• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८६९ - बाली लुटपिट

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२९ ९७

अ नं 869/2010

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

अ नं43

 


अपीलाट प्रतेवादी जी महुत्तरी प्र.त. बहादुरा मौजे पोरताहा वस्ने बंबहादुर महत छेत्री समेत

विपक्षी – वादी जी महुत्तरी पु.त वहादुर मौजे गुमान सिं हमाल छेत्री


                          मुदा- बाली लुटपिट

                               इजलास

श्री माननीय न्यायाधीस भगवतीप्रसाद सिंह राजपुत बी यस सी बी. एल

फैसला

    यस्मा झगडा परेका  ईवीवाला प्रतेवादीहरुले म घर नभयेको मौका पारी ०६ साल मार्ग १५ गते अं ३ वजेको टायेंमा पोरताहा मौजाको मेरो नम्वरी जगा वीगाहा ५ को धां वाली ४०/50 जना हसेरी ल्याई प्रतेवादी थोरै जनाले लुटी वादी लीयेकाले धां मं १७५ स्मेतको विगो कं रु 1977।। चारै जनावाट वरोवरका दरले भराई सजाये गरी पाऊ भन्ने स्मेत गुमान सिंहको १०।१०।२७।५ को फेरादपत्र रहेछ ।

 सो मार्ग १५ गते हामी जरोका वेथाले असरव वेरामी भै घरमै छौ अरु प्रतेवादी साथ महनी भै वाली लुट्यो होला भन्ने पत्यारै हुन नसक्ने हुनाले हामीले बाली लुटेका छैनौ झुटा उजुरगरेको हो भन्ने स्मेत भैरव बहादुर-1 वृख वहादुर -1 स्मेत जना २ को 07/10/6/6 को प्रतीउत्तर पत्र रहेछ ।

अरु प्रतेवादीहरु वादीकै मेली हुदा तीमीहरुलाट वीगो लीन्न भनी मीलाई झुठ्ठा नालेस गरेको हो । वादीले सो जगाको वाली आफैले काटी लगेको हो हामीले लुटेका छैनौ मुदा परेका ईविले गरेका ऊजुर दावी वाट फुरसद पाउ भन्ने स्मेत वेहोराको वंवहादुरको 07/12/5 को प्रतिउत्तर पत्र रहेछ ।

   प्र. ललीत बहादुरले 07/2/16 को सुरु म्यादै गुजारी प्रतिउत्तरै नदीयेको रहेछ 

लुटपिट गरेको ठहर्दैन ऊजुर झुठा ठहर्छ भनी  जलेश्वर अमिनीले ०८।५।२५।१ मा महतरी अपीलले फैसला गरेको रहेछ ।

   वंवहादुरको अपील परी छलफललाई झीकाई आयेका वादी गुमान सिं र प्र. वं वहादुरको वा पुस्कलनाथ स्मेत राखी पेस हुन आयेको यो मुदा वुझ्दा प्रतेवादी मध्यका वृख वहादुर भैरव वहादुर स्मेत २ ज्वांले वीगो घरसारमा लीनु दीनु गरी 07/10/8/1 मा मीलापत्रत्र गरेको मीसिल वाट देखीयेकाले नीजहरुको हकमा विवाद गरी रहनु नपर्ने र प्रतेवादी मध्यका ललीत वहादुरले वादीको हक भोग को जगाको वाली लुटेको नभये अरकाको नीमीत्त आफ्ना सजाये भागी वनी म्याद गुजारी वस्नु नपर्ने हुदा नीज ललीत बहादुरले वाली लुटपीट मरेकै ठहर्छ वंवहादुर का हकमा जगामा ......परीवन्दवाट मेरो भनी लेखन नसकी वादीकै हक देखाई लेखेको तेस्तो अरकाको हक भोगको जगामा इनि वंवहादुरले आफु सजायेको भागी वनी वाली लुट्पीट् गरे होलान भन्न वीना पक्का सवुद मनासीव नपर्ने र इनै वंवहादुरका ५ ज्वां साछीले लुटेको हैन भनी वकी लेखी दीयेका र प्रमाणको खसी चोरी वीजाञी विधुत मुदाका छीनुवा मीसीलहरु वाट यो मुदा पर्नु भन्दा अगावै झगडीया भयाका ईविलाला देखीन आयेको ले ईवीवाला उपर झुटाउजुर गर्ने संभव हुदा प्र. मध्ये को वं वहादुरले लुट्यो भंने वादीको ऊजुर दावी पुगन सक्तैन ललीत वहादुर स्मेत ३  ज्वां प्रतेवादीहरुले  लुटेका ठहर्न आयेकोले मीलापत्र गर्न २ ज्वांको लाग्ने वीगोमा नीज हरुले ली दी सकेकाले केही गरी रहनु नपर्ने र प्र.मध्यका ललीत बहादुरले वीगो वुझाऊन पर्ने ठहर्न आइ विगो  भराउने हकमा वादी दावी वमोजिं ऊपजा नहुने भंने प्र. वंवहादुर को जीकीर र वीगाहामा २० मै ऊपजा र मंको कं रु १२ मा खरील वीक्री हुन्छ भनी वादीकै  साछीले वकेको देखीयेकाले सोही दर कायं गरी वीगो भराउन मुनासिव हुदा सो दरले ३ खण्डको १ खण्ड प्र ललीत वहादुर वांट वादीलाई कं रु ४०० वीगो भराई दीने र नीज ऊपर कं रु ९४।/ वढी वीगो दावी गरेमा वादीलाई सजाये गर्ने र केही ऊल्टीमा .......अपीललाई केही गर्नु परदैन अरु तपसीलका कुरामा लपसील वमोजिं गर्नु ।

तपसील

    प्रतेवादी ललीत बहादुर के बादीका जगाको वाली लुटे वापत दामाहीले हुने वीगो कं रु 400 को लुटपिटका ४ नं का अइन ले सयकडा २० ले कं रु 8 दण्ड हुन्छ 08/9/16/2  का महतरी अपीलका फैसलाले नीजलाई कं रु ६० दण्ड भयेको देखीनाले नपुग कं रु २० विस रुपैया समेतको वेरुजु हुदा तगत दीनु ।

प्रतेवादी वं वहादुर के महतरी अपीलका 08/9/16/2 का फैसला ले लीने गरेको दंड कं रु ६० सफाई पाई जीतेकाले न लाग्ने हुदा नीज वंवहादुरलाई लुटपीट्का ११ नं का अइन ले जीज उपर दामासाही दावी गरेको वीगो कं रु ४९४।का सये कडा १ ले कं रु ४।।।3। जिताउरी लाग्ने भै सो जिताउरी कटाई वाँकी कं रु ५५९।।। असुल भया फिर्ता र नभया लगत कट्टा गरी दीनु भनी तहसीलमा लगत दीनु ।

वादी गुमान सिं धमाल क्षेत्री कै वंवहादुर ऊपर झुट्टा ऊजुर गरेमा नीज ऊपर दामासाही हीसावले दावी गिरेको वीगो कं रु ४९४।/ को ठहरे लुट्पीट्का ४ नं का अइन वमोजिं सयकडा २० ले कं रु ९८।।।P।।दण्ड हुनेमा पोली सावीत गर्न नसके वापत ऐ १२ नं का अइन वमोजिं आधी कं रु ४९49।3 र तेस्मा महुतरी अपीलमा अपील गरे वापत हा.का. १० नं का अइन लर् तेस्को दसौद कं रु ४ ।।।3 स्मेत कं रु ४।P।। र प्र. ललीत वहादुर उपर रु ४०० पाऊनेमा वढी वीगो दावी गरेको कं रु ९४।– को सोही लुटपीट्का ९ नं का अइन वमोजिं सयेकडा १० ले कं रु ९।३ स्मेत ज्मा कं रु 63।।।/।।दण्ड हुन्छ सो र प्र ललीत वहादुर वाट कं रु 400 वीगो भरी पाउने गरी जीतेमा  लुटपिट्का ११ नं का अइन ले सयकडा १ ले जिताउरी कं रु ४ स्मेत डण्ड जरीवाना जीताउरी गरी कुल ज्मा कं रु 67।।।/।। नीज गुमान सिं लाई लाग्ने भै सुरु अमीनीले नीज वाट लीने गरेकोदण्ड कं रु १४८।.।।। मा अपील क 08/9/16/2 का फैसलाले कं रु ४७।।3 लीने गरी वढी कं रु १००।।P।।। फीर्ता दीने भनी लेखेको सो लगत कट्टा गरी सो अमीनीले गरेको डण्ड कं रु१४८।9।।।मा लाग्ने ठहरेको कं रु 67।।।/।। कटाई वाँकी कं रु 89/3 असुल भय फीर्ता नभया अै सवालको रीत पुराई फीर्ता दिन तहसीलमा लगत दीनु ।

   प्रतेवादी वं वहादुर ललितवहादुर २ जनावाट कं  600 वीगो भरी पाउने भनी महुत्तरी अपीलका 08/9/16/2 का फैसलामा लेखीयेको प्र. वं वहादुरलाई वीगो नालाग्ने र प्र ललीत वहादुरवाट कं रु ४०० वादी गुमान सिंले भरी पाउने ठहरेकाले सो अपीलका फैसलाले भराई दिने गरेको लगत कट्टा गरी प्र. ललीत बहादुरवाट वादीले कं रु 400 विगो भरी पाउने लगत कार्य गरी अइन का म्याद भीत्र वादीको दरखास्त ली प्रतिवादीलाई दण्ड भयकाले वीसौद नली भराई दिन वीगो फाटमा लगत दीनु ।झुटा वक्ने भनी प्रतेवादीका देहायेका साछीलाई महतरी अपीलका  08/9/16/2 का फैसलाले गरेको देहाय वमोजिं कं रु ५ नलाग्ने हुदा असुल भयया फिर्ता र नभया लगत कट्टा गर्नु भनी तहसीलमा लगत दीनु ।

मौजे पोर्ताहा वस्ने नर वहादुर कार्की छेत्री के कं रु ––––1

मौजे पोर्ता हा वस्ने मां वाहादुर वुढाथोकी छेत्री के कं रु ---1

ऐ ऐ वस्ने गोपाल घरती के कं रु--------------------------1

ऐ वसाहा दछौ वारी वस्ने चन्द्र वहादुर नेवार के-------------1

ऐ वसाहा दर्छो वारी वस्ने सीताराम हलुलाई के -------------1

इन्साफ केही उल्टीमा महतरी अपीलका देहायका कर्मचारी लाई केही गर्न पर्दैन ------

हाकी सुव्वा इन्द्र प्रसाद उपाध्या ---1 अ.ना.सु धनानाथ उपाध्या---1 वी कोमल प्रसाद पुडासैनी-----------1

 

भगवती प्रसाद सिंह

न्यायाधीस

ईति सम्वत २०१० साल फाल्गुण २९ गते रोज ६ शुभं

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563