• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९१७ - नक्सा भन्दा वडी घर वनायो भंने

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/१५ १०८

अभिलेख दर्ता नं.९१७/20०९

संवत् २००९ को दे/फौ.पु./रीट नं.१७४/१११८ नि.नं.........

 

नेपाल प्रधान न्यायालय डिभीजन वेञ्च

मुदा नं १११८

 


उजुरवाला प्रतेवादी का ई नक्साल वस्ने तारादेवी क्षत्रीनी


वीपक्ष वादी का ई नक्साल वस्ने खड्गनाथ पाध्या १ स्मेत


मुदा नक्सा भन्दा वडी घर वनायो भंने

 

ईजलास

श्री माननीय प्रधान न्यायाधीस हरि प्रसाद प्रधान एम ए वि एल

श्री माननीय न्यायाधीस भैरव राज पन्त

 

फैसला

सावीकमा भयेको घर भन्दा वढी हाम्रो हकको चोक मीची घर वनाऊन जग खने नाप नक्सा गरी सावीक छाप्रो षडा घरको नाप सम्म कायें गरी वडी चापेको वदर गरी सजाय गरी पाऊ भंने स्मेत ऊजुरि द्रर्खास्त रहेछ ।

देव कुमारीले गंगादेवीलाई नीजले मलाई फार्छे गरी दीयको दाताका पाला देखि भोग भै रहेकोमा मेरो नक्सा द्रर्खास्त परे पछी ऊजुर गरेकोमा नक्सा वमोजिं घर वनाऊन पाइने भै फैसला भयकोले नक्सा पास भै वनाऊन लागेकोमा ऊजुर परेकोले रोकेको छु दावी गरेको जगा मेरा फार्छे भीत्रको हुदा मेरै कायें गरी घर वनाऊन पाऊ भन्ने स्मेत प्रतेवादीको कागज रहेछ ।

वयर सोयर मार्फत भै आयको नक्सावाट दक्षीण पट्टी पुर्व कुनामा ५ ईन्ची ऊतरपट्टी फुट् १।९ स्मेत नक्सा भंदा वढी वनायकोमा अडैवाट तैकात गर्न नभै जाहेर गरेको छु जगामा हक वेहक हुदा तारादेविकै ठहरे हालै भत्काई दीदा मर्का पर्ने हुने हुदा नीकासा वक्से वमोजिं गर्ने भन्ने स्मेत भनी मुनीसपल नक्सा मुदा फाटले २००७।३।२५ मा जाहेरि फैसला गरेको रहेछ ।

नक्सा भन्दा वढी वनेको मध्ये पुर्वतर्फको फुट १।९ को हक्मा भक्ताई दीनु सोही तर्फको दषिं पट्टीको नापमा ५ ईन्ची फरक देखियको भनेकोमा तेति नापको फरक वाट पनी घटिवडी हुने हुदा भक्ताऊन पर्दैन भंन्ने स्मेत म्युनीपल गोश्वाराबाट तोक भयेको रहेछ ।

नक्सा भन्दा वढी वनायको भक्ताउने गरेको मनासीव गरी २००८।१०।२० मा प्रधान न्यायालय चौथा फाटवाट फैसला भयको रहेछ ।

तारा देवीले दीयका वीन्ती पत्रमा भयका आदेस वमोजिं ऊजुरवालाको वारेस वल वहादुरलाई राषी मीसील हेर्दा यो झगडा परेको घर वनाऊन नक्सा दीदा पुर्व पवलीक सडक भनी साध लेखियको सडक चापी वनायमा स्मेत जरिवाना गरी नक्सा भन्दा वढी वनायकोमा हामीले गरेको छैन भनी मुनीसपलले दियको ज्वाफ वाट देखियकोले स्मेत भक्ताऊने ठहरायको इन्साफ प्रधान न्यायालय चौथा फाटको मनासीव ।

दोहोरायमा ऊजुरवालालाई सुरू डंड मो रु ।५० को हाकींका नाऊमा कराऊनेका ११ नं ले तेस्को सैक्रा १० ले मोरु ।५ डंड हुन्छ वारेस हुदा असुल गर्न तहसिलमा लगत दीने ।

 

न्यायाधीस                    प्रधानन्यायाधीस

इति संवत् २००९ साल फागुण १५ गते रोज सुभ्म् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563