• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८७३ - अंश तायदाती

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२९ १२२

अभिलेख दर्ता नं. ८७३।२०१०

मुद्दा नं. २९८/१०११

नेपाल प्रधान न्यायालय डिभीजन बेञ्‍च

टा नं.

मुद्दा अंश तायदाती


अपिलाट् प्रतेवादी पाल्पा धवाघाट बस्ने दमयन्ता उपाध्यानी १

ऐ ऐ बस्ने लीला कुमारी उपाध्यानी १

  विपक्ष पाल्पा धवाघाट बस्ने वादी टंकेश्र्वरा उपाध्यानी १


ईजलास

श्री माननीय न्यायाधीश प्रदिप्त मान्येवर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जङ्गबहादुर राणा

श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षेत्री

फैसला

     लीला कुमारीस्मेतसंग अंश मुदा परी आखिर ९४ साल मार्ग मसांततकको तायदाती ली वण्डा ३ भागको १ भाग मैले पाउने ठहरी ०४।९।७ मा षडज्ञनि साना भयेकोले सो बमोजीं वण्डा दीलाई पाउ भंने स्मेत वादी,

३ भागको १ भाग वण्डा छुट्याई दीनामा प्रतेवादीहरु मंजुरभै तायादाती लेखी दीयाको सो तायदातीमा वादी जींमा धंमाल वण्डा गर्नु पर्ने भनि र डण्डपाणीसंगको लेना रु ४९९। पेवा भनि लेखीयेको,

असं टोल्को घर बाहेक मेरो जींमा केहि छैन भंने वादीको कागज,

हर्कपुर गुठि र हरपुरा मौजा छोरा राज चुडाराजको जींमा दर्ता छ आधीआधी हक लागने हो भंने स्मेत वृहस्पतीराज,

९४ साल मार्ग मसांत तकको तायदातीबाट देखिन आयेको मोल बीगो मोरु २२६६६।८८ र कंरु ४०० मध्ये २ भाग प्र लिला कुमारी हमयल २ जनाको भाग मोरु १५०५९।२२ र कंरु २६६६।....।।३ भाग छुट्याई  वादी टकेश्वराको भाग मोरु ७५४४।६६ कंरु १३३३।/ वादीले अंस बण्डा पाउने ठहर्छ तायदातीमा डण्डपाणीसंगको ९६ सालको ४९९। भनेको पेवा जनीयेको र वाडीसंग रहेको धंमाल भनि लेखियाका धंमालको हकमा वादीले मसंग छैन भनेकाले तेसमा स्मेत अैं बमोजीं नालेस दीनु भनी दुवै थरलाई सुनाई दीने भञेस्मेत प्रधान न्यायालय दोश्रा फाट्को फैसला रहेछ,

बेहोरम साचो भये सदर मामीला नीक्सारीबाट यो मुदाको मीसील झीकी अैंसवाल बमोजीं गर्नुहोला भंन्‍ने ०८।५।२२ को प्रधान न्यायाधीशको आदेश,

यस्मा अंश तायदाती मुद्दा १ आयेस्ता मुद्दा १ स्मेत २ मुद्दा न्यायालयबाट ०५ साल फागुण र चैत्रमा फैसला गरे वृहस्पती राजको ईन्साफ दोहरीयो मेरो दोहरीयन दोहर्‍याई पाउँ भंन्ये लीलाकुमारीले विंती चढाउदा यस्मा वेहोरा साचो भया आयेस्ता तर्फको मुद्दा दोहरीने प्रमांगी भयको रहेछ र मीसील यौटैभये इन्का हकमा पनि सदर मामीला नीकसारीले जाहेर गर्नु भंन्ये ०६।४।२७ मा तोक भयेको र मुद्दा दोहरी झगडीया स्मेत झीकायेकोमा आयेस्ता मुद्दा दोहरीयेको अंश तायेदाती खारेज गर्न लागेकोले अंश मुद्दाको जरीया जति मुदा भयेपनि अंश तायदाती आयेस्ता मुद्दा सदर मामीला नीकसारीबाट हेरीदीनु भंन्ये आदेश पाउ भंन्ये लीला कुमारीको बींतीपत्रमा यस्मा वेहोरा साचो भये सावीक सदर मामीला नीकसारीबाट यो मुद्दाको मीसील झीकी ईन्साफ जाची अंसवाल बमोजीं गर्नु होला भंन्ये श्री माननीय प्रधान न्यायाधीश बाट ०८।५।२२ मा आदेश भै यो अंश तायदाती मुद्दा दोहरीयेको देखियेको र  ०६ साल्को विंतीपत्रमा २ मुद्दा छुट्टाछुट्टै मीतीमा छीनीयेको दोहर्‍याई हेरी पाउ भन्‍नको येकै मुद्दा नदेखि छुट्टाछुट्टै कारवाई तहकिकात भयेको र आयेस्ता मुद्दा वृहस्पतिराजका उजुरीबाट दोहरीयेकाले सो आयस्ता मुद्दाको हक्‍मा सम्म लीलाकुमारी दमयन्ताको हकमा स्मेत देहरीने तोक भयेकोले आयेस्ता मुद्दा सम्म दोहराई दीनुपर्ने तायेदाती ली वण्डा छुटयाई दीनेसम्म काम ०५ साल्मा छीनीयको दोहर्‍याउने धेरैपछि ०८ साल्को तोकले दोहरीने भयेकोमा ७ सालअघी छीनीयेको मुद्दा उस बखत दोहर्‍याउने तोक प्रमांगी नभयेको हाल दोहर्‍याउन नहुने हुदा खारेज गरी दीनु ईन्साफ दोहर्‍याउने गरेमा केहि गर्नु पर्दैन।

 

 

महेन्द्र बहादुर महत                                 प्रकाश शम्सेर जवरा

 न्यायाधीश                                             न्यायाधीश

इति सम्वत २०१० साल फागुण २९ गते रोज ....... शुभम्-----------।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563