• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८७५ - कुटपिट

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२९ १५०

अ. नं. ८७५-२०१०

रीट नं ४४६/२१२

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

ठा.नं.२१२

मुद्दा: कुटपिट

 


निवेदक प्रत्यवादी पु.१ नं. का.प.ई दापचा मध्ये कामरेढुंगा भंने धनकुमारी तामाङनि

विपक्ष वादी ऐ ऐ बस्ने डिठ्ठेनी नुरवु तमांनी   


इजलास

श्री माननीय न्यायाधिस भगवति प्रसाद सिंह राजपुत विएस् सि. विएल.

फैसला

यस्मा २००४ साल आश्वीं ३ गतेका बेहान पाडे गैरा भंने खेतको मेरो १० कर्मको बाली लुटेको देखि जांदा वाली र गहनासमेत लुटि मलाई समेत ५ जनाको छल भै कुट्पिट गरे लुटपिटमा छुट्टै नालेस दिनेछु कुटपिट गरेमा कसुर अंसार प्रतेवादीहरुलाई सजाय गरी पाउं भन्‍ने समेत ०५।६।२० को नुरबु तामाङ्निको फेराद रहेछ।

     पाडे गैरा भंने खेत वादीकै नहुनाले हामीले लुटपिट कुटपिट गरेको छैन वारदातका बखत गाएघरमा नभै ईन्द्रजात्रा हेर्ने भनी बाहादुर सिं १ धनकुमारी १ नान १ समेत गएकोमा अघि देखी इवि परेकोमा मुद्दा समेत चलेको इबीले झुट्टा उजुर गरेकी हुं भने समेत ०५।१२।१ को धनकुमारी समेत ५ जनाको प्रतीउत्तर पत्र रहेछ।

बुझिए सम्मबाट कुटपिट गरेको हैन कि भंन्‍नलाई यो मुद्दामा प्रतेवादी दीदा आश्वीं १ गते ईन्द्रजात्रा हेर्न गएको भंने र लुटपिट मुद्दाको प्रतेवादीमा ३ गते आस्वींमा गएको भन्‍ने लेखाएको र वारदातका दिन फेन्चीको घरमा छु भनेपनी निजलाई साछी दीन नसकेको अरु साछीले प्रतेवादीले नभनेका कुरा बकेका र बादीका साछीहरुले कुटपिट गरेकै हुन भनी बकेमा प्र. धनकुमारीले घुसमा नालेस गरेपनी डीसमिस गराएकी हुनाले समेत वादी दाबी बमोजिं कुटपिट गरेकै ठहर्छ भन्‍ने समेत ०६।७।२।३ को का.प अदालतको फैसला रहेछ।

हाम  प्रतेवादीको जिकीर वुदा प्रमाण नली गरेको ईन्साफमा चीत्त बुझेन भन्‍ने समेत ०७।२।१८।४ को पढिज्यान भन्‍ने धनकुमारीको अपिल पत्र रहेछ।

सुरुले सरजमिं बुझेको नदेखीनाले सरजमिं बुझ्दा तेतीका सरजमिंले लुटपिट कुटपिट गरेकै हुं भनी लेखी लेखिदीएका र सुरुले गरेको इन्साफमा अपिलाट धनकुमारी वाहेक अरु प्रतेवादीहरुको समेत अपिल पर्न नआएकोले समेत इन्साफ सुरुको मुनासीव भन्‍ने ०८।४।२४।४ को अपिल तेश्राको फैसला रहेछ।

नुरबु तमाङ्निसंगको लटपिट कुटपिट मुद्दामा कुटपिट मुद्दा हदमुनी गरी छीने लुटपिट मुद्दामा गुज्रेको म्याद थामी अपिल दिने म्याद थामी पाउँ भंने धनकुमारीको निवेदनमा लुटपिट मुद्दामा अपिल दिए कुटपिट मुद्दा पनि झिकि साचै जाहेर गर्नु भन्या ०८।७।६ को श्री माननिय प्रधान न्यायाधिसबाट आदेश भएको रहेछ।

आदेशद्वारा पेस हुन आएको यो मुद्दामा निवेदक पढीज्यां भन्‍ने धनकुमारी समेतलाई राखी बुझदा कुटपिट गरेको नदेखिने मिसिल प्मराणबाट कुनै सबुद गुज्रन नआएकोले सुरुले गरेको इन्साफ मुनासीव गरी अपिल तेश्राले गरेको इन्साफ मुनासीब छ इन्साफ दोहर्‍याएमा हा.का. ११ नं.ले सुरु डंड मोरु ५।७५ को सयकडा १० ले पढि ज्यां भन्‍ने धनकुमारीलाई मोरु.। ५७।२ सन्ताउन्न पैसा दुई दाम डण्ड हुन्छ रुजु हुंदा तहसिलमा लगत दीनु यो मुद्दाको मिसिल का.प.अ.मा पठाउन अपिल तेश्रामा बुझाई दीनु भनी मिसील फांटमा बुझाई दिनु।

  

 

 

                                     भगवती प्रसाद सिंह

                                        न्यायाधीश

इति सम्वत २०१० साल फाल्गुण २९ गते  रोज ६ शुभम् --------------------------------

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563