• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८७४ - आयेस्ता

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२९ ९९

अ. नं. ८७४-२०१०

रीट नं २९९/११४१

नेपाल प्रधान न्यायालय डिभिजन बेञ्‍च

अ.नं.११४१

मुद्दा: आयेस्ता

 


अपिलाट प्रतेवादी पाल्पा धवाघाट बस्ने दमयन्ता उपाधयानी ------------------१

ऐ ऐ बस्ने वृहस्पतिराज उपाध्याय------१

विपक्ष पाल्पा धावाघाट बस्ने वादी ढकेश्वरा पाध्यायानी -----------------------१ 


इजलास

श्री माननीय न्यायाधीस प्रदिप्त मांन्येवर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जङ्ग बहादुर राणा

श्री माननीय न्यायाधीस महेन्द्र बहादुर महत क्षेत्री

फैसला

९४ सालमा मानो छुट्टियेदेखि खान लाउन नदीयेकोले तायेदातीबाट देखिन आयेको ११ वर्षको मध्येस पाहाड  समेको आयेस्ता मोरु ७२९८/९९ कं रु ५५०० लीला कुमारी दमयन्ताबाट भराई पाऊ भन्‍ने स्मेत वादी,

तायेदाती जगाको आयेस्ता बादी र हामी २० जनाले मोहीबाट बराबर भाग सांटी ली खायकै छ मध्येस (हरपुर हरकपुराको ............................. ) को नोक्सानी भै रहेबाट दांकां गर्ने वृहस्पतिराजलाई तेसै छाडी दी राषेको छ दावी बमोजीं तीर्नु बुझाउनु पर्ने होइन भन्‍नेस्मेत प्रतेवादी दमयंता लीला कुमारी,

वुटौलको २ मौजा वादी प्रतेवीको आधा हाम्रो आधा हो .................. हुंदा आयेस्ता छैन कां चुडाराज छउंज्याल नीजैले र मरेपछि नीजले राषेको कारींदा डील्लीराजले गरेको छ आयेस्ता पाउ भन्‍ने वादी झुट्टा हो भन्‍ने स्मेत वृहर्पतिराज,

९४ साल्को वाली अैंको म्याद नाघेकोले भराउन नपर्ने ९५।९६।९७ साल्को म्याद ननाघेको मुद्दा परेका ९८।९९।२०००।०१ साल्को वाली पाउने नै देखियेकोले पाहाड तर्फ बर्ष ७ को मोरु ४६४४।८१ प्र लीलाकुमारी दमयन्ताबाट र मध्येस हर्कपुर हारपुरा २ मौजाका हकमा दामकाम गर्ने वृहस्पतिराजबाट वर्ष ७ को कंरु ३५०० वाली वादीले भरी पाउने ठहर्छ। २ सालदेखि रोका रहेको वाली रोकावालाबाट पाउने हुदा केहि गर्नु नपर्ने भंन्ये स्मेत प्रधानन्यायालय दोश्राको फैसला।

९७ सालसम्म चुडाराजले कां गरेको तेसपछि नीजले राषेको डील्द्यीराजले कां गरेको मौजै ................. पर्तानी छपरको सरजमीं स्मेत बुझनु पर्ने बुझी वादी दावै नगरेको मबाट बाली भराउने गरी फैसला गरेकोले इन्साफ जांची पाउ भंने स्मेत वृहर्पति राज्को वींतीपत्रमा यो मुदा वींतीपत्र नीक्सारी मामीला फाटले जाहेर गर्नु भंने प्रमांगी अंश तायेदाती मुद्दा १ आयेस्ता मुद्दा १ स्मेत २ मुद्दा न्यायालयबाट ५ साल फागुण र चैत्रमा फैसला गरे वृहस्पतीराजको ईन्साफ दोहहरीयो मेरो दोहरीयेन दोहर्याई पाउ भंने लीला कुमारीले वींतीपत्र चढाउदा आयेस्ता तर्फको मुद्दा दोहरीने प्रमांगी मयेको रहेछ र मीसील यौटै भय ईनका हकमा पनि सदर मामीला नीक्सानीले जाहेर गर्न भंने प्रमांगी।

यस्मा आयेस्ता मोरु ७२९८।९९ र कं रु ५५०० लीला कुमारी दमयन्ताबाट दीलाई पाउ भंने वादी, आयेस्ता दीनु पर्ने होइन भंने लीला कुमारी दमयन्ता र वृहस्पती राजको जीकीर भयाकोमा आयेस्ता मोरु ४६४४।– राजबाट वादीले पाउने ठहर्छ भनि प्रधान न्यायालय दोश्राबाट वादीले पाउने ठहर्छ भनि प्रधान न्यायालय दोश्राबाट फैसला गरेको र पाहाडतर्फको लीला कुमारी दमयन्ताबाट आयेस्ता भरायेको मुनासीब नै देखियेको मध्येस हरकपुर हरपुररा मौजाको कंरु. ३५००/- आयेस्ता वृहस्पतिबाट वादीलाई भराउने गरेतर्फ नीज वृहस्पतिराजले आयेस्ता लीये खाये खुवाये भंने हीसाब देखाई दावी गर्न नसकेको आयेस्ता लीये खायेको भंने कुराको सबुद वादीले र प्र लीलाकुमारी दमयन्तासमेतले दीन गुजार्न नसकेको आधा आयेस्ता नभयबाट तेसै छाडेको भंने कुरामा दमयन्ता लीला कुमारी सावीत स्मेत भयेको ०२।०३।०४।०५ साल वर्ष ४ को वाली अड्डैबाट रोक्का भयेको मुचुल्का रीपोट र वेथरी अमीनीका जवाफ स्मेतबाट मालपोत दाखिल भये भन्दा बढी आयेस्ता नदेखियेको सरर्जमीं बुझीदा पनि लेखियाका २ मौजामा आयेस्ता भयेको नदेखि मौज्मै नदीकाट पर्तानी छपर भयेको देखियेको हुनाले आयेस्ता नहुदा मध्येस मौजा २ को आयेस्ताको कंरु ३५०० वृहस्पतिराजबाट भराउने गरेको इन्साफ गल्ती ठहर्ने हुदा  इन्साफ जचायेमा लीला कुमारी दमयन्तालाई केहि उल्टीमा न्यायालय दोश्रालाई स्मेत केहि गर्न पर्दै नैना जैसिनीको र ................... पाल्पा पंचायतबाट आयेको लेंदें मुद्दामा बादी वा जुगरत्नको १०।४।२९ को दोश्रा पटकको तारेख गुज्रेका हकमा मोरु २/- जरीवाना गरी तारेख थामी अैं सवाल बमोजीं गर्नु भनी तारेख तोकी र अरु झीकाई आयेको कुटपीट र लुटपीट मुद्दा स्मेत पंचायतबाट हेर्न नहुने हेरी अैं बमोजीं गर्न अपील्मा पठाउनु अरु तपसील बमोजीं गर्नू ।

तपसील

वादी टकेश्वरा के प्रधान न्यायालय दोश्रा फांटका ०५।५।२।४ का फैसला  ०६।१।२४ का लगतले प्रतेवादी वृहस्पतीराजबाट भरी पाउने ठहरेको बीगो कं रु. ३५०० कोट्फी मोरु १७५/- नपाउने ठहरेकाले तेसको लगत काटि दीनु भनि अत. बीगो फांटमा लगत दीने ------------------------------------------------------------

प्रमाण स्मेतका मीसीलहरु जील्ला पाल्पा अपीलमा पठाउन मीसील विभागमा बुझाई दीने--

  

 

 

महेन्द्र बहादुर                           प्रकाशशम्सेर

न्यायाधीश                              न्यायाधीश

इति सम्वत २०१० साल फागुण २९ गते  रोज ६ शुभम् -----------------------------------

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563