निर्णय नं. ९१५ - जगा चलं
अभिलेख दर्ता नं.९१5/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.३५७/५९५ नि.नं.........
नेपाल प्रधान न्यायालय डीवीजन वेञ्च
ठा नं १९५
मुद्दा जगा चलं
नीवेदक – जी.म.प्र.को मौजे गंगुली सीरोमनी पट्टी वस्ने देवं झा मैथील
विपक्ष ऐ ऐ वस्ने धोली अन्धा तेली
ईजलास
श्री माननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एम ए वी यल
श्री माननीय न्यायाधीस महेन्द्र वहादुर महत छेत्री
फैसला
यस्मा म जंमै देषीको अंधा भएको छोरा १ जना भएकोमा पनी कुंजो भै कां गर्न सकदैन झीगुर सौ पुर्व मांस्व सौ उत्तर यदुकी सौ दषींको मेरा अंस भोग तीराको ५९४ नं को जगा वीगहा ऽ२ऽ२ को उत्तर पट्टी पैन भएको पैन से उत्तर प्रतेवादीको जगा भै मैले आफ्नो जगाको उत्तर पैन सें दषीं आफ्ना जगामा आली दी आलीमा सीसौको रुष ५ आपको रूष १ स्मेत लगाई राषेकोमा सो आली मेरा छोरा कुंजाले वनाउन जादा प्रतेवादीले कोदालो षोसी रूषवाट स्मेत चलं हटक गरेकोले कोदालोको वीगो भराई आली र रूष स्मेत चलं चलाई पाउ भंने ०६।८।२१ गतेको धौली अंधा तेलीको वादी रहेछ ।
वादीले दावी गरेको ठाउमा पैन छैन भए मेरो र वादीको स्मेत जगा नापजाच हुदा पैं को चौहट्टीलेषीनु पर्नेमा लेषीएको छैन, मेरो ५४० नं को जगा कट्टा ।।ऽ।।।१ मध्ये ।ऽ।३ जगा छ सो जगाको दषीं पट्टी आलीमा मेरो आप सीसौको रुष भै सो रूष मध्ये एउटा सीसौको रुष सुकी ढलेकोले पोरसाल मैले कांमा लगाएको छु, मैले कोदालो षोसी लगेको स्मेत नहुदा वादी झुट्टा हो भंने स्मेत ०६।१०।११ को देवं झाको प्रतेवादी रहेछ ।
वुझीएसम्मका साछी प्रमणवाट र हद चौहट्टीमा पैंन नलेषीएकोले झगडा परेको आली रूष प्रतेवादीको देषीदा वादीले झुट्टा उजु गरेको ठहर्छ भनी ०७।२।१६ गते जलेश्वर अमीनीवाट फैसला गरेको रहेछ ।
आली र गाछी वादी प्रतेवादी दुवै थरको साझा ठहर्ने भै साझा आलीमा प्रतेवादीतर्फअझ गाछी पनी भएको प्रतेवादीको लेषाई बाट देषीदा वादी दावीको आपसीसौको गाछी वादीकै ठहर्छ, कोदालो पनि षोसी लगेको ठहर्छ भनी ०७।४।२ गते महत्तरी अपीलवाट फैसला गरेको रहेछ ।
ईन्साफ महत्तरी अपीलको मुनासीव भंने ०७।८।६ गतेको प्रधान न्यायालय दोश्रा फाटवाट फैसला गरेको रहेछ ।
प्रधान न्यायालय दोश्रा फाट्ले गरेको ईन्साफमा चीत्त वुझेन भनी प्र. देवं झा को वीन्ती पत्रमा वेहोरा साचो भए मीसील झीकी हेरी जाहेर गर्नु भंने ०७।८।२० को आदेस रहेछ ।
यस्मा प्र. देवं झा को वारेस गंगा वहादुर र झीकाई आएको वादी धौली अंधा तेली स्मेत लाई राषी भै आएको नक्सा हेरी वीचार गर्दा झगडा परेको आली हाल नापदा वीगा ऽ.३।।। र वादी धौलीको ५९४ नं को सावीक जगा वीगा ऽ२ऽ२ मा हाल नापदा ऽ१।।।३ र प्र. देवं झाको ५४० नं को सावीक जगा वीगा ।।ऽ।।।१ मा हाल नापदा ।।१। हुन आई वादीको घटी र प्रतेवादीको वढी हुन आएकोले झगडा परेको जम्मै जगा वीगा ऽ.३।।। वादीलाई दीलाउदा पनी वादी धौली अंधाको सावीक नाप नम्वर वमोजीं को जगा पुरा हुन नआई घटी नै हुन आउने हुदा झगडा परेको आलीवाला जगा वीगा ऽ.३।।। र वादी दावी वमोजीं को रूष गाछी स्मेत वादीको ठहर्छ, अरू महत्तरी अपीलको सदर गरेको ईन्साफ प्रधान न्यायालय दोश्रा फाट्को मुनासीव छ सो ठहर्नाले तपसीलका मानीसलाई तपसीलमा लेषीए वमोजीं गर्ने तहसीलमा लगत दी मीसील मीसील फाट्मा वुझाई दीनु ।
तपसील
प्र. देवं झा मैथील वाहुं के केही ईन्साफ पारी छींने हाकींउपर अपील गरेमा हा.का.११ नं ले सुरू डंड कं रु १।३ को सैकडा १० ले कं रु ३।। डंड हुन्छ वारेस हुदा असुल गर्न तहसीलमा लगत दीने ----१
नीज प्र. देवं झा के वादीको कोदालो षोसेयार आली जगामा कीचोला गरेमा महतरी अपीलवाट डंड भै सकेकोले केही गर्नु नपर्ने ------२
वादी धौली अंधा तेलीके जगा र कोदालोको वीगो भरी पाउने भै जीतेमा महतरी अपीलवाट सलामी जीताउरी ली सकेकोले केही गर्नु नपर्ने ----३
केही ईन्साफ उल्टीमा प्रधांन्यायालय दोश्रा र महत्तरी अपीललाई जरीवाना गर्नु पर्दैन ---४
न्यायाधीस प्रधान न्यायाधीस
ईती सम्वत् २०१० साल चैत्र १२ गते रोज १ सुभम् ।