• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८७२ - पुजा

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/११/२९ ९२

Text Box: प्र.न्या. मीसीलफाट
सकल बमोजीम नकल दुरुस्त छ यो फैसलाको नकल र सुरु कारवाई भयको मुद्दाको मीसील फारामको श्रेस्ताषन्द्रमा चढाइ मीसील सामेत राषीया दिने इति सम्वत २०११ साल पौष ९ गते रोज ६ शुभम् ।
अ. नं. ८७२-२०१०

रीट नं.५५९/९९४

 

 

 

 

 

 

नेपाल प्रधां न्यायालय डिभिजं बेञ्‍च

मुद्दा नं.९९४

मुद्दा: पुजा

 


का.ई टेंगल टोल बस्ने सुमित्रा नंद मरी मुद्दा सकार गर्ने ऐ बस्ने रमेसा नंद राजोपाध्याय वादि -----------------------

का.ई. देवपाटं बस्ने प्र. प्र. प्रज्ञेश्वरी राजोपाध्यानी ------------------------  


 

इजलास

श्रीमाननीय न्यायाधीस प्रदिप्त मांन्येवर नेपाल तारा ले.ज. प्रकाश सम्शेर ज.व.रा.

श्रीमाननीय न्यायाधीस महेन्द्र बहादुर महत क्षेत्रृ

फैसला

येस्मा कुलानंद झाको सीलापत्र गुठीको नीत्य पुजारिमा भर्ना भै काम चलाई आउने पुर्णेसानंद मरेका र ३ पुस्ता भीत्रको हकदारमा आइमाई बाहेक अरु कोही नभै म मात्र भयेकाले सो षालीमा मलाई भर्ना गराई काम चलाउन पाये कोही गर्नेको बुहारीलाई र कोहि मैले पाई नीत्य पुजा चलाउंदा हुम भंन्ये सुमीत्रानंदको ..... दर्षास्त रहेछ।

पुर्णेसानंदको नजिकको हकदार अरु कोहि नभै इनै सुमित्रा नंद हुन भंने सरजमिंबाट स्मेत मुचुल्का भयेकाले नीजैलाई भर्ना गरि दिन ............... गुठि बन्दोबस्तलाई पुर्जि गरि दिने भंने पसुपति गोस्वाराको ३ साल चैत्र २० गतेको पर्चा रहेछ

ससुरा पुर्णसानंदको छोरा मेरा षसं बाहेक अरु कोहि नभयको लोगने पनि अघि नै परलोक भयेका ससुरा बुढा भै हेरविचार गर्ने कोहि नहुदा नंदको छोरा भानीज भरत ज्वालानंदलाई बालषै देषि पाली राषेको थीयो ससुराले गर्ने पुजा आजास्मेत नीजै भानीजलाई लगाई गरि आयेको ९३।११।२७ गते नंद रतनप्रभालाई बकसपत्र गरि दियेको थीयो ३ साल माघमा ससुरा मरेपछि अंन्यायेवालाले द्रखास्त दि पसुपति गोस्वाराबाट पर्चा भयेछ ०४।१।१७ गते भानिजलाई पुजा नगर्नु भनि सुमित्रानंदले हटक गरेकाले थाहा पाई अपिल दिन आयेको छु सो पर्चा बदर गरी मेरै हक सदर भै मानीज भरत ज्वालानंदका नाउमा पुजाहारि दर्ता गरिपाऊ भंने स्मेत बेहोराको प्रज्ञेश्वरीको प्रतीउत्तर सरहको अपिल रहेछ।

यो राजगुठी भयेको र सनतान दरसंतान पुजा गरी षानु भंने पुर्नेसानंदका नाउमा नद भयेको पेस गर्ने नसकेकोले हकदारको नाताबाट पाउ भंने र वकस पत्रका नाताबाट पाउ भंने दुवै थरको हक पुगन नसक्ने सरकारको नीगाहाबाट जसलाई बक्सींछ उसैले षान पाउने हुनाले नीकासा बक्ससे बमोजीं गर्न मिसील पसुपती गोश्वारामा पठाउन श्री ५ गुठी बन्दवबस्तमा पठाई दिने भंने श्रेस्ता अपीलको ०५।२।२० को जाहेरि रीपोटमा ०४ सालको ऊजुर परेका गुठिकोपुजा रमेसानंदको पालोमा पाउने षांगीको आधी प्रज्ञेस्वरी जीवीत रहेसम्म नीजलाई दिलाई दिने गरि सदर भंने ०५।२।२० को २ छापे तोक सदर गासीयेको रहेछ।

प्रज्ञेस्वरी र मैले आधाआधा गरि दिनु भंने भयेकोमा फैसला लेषदा आर्कै कुल गोत्रकालाई दिने गरी लेषेछन आर्को कुल गोत्रमा सो पुजा के कसो भयेको हो हेरि जाहेर गर्नु भंने ०६।८।५।को प्रमांगी रहेछ।

गुठि बंदोबस्तबाट बुझी जाहेर गर्दा अघि नै २ छापे सदर भै सकेकाले स्वहि २ छापे तोक सदर बमोजीं गर्नु भंने ०७।२।२६ को १ छापे रहेछ।

सो पुजा आर्कै कुल गोत्रकाले आधा पाउने भयेकाले चीत्त बुझेन दोहोर्याई पाउ भंने रमेसानंदको नीवेदन पत्रमा मिसिल झीकाई ईन्साफ जाची अैं सवाल बमोजीं गर्नु भंने ८।१२।२७।३ को आदेस रहेछ।

येस्मा ऊजुरवाला रमेसानंदलाई स्मेत राषि पेस हुन आयेको बुझ्दा पुर्णेसानंदले नाति भरत ज्वालानंदलाई बक्स पत्र गरि दियेबाट नीज पुर्णेसानंदको हकको जाये जेथा नीज भरत ज्वातानंदको हक भयेकोले यो राज गुठिको पुजामा नीजको हक नपुगने भंन मनासीव नभयेकाले स्मेत २ छापे तोक सदरलाई बहाल राषि भयेको ०७।२।२६ को १ छापे तोक सदर मनासीब छ ईन्साफ दोहर्यायेमा रमेसानंदके सुरु डंड नहुंदा हाकिंका नाउमा कराउनेका ११ नं बमोजीं तजवीजी मोरु १।– येक रुपैया डंड हुंछ रुजु हुँदा असुल गर्न तहसीलमा लगत दि मिसील मिसील फांटमा बुझाई दिनु।

 

      

   न्यायाधीश                           न्यायाधीश

ईती सम्वत २०१० साल फागुण २९ गते  रोज ६ शुभम् -----------------------------------

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563