• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८७० - जगा वाली

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२९ ९६

अ नं 870

नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च

......205

मुदा  जगा वाली


अपिलाट- प्र. गुल्मी मौजे लौवा भेडारी वस्ने डीले भंने ठानेश्वर मगर

विपक्ष- पाल्पा गोठेडी वाहुं डाडा वस्ने नारांदत्त पौडेल जैसी  


ईजलास

श्री माननीय न्यायाधीस भगवतीप्रसाद सींह राजपुत वीयस्सी वीयल-------

फैसला

    यसमा त्रीलोचं जींमाको ठेक रु २५ लागेको धुङरीं भन्ने षेत ।2।10 मो रु १००० मा 06/9/2 गते हरीलाल पाध्या वाट पीताम्वर मगरले  भोगवंधकीमा ली मो रु १००० मा रजीष्ट्रेसं पास गरी 06/12/23  गते पीताम्वरले मलाई लषवंछ कमा दी साल १ को धां मुरी 6/13 मकै मुरी 2/23 वुझाउने कवुल गरी जगा निजै पीताम्वरलाई लुकाई प्रतेवादीहरुले जवरजस्ती मकै छरी धां रोपी लुटी खायकोले पीताम्वरले गरी दीयेको कवुलीयत वमोजीं धां मकै प्रतेवादीहरु बाट भाई थैली नतीरेसम्म जगा मेरो सदर थामी पाउ भंने नारां दत्तको ७/8/16 गतेको फेराद रहेछ ।

जेठा पटीका संतान वादीहरु र कांछा पट्टीका संतान हामीहरु  हुदाहामीहरु हुदा हामीले अंसमा दावी गर्ला भनी वादीले झुटा उजुर गरेकोहो भंने समेत टीकाराम १ नन्दलाल 1समेतको  7/11/12 गतेको प्रतेवादी रहेछ ।

बादीको दाता पीताम्वर र मेरा वावु  वीरसौ भाई भाई हो पीताम्वरको वावुआमा मरेकोले  मेरा वावुले वादी आएको मेरा वावु वृध्द भएपछी जी परी आएको वेवहार पीताम्वरले गरी आएको हुदा मैले वीदेसवाट कमाई ल्याएको र केही नपुग रुपैञा सु गैभीर साही स्मेत संग कर्जा ली वादी दावीको जगा पीताम्वरका नाउ वाट  भोग वंधकीमा पास गरी ली जगा आजसम्म हामी तर्फवाटै भोग चलं गरी आएको र भोग वंधकी सकल तमसुक स्मेत मेरा वावुका साथमा हुदा पीताम्वरले लष वंधकी दी कवुलियत गरी दीएको भंने समेत वादीको कुरा उहाको पीताम्वरलाई सीवकली वाहुनी संग करर्णीको पोलवाट वचाई दींछु भनी वेदायी लषवंधकी तमसुक पास गरी लीएको हो भंने स्मेत ठानेश्वरको 08/2/13 गतेको प्रतेवादी रहेछ ।

बादी नारांदत्त लाई पीताम्वरले लषवंधकी तमसुक गरी दीएकै छैन भंन प्रतेवादीले नसकेको जगा चलं गरी वाली षाएम प्रतेवादीहरुवाट वादीलाई भराई दीने ठहर्छ भनी 08/9/30 गते पाल्पा  अदालतले फैसला गरेको रहेछ ।

इन्साफ पाल्पा अदालतको मुनासीव भनी 09/7/5 गते पाल्पा अपीलवाट फैसला भएको  रहेछ ।

वादी नारांदत्तलाई पीतांवरले रजीष्ट्रेसं पास गरी लष वंधक दीएकै छैन भंन प्रतेवादीले नसकेको पास गरी लषवंधक दीएको छैन भंन प्रतेवादीले नसकेको पास गरी लषवंधक दीएकोमा सावीतै भएको वाहुनी संगको कर्णी को पोल उठाई वेदामी तमसुक गराई लीएको भए पीतामवरले उजुर गरी वदर गराउन सक्नु पर्ने नसकेको जगा च लं गरी वाली षएमा प्रतेवादी सावीतै हुनाले वालीको वीगो भराउने गरेको स्मेत इन्साफ पाल्पा अपीलको मनासीव छ ईन्साफ पारी छींने हाकीं उपरअपील गरेमा प्र दीले भंने ठानेश्वर के सुरु डंड मो रु 9/34 को हा.का १० नं ले दोश्रा अपील हुदा सैकडा ५ ले मो रु  ।47 सतचालीस पैसा डंड लाग्छ रुजु हुदा असुल गर्नु भनी तहसीलमा लगत दीई मीसील मीसील फाँटमा वुझाइ दीनु

भगवती प्रसाद सिंह

न्यायाधीस

ईति संवत २०१० साल फागुण २९ गते रोज ६ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563