• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९३४ - नमील्ने स्हीछापलाई मील्छ भन्यो भन्ने

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/१८ १५०

अभिलेख दर्ता नं.९३४/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.४४२/1५० नि.नं.........

नेपाल प्रधान न्यायालय डीवीजं वेञ्च

दा नं ७५०

नीवेदक – वादी प्र २ नं भगेरी वस्ने गोकुल वहादुर श्रेष्ठ

विपक्षी – प्रतेवादी का.ई ज्ञानेश्वर वस्ने माष्टर दुर्गा प्रसाद उप्रेतीस्मेत

मुद्दा नमील्ने स्हीछापलाई मील्छ भन्यो भन्ने

ईजलास

श्री माननीय न्यायाधीस भगवती प्रसाद सिंह राजपुत वी.एस.सी.वी.एल

श्री माननीय न्यायाधीस महेन्द्र वहादुर महत छेत्री

फैसला

येस्मा भीन्न भै रजिष्टेसन पास गरेकै वण्डा पत्रको पुछारमा गोकुल वहादुरलाई अंस जीम्मा लगायेको कागज गरायेको थीये तेस्को स्हीछाप वीगारी दीयेछन् भन्ने डी. रत्न वहादुरले नालीस दीयेको मुद्दामा सो वीगारी दीये भनेको स्हीछाप माष्टर दुर्गाप्रसादलाई जचाऊदा रत्न वहादुरका खुसामतमा लागी वेहीसाव वेकाइदा संग सद्दे सहीछाप संग मील्छ भनी लेखी दीयेकोले मैले गरी नदीयेको स्हीछापलाई मील्छ भने मनायेमा सजये गरी पाऊ भन्ने समेत ०६।५।१२।१ को गोकुल वहादुरको फेराद पत्र रहेछ ।

मैले जाचे देखेको कुरा जाँच रीपोट मा लेखी दीयेको हुँ कैले केमर मोलाहीजा गरे वादीले खुलाई लेखन पनी नसकेको र डी. रत्नवहादुरको खुसामत मोलाहीजामा लागेको कौनै कुरा होईन झुटा ऊजुर गरेको हो भन्ने स्मेत ०६।६।२७।६ को माष्टर दुर्गा प्रसादको रीपोट् रहेछ ।

वादीले वीगारेको स्हीछाप माष्टरलाई कैले जाच गराये का हुं मलाई थाहै छैन खुसामतको कारण पनी खुलाऊन नसकेको र यो येती लीनु खानु गरी गरेका हुं भन्न स्मेत नसकेकोले झुट्टा ऊजुर गरेको हो भन्ने समेत डी. रत्न वहादुरको ०६।८।५।१ को प्रतीऊत्तर पत्र रहेछ ।

माष्टरले आफ्नो राये सम्म लेखी दीयेको स्हीछाप मील्ने नमील्ने मुद्दा तैकात हुँदा नीर्णय हुने हुनाले खुसामत वाट माष्टर दुर्गा प्रसादले लेखे भन्ने वादीको ऊजुर झुट्टा ठहर्छ भनी ०७।२।३१ को अपील तेश्रा फाट्को फैसला रहेछ ।

ख. वीष्णु नीधी ख. सीव वहादुर स्मेत लाई झीकाई जचाऊदा पनी माष्टर दुर्गा प्रसादले जाचेको स्हीछाप मील्छ भनी लेखि दीयेको समेतवाट ईन्साफ अपीलको मुनासीव छ भन्ने ०८।४।२।५ को प्रधान न्यायालय दोश्रा फाट्को फैसला रहेछ ।

वादी गोकुल वहादुरको नीवेदन पत्रमा ईन्साफ जाची अैं सवाल वमोजिं गर्नु भन्ने ०८।५।२०।४ को आदेस रहेछ ।

तारेखमा रहेको वा. हरी वहादुर स्मेत राखी पेस हुन आयेको यो मुद्दा वुझ्दा रत्नवहादुरका खुसामतमा लागी वेहीसाव वेकाईदा सँग नमील्ने स्हीछाप लाई मील्छ भने भन्ने ऊजुर दावी र यो जाच गरेको स्हीछाप वादीकै नीवेदन वमोजिं विदेसी विसेसज्ञ लाई जाच गराउदा स्मेत मील्छ भनी लेखी दीयेको देखिनाले अझ मुद्दा संवन्धी गैह्र कुरा ऊसै मुद्दावाट ठहरे वमोजिं हुने हुँदा खुसामतमा लागी वेहीसाव गरेको ठहर्न नसक्ने भयेवाट वादीको ऊजुर पुग्न नसक्ने भनी ठहरायेको ईन्साफ प्रधान न्यायालय दोश्रा फाट्को मनासीव ठहर्छ ।

इन्साफ दोहोर्‍यायेमा वादी गोकुल वहादुर श्रेष्ठ प्र २ नं भगेरीकै हाकीं का नाऊमा कराऊनेका ११ नं का अैं वमजिं सुरु दण्ड मोहरू ५। को दसौद मोहरू ।५० दण्ड हुन्छ वारेस भै वेरुजु हुदा अैं वमोजिं असुल गर्न तहसिलमा लगत दी मीसील मीसील फाटमा वुझाई दीनु ।

न्यायाधीस                    न्यायाधीस

ईति सम्वत २०१० साल चैत्र १८ गते रोज ४ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..