निर्णय नं. ८७६ - लुटपिट
अ. नं. ८७६-२०१०
रीट नं ३८७/६७३
नेपाल प्रधां न्यायालय सिंगल
अ.नं.६७३
मुद्दा: लुटपिट
अपिलाट प्रत्यवादी पु १ नं का प ई दापचा मध्ये कामरेढुंगा बस्ने पदिज्यां भन्ने धनकुमारी तामाङ्नी-१
विपक्ष वादी ऐ ऐ बस्ने डीठ्ठेनी नुरबु तंमाङनि
इजलास
श्री माननिय न्यायाधिस भगवति प्रसाद सिंह राजपुत विएस्सी वि.एल.
फैसला
यस्मा २००५ साल अस्वीं ३ गते वेहान पाडे गैर भंने मेरो खेतको धान बाली लुटेको देखि जांदा कुटपिट गरी गहना र वाली स्मेत लुटि लगेकाले गहना गहना र वालीको विगो समेत ज्मा मोरु ८९६।– प्रतेवादीहरुबाट भराई सजाय गरी पाउ भन्ने समेत ०५।६।२० को डिठ्ठेनी नुरबु तमाङनिको फेराद रहेछ।
वारदातका दिं घरमा छैनौ आस्वीं ३ गतेका दिं बाहादुर सिं पदिज्यान नानु समेत ३ जना ईन्द्रजात्रा हेर्ने भनी गै सकेको छौ पढी गैरा भंने खेत वादीकै नहुनाले सरजमिं समेत बुझेमा लुटेको देखिने छैन इविले झुटा उजुर गरेकि छं भंने खेत वादीकै नहुनाले सरजमिंसमेत बुझेमा लुटेको देखिने छैन इविले झुट्टा उजुर गरेकि छं भंन्ने समेत ०५।१२।१ को पढिज्यां भंने धनकुमारी समेतको प्रतेवादी रहेछ।
बुझिएसम्मबाट वादीको दावीको खेत वादीको छोराको अंश भै छोरो चाहीले मानबाहादुरलाई बंधकी दिएको छ। वादीको हकै नभएको जगा हुनाले जालसाजीबाट घाखतस्मेत बनाई उजुर गरेको भंने प्रतेवादीको भनाई भएमा पनी यु दाउमा बसी यस परीवंदबाट जालसाजी गरेको भनी उजुर दी सफाई लीन नसकेको र साछी उपर दीएको घुस मुद्दा पनी डीसमीस गरायेको लुटपिट कुटपिट मुद्दाको प्रतेवादीमा एउटामा आस्वीं १ गते ईन्द्र जात्रा हेर्न गएको भंने र एउटामा ३ गते गएको भनी लेखाएको प्रतेवादीका २ जना साछीले ईन्द्रदह नुहाउन जांदा भेटेको भनेको सो कुरा प्रत्येवादी ल्यै लेखाउन नसकेको र कुटपिट मुद्दामा आजैको मीतीमा कुटपिट गरेकै ठहरी फैसला भएकोले यस्मा स्मेत दावी बमोजि लुटपिट गरेकै ठहर्छ भंने समेत ०६७।२ को का.प.अ.को फैसला रहेछ।
मेरो चित्त नबुझेको कुरा यो लुटपिट मुद्दाको मिसिलमा दीएको प्रतेवादीमा लेखिएको बुंदा प्रमाणको ख्याल नगरी मुख्य करणीलाई सजाय भएपछी अरुलाई सजाय नै नलागनेमा एकाघरका जहान सबैलाई सजाय गर्ने गरी गरेको ईन्साफमा चीत्त बुझेन भंने समेत ०७।२।१८।४ को पडीज्यां भंने धनकुमारीको अपिल पत्र रहेछ।
अपिलद्वारा पेश हुन आएको यो मुद्दामा अपिलाट धनकुमारीस्मेतलाई राखी बुझ्दा पदि गैरा भंने खेत वादीको हक भोग नभएको भंने कुरामा अपिल जिकिर लीए पनी सवुद गुजार्न नसकेकाले र सरजमिं बस्ने मानीसहरु असामी झगडीया भनेमा पनी तेसको पनी सबुद केही गुज्रन नआएको र अरु मिसिल प्रमाणबाट नलुटेको भंने कुरा कतैबाट देखीन नआएको र कुटपिट मुद्दामा पनी ईन्साफ अपिलले गरेको मुनासीब भै आजैका मीतीमा फैसला भएकोले सुरुको ईन्साफ मनासीब गरी अपिल तेश्राले गरेको ईन्साफ मुनासीव छ ईन्साफ पारी छिन्ने हाकिं उपर अपिल गरेमा सुरु डंड मोरु २०।५५ को हा.का. १० नं ले दोश्रा अपिल हुदा सयकडा ५ ले पडीज्मा भन्ने धनकुमारीलाई मोरु १।३ एक रुपैयाँ तिन पैसा डंड हुन्छ रुजु हुंदा तहसीलमा लगत दी यो मुद्दाको मिटसील र प्रमाण निमित्त आएको पडीज्मां तमाङ्नी को र प्रतेवादी मान बहादुर समेतको का.प.अ.बाट आएको घुस मुद्दाको छिनुवा मीसील ---१ र धनकुमारीको उजुरीबाट ....................... डीठ्ठा मानबाहादुर प्रतेवादी भै का प मालबाट कारवाई भै छीनीएको जगा मुद्दाको मीसील १ स्मेत मिसील फाटमा बुझाई दिनु।
भगवती प्रसाद सिंह
न्यायाधिश
ईति सम्वत १० साल फाल्गुण २९ गते रोज ६ शुभम् --------------------------------