• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८७१ - पुजा

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२९ १०४

  अ नं 871/2010

नेपाल प्रधान न्यायालय डीभीजन वेञ्च

मुदा नं 994

मुद्दा - पुजा


का.ई टेंटोल वस्ने सुमीत्रा नंद मरी मुद्दा सकार गर्ने ऐ बस्ने रमेशानंद राजोपाध्याय वादी

का.ई देवपाटन बस्ने प्र. प्रज्ञेश्वरी राजो पाध्यानी

 

ईजलास


श्रीमाननीय न्यायाधीश प्रदीप्त मान्यवर नेपाल तारा ले. ज प्रकाश शम्सेर ज. बा. रा

श्री माननीय न्यायाधीश महेन्द्रवहादुर महत छेत्री

फैसला

     येस्मा कुलानंद झा को सीलापत्र गुठीको नीत्य पुजारीमा  भर्ना भै काम चलाई आउने पुर्णशानंद मरेका र ३ पुस्ता भीत्र को हकदारमा आई माई वाहेक अरु कोही नभै म मात्र भयेकोले सो षालीमा मलाई भर्ना गराई काम चलाऊन पाये कोही मर्नेको वुहारीलाई र कोही मैले षाई नित्य पुजा चलाउदा हुम भंने सुमीत्रा नंडको दर्षास्त रहेछ ।

पुर्णेशानंदको नजीकको हकदार अरु कोही नभै इनै सुमीत्र नंद हुन भंने सरजमींवाट स्मेत मुचुल्का भयेकोले नीजैलाई भर्ना गरी दीन श्री ५ स. गुठी वन्दो वस्त लाई पूर्जी गरीदीने भंने पशुपती गोश्वाराको ३ साल चैत्र २० गतेको पर्चा रहेछ ।

 ससुरा पुर्णेशा नंदको छोरा मेरा षसं वाहेक कोही नभयेको लोग्ने पनी अघीनै परलोक भयेका ससुरा वुढा भै हेरविचार गर्ने कोही नहुदा नंदको छोरा भतिज भरत ज्वाला नंदलाई वालकै देषी पाली राषेको थीयो ससुराले गर्ने पुजा आजा स्मेत नीजै मानी जलाई लगाई गरी आयेको 93/11/27 गते नंदरत्न प्रभा लाई वकसपत्र गरी दीयेको थीयो ३ साल माघमा ससुरा मरेपछी अन्यायेवालाले दर्षास्त दी पशुपती गोश्वारा वाट पर्चा भयेछ 04/11/17 गते भानीजलाई पुजा नगर्नु भनी सुमित्रा नंदले हन्टक गरेकाले थाहा पाई अपील दीन आयेकी छु सो पर्चा वदर गरी मेरै हक सदर  भै भानीज भरत ज्वाला नंदका नाउ वाट  पुजाहारी दर्ता गरीपाऊ भन्ने स्मेत वेहोराको प्रज्ञेश्वरीको प्रतीउत्तर सरहको अपील रहेछ ।

यो राजगुटी भयेको र सनतान दरसन्तान पुजा गरी षानु भन्ने  पुर्णेशानंदको नाऊमा सनद भइको पेस गर्न नसकेको ले हकदारकव नातावाट  पाऊ भंने र वकसपत्रका नातावाट भंने दुवै थरको हक पुग्न नसक्ने सरकारको नीगाहावाट जसलाई वक्सीन्छ उसैले खान पाऊने हुनाले निकासा वक्से वमोजिं गर्न मीसिल पशुपती गोश्वारामा पठाउन श्री ५ गुठी वन्दोवस्तमा पठाई भंने श्रेस्ता अपीलको 05/2/20 को जाहेरी रीपोटमा 04 सालको उजुर परेका गुठीको पुजा रमेशानंद ले गरी षांई सकेकाले 05 सालको पूजा चलाई षांगी स्मेत भरत ज्वालाले षान पाऊने गरी नीजहरुलाई १x१ वर्षको आलो पालो संग पुजा चलाउने गरी पुजाहारीमा भर्ना गरी दीनु रमेशानंदको पालोमा  पाउने षांगीको आधी प्रज्ञेश्वरी जीवीत रहेसम्म नीजलाई दीलाई दीने गरी सदर भंने 05/2/20  को २ छापे तोकसदर गरीयेको रहेछ ।

प्रज्ञेश्वरी र मैले आधा आधा गरी दीनु भंने भयेको मा फैसलाले षदा आर्कै कुल गोत्रका लाई दीने गरी लेषेछन आर्को कूल गोत्रमा सो पुजा नजाओस मै पाऊ भंने रमेशानंदको वींतीपत्रमा के कसो भयेकोहो हेरी जाहेर गर्नु भंने ०६।८ को प्रमाङ्गी रहेछ ।

गुठी वंदोवस्तवा६ वुझी जाहेर गर्दा अघीनै २ छापे सदर  भै सकेकोले सोही २ छापे तोक सदर वमोजीं गर्नु भन्ने 07/2/26 को १ छापे रहेछ ।

सो पुजा आर्कै कुल गोत्रकाले आधा पाऊने भयेकोले  चीत्त वुझेन दोहराई पाऊ भन्ने रमेशानन्दको नीवेदन पत्रमा मीसील झीकी ईन्साफ जाँची अइन सवाल वमोजीं गर्नु भंने ....12/27/3 को  आदेश रहेछ ।

यसमा उजुरवाला रमेशानंदलाई स्मेत राषी पेस हुन आयेको वुझ्दा पुर्णेशानंदले नाती भरत ज्वाला नंदलाई वक्स पत्र गरी दीयेकोबाट नीज पुर्णेशा नंदको हकको जायजेथा नीज भरत ज्वालानंदको हक भयेकोले यो राज गुठीको पुजामा नीजको हक नपुग्ने भंन मनासीव नभयेकोले समेत २ छापे तोक सदर लाई वहाल राषी भयेको 07/2/26 को १ छापे तोक सदर मनासीव छ इन्साफ  दोहरायेमा रमेश नंदको सुरु डंड नहुदा हाकींका नाउमा करानेका ११ नं वर्मा जिं तजवीजी मो  १ येक रुपैञा डंड हुन्छ रुजु हुदा असुल गर्न तहसीलमा लगत दी मीसील मीसील फाटमा वुझाई दीनु ।

महेन्द्र वहादुर            प्रकाश शम्सेर

न्यायाधीश              न्यायाधीश

इति संवत २०१० साल फागुन २९ गते रोज ६ सुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563