निर्णय नं. ९३९ - हाडनाता कर्नि
अभिलेख दर्ता नं.९३९/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.४०३/1२४ नि.नं.........
नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च
साधक नं १६९
मुदा हाडनाता कर्नि
वादि टिकारां पाध्या प ४ नं ई मौ ली डाडा पोषरी
विपक्ष प्र. भागीरथी पाध्यानि अरौदी ऊपल्ला चनौटे वारी कुना स्मेत
इजलास
श्री माननीय प्रधान न्यायाधिश हरी प्रसाद प्रधान एम ए वि एल
फैसला
येस्मा भागीरथी पाध्यानी मेरो विवाहीता स्वास्नि हो २ घरवार हुदा जेठी पटीको छोरा छोरी म स्मेत गाउको घर्मा र भागीरथि वसिको घर्मा वसेको अवस्था ०५ साल आश्वीं ३ गतेका दिं निज भागीरथी भागी हिडीछ षोजषवर गर्दा सतौ चीरूवा वराहाथांको चौरमा फेला पारी सोध्दा तिम्रो सत्य डगाई ५ पुस्ता भीत्रको देवरनाताको पुरणषर पाध्यालाई ०५ साल आश्वीं १ गतेको रात वेसी घरको मझेटीमा दोश्रो परी कर्नि दियेको हुदा डरले भागी हिडेको छु भनी सावित भयेकीले निजलाई पक्री घर ल्याई पुर्णाखर लाई पक्राग गर्न षोजतलास गर्दा फेला नपरेकोले निज भागीरथीलाई मात्र सौपुवा गर्न ल्यायेको छु कर्नि गर्ने गराउनेलाई अैं वमोजिं सजाय गरी मोरु मातमा पारेवारेको रहेछं भने पतियास्मेत गरीपाउ भंने स्मेत व्यहोराको वादि टीकारांको फेराद रहेछ ।
विवाहिताको २ घरवार भै नमिलेवाट जेठिलाई गाऊकै घरमा र मलाई वेसिको घरमा राषेको यै आश्वीं १ गते ६x७ घडी रात गयेका वषत ५ पुस्ताको देवर पुर्णाषर म भयेमा आई वोलायेकोले किन भनि मेद्ये ढोका षोल्दा चुरोट षान आगो देऊ भनि भनेकाले अगेनावाट आगो दियेपछी चुरोट सल्काई मजेटीमा वसी दाई खोई भनि सोधेकाले माथि गाऊ घरमा छं भनि मैले भनेपछी निजले मेरो हात पाषुराा समाई विवाहीताको सत्य डगाई कर्नि गरी घर जांछु भनी निस्केपछी विवाहीता आई निज पुरणषर किन आयेको भनी मसंग सोधेकोले चुरोठ षान आगो मागी चुरोट षाई गयेका भनि मैले भनेपछी किस्न वहादुर श्रेष्टका घर गै तमाषु षान जांछु भनी गये नआयेकाले देवर पुर्णाखर लाई पक्राऊ गर्न गयेकी अव मलाई पनि पक्राऊ गरी लां छं भंने विचार भै सानिआमा मुडीई माता भै वसेकी म पनी ऊनै संग मुडिंछु भंने मंमा आई २ गते व्याहानै ऊठी भागी सानि आमा संग गै कुरा गरी मलाई मुडी माता गराऊ भनि भंदा म मुडदीन माईत गै वस भनेकाले १ दिं तही वसी ३ गते माईत हिडेकी सतौ चीरुवा वराही थां निर पुगदा विवाहीता आइ मलाई पक्राऊ गरी सोधपुछ गरेकाले कर्निमा विग्रे भनि सावित भयेकीले सौपुवा गर्न ल्यायेका छुं भनें स्मेत व्यहोराको प्र. भागीरथी पाध्यानीको साविती वयां रहेछ ।
भागीरथा भंने जमुना ५ पुस्ता भीत्रकि भाऊजु नाता कि हुं निज भाऊजुका घर वारी कुनाको डिही छेऊ भंने मेरो षेत भयेकोले श्व षेत हामिलाई संधी परेको छ हामिलाई देऊ भनी टीकारां भागीरथीहरूले भनेकोमा निजहरूलाई नदी पं लिलाधर र डिल्ली रां लाई विक्री गरी दियेको हुदा हामीलाई दियेन भंने कुराले र कुलाको पानी संवन्धी स्मेत ले मेरा गपर झुटै कर्निमा दोस लगायेका हुं मैले निजको कर्नि गरेको छैन निजको कर्नि वलभद्र पाध्याले गरेको हो मैले गरेको हैन झुटा पोलवाट फुरसद गरी पाऊ भंने स्मेत व्यहोराको प्र. पुर्णाषरको प्रतिउत्तर रहेछ ।
निज भागीरथा भंने जमुनालाई मैले कर्नि गरेको हैन म ७६ वर्ष को वृद्धलाई निज जमुनाले कर्नि दिये होला र मैले गरे हुला भंने कुरा साचो नदेखिने आफुले कर्नि गरी वचनाको लागी लालु पाध्या आफना गठका मानिसलाई मुष्य सवुत खडा गरी मेरा ऊपर नीज पुर्नाषरले झुटा पोलेका हुं भंने स्मेत व्यहोराको वुझीयाको वलभद्र पाध्याको वयां रहेछ ।
साछी सरजमिं स्मेत वुझीयाको येस मुदामा वुझीयेसम्मवाट भागीरथीको कर्नि पुर्णाषरले नै गरेको ८ वलीभद्र ले गरेको भनी पुर्णाषरले झुटा पोलेको स्मेत ठहर्छ नीज पुर्णाषरलाई वलि भद्र ऊपर झुटा पोल गरेमा पोलाहाका ५ नं ले मैन्हा ।११ कैद गर्ने ५ पुस्ताकी भाऊजु भागीरथीको कर्नि गरेवापत हाड नाताको १५।२ नं ले मुडी धपाई दीने स्मेत ठहराई ०६।१०।१६।१ मा सुरू स्यांजा अदालतले जाहेरी फैसला गरेको रहेछ ।
श्वही इंसाफ सदर गरी २०१० साल भाद्र २८ गते रोज १ मा पाल्पा अपिलले जाहेरी फैसला गरेको रहेछ ।
साधक तहवाट पेश हुन आयाको यो मुद्दा वुझ्दा निज पुर्णाषरले नै कर्णि गरेको ठहराई छीने ऊपर अपिल ऊजुर नगरी चीत्त वुझाई वसेको र वुझीयेसम्मका सवुद प्रमाणवाट स्मेत इंसाफ सुरूको मुनाशिव ठहराइ जाहेर गरेको ईंसाफ पाल्पा अपिल्को मुनाशिव छ मुडने जात पतित गर्ने हक्मा अ.वं. का २३२ नं ले मुडनु खोपनु जात पतित गर्नु वा जनै झीकुन छाडनु पर्ने ठहरेकालाई पछी लाल मोहर फैसला वमोजिं गर्दा जुं किसिंवाट वस्नु पर्ने हो निकासा र निर्णय नभयेसम्म स्वही वमोजिं वन्देजमा वस्ने अैं वमोजिंको कवुलियत गराई आजसम्म थुनामा रहेका लाई र आईन्दा तेस्तो गर्नु पर्ने ठहरेकालाई स्मेत ऊसलाई भयेको डंड कैद भक्तां भयेपछी हाजिर जमानी लि तारेखमा छाडी दी येस सम्बन्धमा सरकारवाट अैं नियें वनि आयेपछी अैं वमोजिं गर्ने भन्ने स्मेत २०१० साल जेष्ट २५ गतेका फुल वेंचवाट भयेको निर्णय सवै अपिल अदालतमा गयेकै हुनाले श्व वमोजिं गर्नु भनी मिसिल पाल्पा अपिलमा पठाउन मिसिल फाटमा वुझाई दिनु ।
प्रधानन्यायाधीश
ईति सम्वत् २०१० साल चैत्र १८ गते रोज ४ शुभं ।