• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९३५ - ...

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/१८ १४९

अभिलेख दर्ता नं.९३५/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.३३६/1८५ नि.नं.........

 

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

सा नं १८५

 


 


ईजलास

श्री माननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एम ए वि एल

 

आदेस

येस्मा ०७ सालको क्रान्ती आन्दोलनमा क्रान्तीकारीका दलमा सिपाहीमा भर्ना भै सो दलमा कं जात समेतको येकै भान्सा भै भातपानी खाई आयेको अडा कव्जा भयेपछी रोजगार नीतीत्त विदेस तर्फ गै हाल आयेकोले देह सुदिको पतिया पाऊ भन्ने चेतराज ऊपाध्यायको दरखास्त वमोजिं वयां दी सरजमीन वुझी पतीया दीने ठहराई डडेलधुरा अदालतले जाहेर गरेकोमा यसै सरहको विजयराज पन्तले न्यायालय लगायेतवाट पतिया दीने ठहराई पतीया लीयेको देखीयेकोले अडैवाट पतिया पुर्जि गरी दीन ऊचीत देखीन्छ त पनी ऊसैका हकमा मात्र सो नीकासा भै पायेकोले सवैमा नीकासा संझन मुनासीव नपर्ने र किटानी अैं सवाल नहुदा नीकासा भये वमोजिम गर्ने भनी डोटी अपीलले जाहेरी फैसला गरी साधकद्वारा पेस हुन आयेकोमा वुझ्दा सिवदत्त उपाध्याय पाठक स्मेत वुझीयका सरज्मीन हरूले क्रान्ती कालमा सिपाही भै काम गर्दा कम जात मा सरोवर भयेको हुनाले पतिया पाये भात पानी खान्छौं भनी मुचुल्का गरी दीयेको देखियेको र २००७ साल फागुण ७ गतेमा भयेका साछी घोषणा र घर्माधीकार का ७ नं को अैंनको मंसायेले स्मेत पतिया दीनु पर्ने मुनासीवै देखीनाले सो वमोजिं पतिया दीन नीकासालाई डोटी अपीलले जाहेर गरेको मुनासीव छ, अैं सवाल को रीत पुर्‍याई पतीया पुर्जि गरी दीनु भनी मीसील डोटी अपीलमा पठाऊन मीसील फाट्मा वुझाई दीनु ।

 

                     प्रधान न्यायाधीस

ईति सम्वत २०१० साल चैत्र १८ गते रोज ४ सुभं ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563