भंने कुरामा वादी सावीत भै अपिल्मा लेखेको वादी दावी गर्दा भने प्रत्येवादीको १ रोपनी मात्र भएकोमा मेरो २ रोपनी स्मेत ३ रोपनीमा विचोला गर्र्यो भंने लेखीयेको देखीएवाट वादीको दावी वादी का भनाईवाटै झुट्टै देखिएको तल्सीं भदुध्वज वुझ्दा यो वादी मोही होइन भनी वयान गरेको र वादीले पनी वादी वुझायेको भर्पाई स्मेत दाखेल गर्न नसकेको र स्व ३ रोपनी जगा वाहेक अरु जगा वादीको भए आफैले खोजी गर्नु पर्ने हुदा इन्साफ अपिल तेस्राले ठहरायेको मनासिव छ अपिलाट कुल बहादुर रुजु हुदा डंड मो रु 1/को हा.का. १० नं का अइन ले पहिला अपिल हुदा मो रु ।१० दस पैसा दसौद डंड हुन्छ तहसिल्मा लगत दि मिसिल मिसिल फाट्मा वुझाई दिनु ।
भगवती प्रसाद सिंह
न्यायाधिस
स्म्वत २०१० साल फाल्गुण २८ गते रोज ५ शुभं—