निर्णय नं. ११ - जगा धं माल
अभिलेख दर्ता नं.११/20०९
संवत् २००९ को दे/फौ.पु./रीट नं.१५/७१३
नेपाल प्रधां न्यायालय डीवीज्यं व्यैञ्ज
दा.नं.७१३
मुद्दा जगा धं माल
अपीलाट प्रतेवादी : गोषुल साह हलुवाई प्र. को मौ कुर्था गुरमिया-१
महावीर साहु हलुवाई ऐ-१
हरि साहु हलुवाई ऐ-१
नथुनी साहु हलुवाई ऐ-१
दशरथ साहु ऐ ऐ-१
शिव शंकर साहु ऐ-१
राम असिस साहु ऐ-१
वीपक्ष्य : चनीया जोगीनी प्र को मौजा कुर्था-
इजलास
श्री माननीय प्रधां न्यायाधीश हरि प्रसाद प्रधां एम ए विएल
श्री माननीय न्यायाधीश महेन्द्रबाहादुर......
फैसला
वादी चनिया जोगिनी सगको जगा धंमाल मुद्दामा कायं मुकायं प्रधां न्यायाधीश मे.क. वल्लभ सम्शेर जंङ्ग वाहादुर राणाले ०८।२।१५।३ मा फैसला गरेको इन्साफमा चित्त वुझेन भंन्ये गोषुल साहु हलुवाई स्मेतको निवेदन पत्रमा भयका आदेश वमोजिं आफ्नो हकमा स्मेत तारेष लिने राम असिस साहु हलुवाईले लियको २००९।७।१० गतेको तारेषमा हाजिर नभै गुजारेको अर्जि षवर गरेको र थामी ल्यायको स्मेत मिसिलवाट नदेखियकाले अ.व.२२६ नं वमोजिं यो ऊजुरी डिसमिस गरी दिनु डिसमिस गराये वापत उजुरवालाहरूलाई अ.वं.२२८ नं ले शुरु दंण्डको इन्साफ सदर भयमा हा.का ११ नं ले हुने दशौंको सैक्रा ५ का दरले दंण्ड लाग्ने हुदा गोषुल साहु हलुवाईले शुरु दंण्ड कं रु५ को दशौद कं रु ।। को सैक्रा ५ कं रु ५।३ यक पैसा तिं दान प्रभु साह हलुवाई दशरथ साहु हलुवाई माहावीर साहु हलुवाई हरि साहु हलुवाई नकुनी साहु हलुवाई शिवशंकर साहु हलुवाई राम असिस साहु हलुवाई स्मेत ज्वां ७ के शुरु दंण्ड भयको नदेखियकाले इन्साफ सदर भयमा तजविजी कं रु १ यक रूपैयाका दरले दंण्ड लागनेमा तेस्को सैक्रा ५ ले जनही कं रु ३।।।२ तीन पैसा दुई दामका दर्ले दंण्ड गर्नु सनद वमोजिं लगत दि मिसिल अन्त मिसिल फाटमा वुझाई दिनु ।
न्यायाधीश प्रधां न्यायाधीश
इति सम्वत् २००९ साल माघ २ गते रोज ५ शुभं ।