• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९३८ - जीरायेत

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/१८ १४२

अभिलेख दर्ता नं 938/010

नेपाल प्रधान न्यायालय डीवीजं वेञ्च अपील नं ४५

मुद्दा :-जीरायेत

अपीलाट् प्रतेवादी


जी.म.प्र.सर्लाही मौजे मलंगवा बस्ने जनक झा मैथली वाहुन

वीपक्षी वादी ऐ प्र. हरीहरपुर मौजे गंगापुर बस्ने ज्मींदार जीवनाथ उपाध्याय


 

इजलास

श्री माननीय न्यायाधीश भगवतीप्रसाद सिंह राजपुत वीएस सी. वीएल

श्री माननिय न्यायाधीश महेन्द्र वहादुर महत  क्षेत्री

फैसला

      यस्मा मौजे गंगावहादुर ।।।.फाटको ज्मींदारले वुझाउनु पर्ने मालपोत नवुझयेबाट अमानत हुन आयेको सो ज्मींदारी सर्लाही मालबाट 08/1/27 गते सकार गरी चलं पुर्जी ली पोत तहसील गर्न जादा ज्मींदार र तालुक ज्मींदारका नाउको र ज्मींदारका छोराका नाउँमा दर्ता नम्वरी भयाको देखीयेकोले जीरायत कायें गराईपाउं भंने ज्मी जीवनाथ उपाध्याको दर्खास्त रहेछ ।

      उजुरीको जगा वीग्हा ४।३।३ मेरा नाउँमा नंवरी छैन हेमपुर वस्ने रामचरण राउतका नाउँमा नंवरी दर्ता भयाको जगा मैले रामचरणसंग खरीद गरी लीयर्कोमा सोही जगा नीज रामचरण बाट अघीको मीती पारी जनक झाले लीखत गराई लीयेकोमा अमीनीमा मुद्दा परी मलाई जीतायेको र अपील पर्दा जनक झाले जगा पाउने गरी मेरो थैली कपाली गरी दीयेकोले मैले अपील गरी राखेको छु सो जगा ज्मींदारी तालुकको होइन रैतान नंवरी जगा हो भंने स्मेत प्र .मोहर चंको वयां रहेछ ।

          06साल माघ १ गतेमा राज्यचरण बाट कं रु ४०१ मा जगा वीग्हा ४/3/3 घरसारको राजीनामा गराई लीयाकोमा म्याद भीत्र पास गरी नदीयेमा नालेस दीदा सोही जगा मोहर चलाई पनी लेखत गरी दीयेको रहेछ । नीजको उर्जुर पर्दा अमीनीबाट मोहर चंले जीतेपनी अपीलबाट मैले पाउने फैसला भयाको छ सो जगा अघिका ज्मींदार संत रामका भाईका नाउको नंवरी भंने सुंवछु राम चरणले दर्ता वन्दोवस्तीमा लीयाको छ सो जगा अघिका ज्मीदार संतरामका भाइका नाउँको नंवरी भंने सुंवदु रामचरणले वस्तीमा लीयाको हो जीरायेत होइन नंवरी हो भंने प्र . जनक झाको वयां रहेछ ।

           83 सालको नापी खेश्रा ज्मावंदी हेर्दा तपसीका नाउको जगामा जीरायेत १ नं जनाइ राखेको र संतराम का नाउमा संतराम तापासी भंने जनाई राखेकोबाट तपसीका नाउँको जगा खास १ नं जीरायत जनायेता पनी खास ज्मींदारको छोरा भयेको तपसीले ज्मींदारी लीयेको साल पछीको नंवरी नभै अघिदेखीको नंवरी भै तपसीका नाउबाट ८७ सालमा सो ज्मींदारी तपसीको छोरा संतरामका नाउमा दर्ता भै नीजले भोग चलं गरेकोले संतरामको जगा पनी ज्मीदारी तालुककै भंनु पर्ने सो जगा पर्ता बाट वंदोवस्तीमा लीने प्रतेवादीहरुले जीरायत देखाइ नीकासा गराई मात्र लीनु पर्ने सो नगरी सवै प्रतेवादी  हाजीर भै सवुद प्रमाण देखाइ पुर्पक्ष गर्न पनी नसकेको १२ ज्वां मध्य २ जवां मात्र हाजीर भयेको नीज हाजीर हुनेले पनी नंवरी भंने पक्का सवुद प्रमाण दीन पनी नसकेकोले तेस्तो अघि जीरायेत भै राखेको जगा ज्मींदारी साथबाट फुटाई दीया ज्मीदारी नाङ्गो हुन जाने हुनाले वादीका दावी  वमोजींको तपसीका नाउँको जगा १०।३।।।३ स्मेत ज्मींदारी साथकै जीरायेत ठहर्छ अपीलको म्याद नाघेपछी सो जगा प्रतेवादीहरुका नाउमा गरिदिने थैलीको हकमा रामचरणबाट मोहर चं र जनक झाले अैं वमोजीम असुल गरी लीनु भनी सुनाई दीने भंनेस्मेत सर्लाही मालको फैसला रहेछ ।

         सो उपर अघिदेखीको २ नं को नंवरी जगा मींदारी साथ जानै नसकेर १ नं को जीरायत जगा भये अड्डाबाट वंदोवस्त गरी दीनै नपर्ने सो वीचारै नगरी जीरायेत गरी दीयेकाले चीत्त वुझेन भंने जनक झाको अपील जीकीर रहेछ ।

          सो ज्मींदारी अघी लखन राउत  तेस पछी ८३ सालको नापीमा तपसी राउत तेसपछी नीज तपसीको छोरा ससंतराम ज्मींदार भयाको र नीजले वाकी १ वक्यौता राखेमा मौजा अमानत हुन आयेको भंने वादी प्रतेवादी हरुकै लेखवाट देखीनाले श्रेष्ता नहेरी कीनारा गरी दीये पनी हुने हुनाले वीचार गर्दा मौजामा वाकी लागे  ज्मींदारी साथको जीरायेत र ज्मींदारका भाई छारा भनीजा स्मेत नाउको ज्मींदारदे भोग गरेका नंवरी जगास्मेत ज्मींदारी साथ लगाउनु भंने मध्य समालका नाउको सवाल भयेको र दोश्रो नापी भयेकै वखत ज्मींदारका नाउको १ नंवर र ज्मीदारको छोरा संतरामका नाउको २ नं जीरायेत जनीयेको श्रेस्ताबाट देखीयेको भंने मालका फैसला लेखाईबाट देखीयेको र सो जगा गुमस्ताले वंदोवस्त गर्न पाउने कुनै अै सवाल पनी नभयेको र सवुद प्रमाण दीनस्मेत नसकेकोले मालको ईन्साफ मुनासीवै ढहर्छ भंने म .स गोस्वाराको फैसला रहेछ ।

      अमानतका पाला दर्खास्त गरी वंदोवस्तीमा ली अवाद गरी खायेको जगा हाल मात्र ज्मीदारी सकार गर्नेले दावी गरयो भंदैमा जीरायेत भंन नहुनेमा जीरायेत ठहराई दीयेकाले चीत्त वुझेन भंने जनक झा को अपील जीकीर रहेछ ।

    अपीलाट जनक झालाई राखी प्र. न्या. श्रेस्ता अपीलले पेस गर्न ल्यायको यसमा  जमिनदारका नाउमा दर्ता रही ज्मीदारीसाथ भोग गरी आयेको जगा ज्मीदारीमा वाँकी लागी अमानत भयाका वखत हाल वाला ज्मीदार जीवनाथले वाँकी सकार गरी ज्मीदारी लीयाकोले सो वाँकी लागी ज्मीदारीसाथ आयेको जगा अै सवालले ज्मीदारी बाट छुटाउन नहुने र १२ ज्वां प्रतेवादी मध्य १ ज्वांको मात्र अपील परी अरु प्रतेवादलीले चीत्त वुझाई वसेको स्मेत बाट इन्साफ माल गोस्वाराको मुनासीवै ठहर्छ ।

      सो ठहर्नाले मनासीव ईन्साफ उपर अपील गरेमा अपीलाट जनक झा के. मु .स. श्रे. अ . वारेका  ११ दफा वमोजीं गोस्वाराले लीने गरेको कं रु १।को सै क्रा १० ले कं रु/।।२ छपैसा दुइदां थप डंड हुन्छ रुजु हुदा असुल गर्न लगत दीनु ।

 वडी असुल भयेको कं रु ९।।।२ तीन पैसा दुई  दां नीज अपिलाटले लीन  आयेमा फीर्ता दीनु

भगवती प्रसाद सिंह            महेन्द्र वहादुर महत

न्यायाधीस                    न्यायाधीस

ईति संवत् २०१० साल चैत्र १८ गते रोज ४ सुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563