निर्णय नं. ४८ - वंधकी थैली तीरी जगा निखनी पाऊं
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अपिल नम्बर ६०४
मुद्दा वंधकी थैली तीरी जगा निखनी पाऊं
अपिलाट प्रतेवादी इलाम सिक्रीन बस्ने रनमाया छेत्र्यानी
ऐ.बस्ने थरी भगीरथ उपाध्यास्मेत
विपक्ष- वादी इलाम पिपलबोटे बस्ने पं गायत्रीप्रसाद उपाध्याय
इजलास
श्रीमाननिय न्यायाधिस भैरवराज पन्त उपाध्याय
फैसला
यस्मा साधंवोटे खेत दखिन, माहीली कर्केनीका वारी पश्चीम धराजै खोला उत्तर कार्कीका वारी पुर्व समेत ४ कील्ला भीत्रको जगा ८९।१२।२३।४ मा गुर्वादत्तले पं सीवभक्तलाई निजले ९०।४।२९ मा र मेरा बाबा कृष्णभक्तलाई राजीनामा गरीदीया ९३ साल जाचमा वावा कृष्णाभक्तका नाउमा दर्ता भयेको थीयोसो भगीरथ जीम्माको तीरो रु १।५० को पाखावारी र माटो मुरी ९।१७।४ को तीरो रु ४।११ लाग्ने आंबोटे खेत समेत २ किता जग्गा अन्यायवालाका लोग्ने लाइ कं रु १४०।-मा ९३।११।१५ मा भोगबंधकी दियेको निज चीत्र वीर मरेपछी निजकी स्वास्नी यो अन्यायवालाकी भनेबमोजिं ९८।१२।१६। १ मा सोही कं रु १४०।– कायं गरी आधा थैली कं रु ७०पाखा वारीमा राखी ९३।११।१५ को आधा कं रु ७० अंबोटे खेत राखी ९८।१२।१६।१ मा नीज ......... का नाउमा तमसुक गरीदी बाबा कृष्णभक्तले दोहरी स्मेत लीनु भयेको वाबु परलोक हुनु भो थैली बुझाउन जादा बुझी दीयेन र थैली माल्मा धरौट राखेको छु सो माल्मा धरौट रहेको थैली बुझन लगाई जगा निखनी पाउँ भंने स्मेत बेहाको पं गायत्री प्रसादको फेराद रहेछ।
सो जगा माधौबाट रामचन्द्रले रामचन्द्रबाट गुर्वा दत्तले ली ९१।१० ।१४ मा गुरुवा दत्तबाट कं रु १४०।– मो मेरा लोग्ने चित्रबहादुरले ली ९३ साल जाँचमा लोग्नेको नाउँमा चडी आई अधकट्टा नापी डोरबाटै वाडीयको रहेछ, पं कृष्णभक्तले मेरा लोग्नेको आखा छली ।९।१० बाटोको खेत लाई ।९।१७।४ तुल्याई दर्ता गरायेको रहेछ। लोग्ने मरेपछी ९८ सालमा कृष्णभक्तले गुरुवादत्तको राजीनामा म सँगबाट हातपाटी २ थान कागज सै गरी दीयेको थीयो देखाउदा जाले वंधकी रहेछ थैली बुझी जगा छाड्न पर्ने हैन भंने स्मेत रनमायाको प्रतेउत्तर पत्र रहेछ।
प्रतेवादी रनमायाले पेस गरेको सकल कागजहरु वादी गायत्री प्रसादलाई सुनाउदा ९३ सालको अधकट्टी माईटार भंने खेतको हो ९२ सालको टीपन यसै भंन सक्तीन भंने समेत गायत्री प्रसादको वयान रहेछ।
वादीले पेस गरेको कागज प्र रनमायालाई सुनाउदा ८९।९० साल्को लेखत जाल्साजी हो ९३ साल्को दोहरीमा लागेको चीत्र बहादुरको सैछाप कृते र फट्टा जाल्साजी हो ९३।९८ सालको मेरो बंधकी दोहरी भनेको मलाई झुक्यां पारी गरायेको हो, भगीरथ, खड्गबहादुर, रामचन्द्र, गायत्री प्रसाद, नारद, श्रीकृष्ण, रहरध्वज, कृष्ण बहादुर, रामनाथ, उमानाथ स्मेत भै जालसाज गरेको हुं भंने रनमायाको वयान रहेछ। ९८।१२।१६।१ को र ९३ साल समेतको लेखतहरु झुक्यायेको र अरु लेखतहरु जालसाजी हैन रनमायाले पेस गरेको ८९।३।३।५ को रामचन्द्रको लेखतहरुका हकमा गुर्वादत्तले सीवभक्तलाई जगा दीयेपछी तीमी आसामी भै सो जगाको राजीनामा गरी देऊ भनी गुर्वादत्तले भनेकाले म रामचन्द्रले गरी दीयेको हुँ भंने समेत वेहोराको रामचन्द्र, खड्ग बहादुर, कृष्ण बहादुर, रामनाथ, श्री कृष्ण स्मेतको वारेस त्रृलोचनको वयान रहेछ।
सो जगा माधौको भै माधौबाट रामचन्द्र, रामचन्द्रबाट गुर्वादत्तले ली चीत्रबहादुरलाई दीयेको हो वादी तर्फबाट पेस भयेको कागजहरु जालसाजी हुन् वादीको वावु कृष्णभक्तले केही हुदैन भनेबाट म पनी सो कागजहरुमा साछी बसेको हु भंनेस्मेत थरी भगीरथको वयां रहेछ।
वादीले भोग चलन गरेको कुनै सालको रसीद टीपन पेस गर्न नसकेको दोहोरीमा चीत्त्रवीरको सैछाप भनेको प्रष्ट नबुझीने कं रु. १४०। को लेखत पास गर्न पर्ने पास भयेको पनी नदेखीयको ०६ सालदेखी रैती रनमाया भनी रसीद लीने दीने गरी आयेको देखियको भनेबाट वादीले झुट्टै दावी उजुर गरेको ठहर्छ भनी इलाम अमीनीबाट ०७।९।१७ मा फैसला गरेको रहेछ।
थैली फेर्ता नगरे सम्म तीरो तीरी भोग गर्नु भनी लेखि दीयेकोले तीरो नतीरे .... नहुने बंधकीमा खायको भंने देखिदा देखीदै हरायकोमा चीत्त बुझेन भंने गायत्री प्रसादको अपिल रहेछ।
प्रतेवादीले गुर्वादत्तको राजीनामा पेश गर्न नसकेको सो जग्गा वादीको वावु कृष्णभक्तका नाउमा दर्ता भयको मालको जवाफ मोठ उत्तरबाट देखीयको प्रतेवादीले पेस गरेको ९२ साल्को रसीद यो जगाको नभै औरै जगाको देखीयको ९३ सालको रसीद यो जगाको भंने नखुलेको वादीले दाखिल गरेको कागज जालसाज भनेमा सबुद गुजार्न नसकेको जालसाजी कागज भय थरी ससुरा भगीरथ साछी बस्न नपर्ने प्रतेवादी रनमायाले झुक्यायको भनेको दोहरीमा खड्गबहादुर साछी बसेको झुक्यायको भय नीजैको बस्न पर्नी नपर्ने मालबाट आयको ०६ साल्को अधकट्टी रसीदमा कृष्णभक्तको वंधकीबाट ........... देखियको हुनाले स्मेत सो वादी दावी बमोजिम वादीका बाबु कृष्ण भक्तले रनमायालाई वंधकीमा दियको निखंन दीन पर्ने ठहर्छ वादीले माल्मा धरौट राखेको कं रु १४० प्रतेवादी रनमायालाई बुझाई दीने समेत ठहराई इलाम गौडाबाट सुरुको इन्साफ उल्टाई ०८।१२।२०।३ मा फैसला भयको रहेछ।
गुरुवादत्तले गरी दीयको कागज वादीको बाबुले हात पारी दीय ....... गर्न नपाय तापनी रामचन्द्रको लेखत पेस भयकै हुनाले स्मेत सुरुको ईन्साफ सदर गरी इलाम गौडाको ईन्साफमा चीत्त बुझेन भंने स्मेत रनमायाको र भगीरथको अपिल परेको रहेछ।
यस्मा इन्साफ इलाम गौडाको सदर भयमा हुने डण्ड धरौट राखी तारेखमा बसन् नपर्ने गरी प्र. रनमाया र भगीरथ अपिल परेको यो मुद्दा पेस हुन आयको बुझी निणय गर्दा यो प्र. रनमायाले वंधकीमा खायको दोहरी भनी वादी गायत्री प्रसादले पेस गरेको ९३ सालको र ९८ सालको लेखतलाई तेस्मा परेको रनमायाको सैछाप झुक्यानको भनी रनमायाले वयान गरेको छ ता पनी झुक्यायको सबुद गुजार्न नसकेकोले झुक्याउदा दियको २ थान कागज भनी सोही दोहरी बमोजींको धनी रनमाया र कृष्णभक्त रिणी भयको ९३।९८ साल्को बंधकी लेखत यही झगडा पेको जगाको रनमायाले पेस गरेको देखियको झुक्यायको भय तुरुन्तै उजुर गर्न पर्ने सो नगरी सही कागजको भरबाट ९३ सालदेखि जगा भोग गरी रहेको देखियको र सो जगा गायत्रीप्रसादको बाबु कृष्णभक्तको नाउमा दर्ता भयको मोठ उतारबाट देखियको मालबाट आयको ०६ सालको अधकट्टी रसीदमा कृष्णभक्तबाट बंधकी लीने भैरं माया भंने जनीयको स्मेतबाट वादीका दावी बमोजिं प्रतेवादी रनमायाले वंधकी थैली बुझी वादीलाई जगा छाडीदीन पर्ने ठहरायको ईन्साफ ईलाम गौडाको मनासीव छ इन्साफ पारी छींने हाकीं उपर अपिल गरे वापत अपिलाट रनमायाके अपिलाट गरेको सुरु डण्ड कं रु. ६२ को हा.का.१० नं ले दसौंद कं रु. ।।P।। र भगीरथ के अपिलाट गरेको डण्ड कं रु ८।।। को हा.का.१० नं. ले दसौद कं रु. ।।।P।।। समेत जम्मा कं रु १।।s। एक रुपैञा आठ आना एक पैसा तारेखमा बस्न नपर्ने गरी अपिल साथ ईलाम गौडामा २००९।१।२९।१ मा धरौट राखेकोले सो धरौट रहेको कं रु १।।s।सदर स्याहा गर्न लगाउनु भनी लगत दीनू।
भैरवराज पंत
न्यायाधीश
ईती सम्वत २०१० साल जेष्ठ ६ गते रोज ३ शुभम्।