• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९४१ - हाडनाता कर्नि

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/१८ १९०

अभिलेख दर्ता नं.९४1/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.400/188 नि.नं.........

 

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

साधक नम्वर १८८

मुदा हाडनाता कर्नि

 


वादि सु हरी सिं विष्ट वैतडी वर्रा कोट


विपक्ष प्रतेवादि हरीकिस्न विष्ट ऐ ऐ च्याखुरी छेत्र्यानी ऐ ऐ


 

ईजलास

श्री माननिय प्रधान न्यायाधिश हरी प्रसाद प्रधान एम ए वि एल

 

फैसला

येस्मा च्याखुरी छेत्र्यानी मेरो सहोदर दाजु खड्ग सिं को विवाहीता स्वास्नि हो निजवाट जंमेको वर्ष ४ को छोरा ईन्द्र सिं भन्ने जिवितै छ खड्गसिं मरेपछी निज ईन्द्र सिं को पालं पोसं मैले गरेको छु भाउजु च्याखुरीको ६ पुस्ताको ससुरा नातापर्ने हरीकिस्नले ७ साल आश्वी ३ गतेका दिं चीऊरानी भन्ने उखु वारीवाट घास ल्याई फर्कि जान लागेको निज हरी किस्नले पक्रि जवरजस्ति कर्नि लियो भन्ने स्मेत विसय निज हरी किस्न ऊपर च्याखुरीको वैतडी अदालतमा मुदा परी किनारा नहुदै मिसिल काङग्रेसले सडाई दियेको र हाडनाता कर्नि जस्तोकुरा था पाई कनपनी तेसै गुं राषन नहुने हुनाले कराऊन आयाको छु निजहरूलाई झीकि कतै देखि कर्निमा विग्रेका रहेछं खारखेर गरी कार्नु वमोजिं होस भन्ने स्मेत व्यहोराको वादि हरी सिंको ऊजुरी रहेछ ।

निज हरी किस्न मेरो ६ पुस्ताको ससुरा नाता हो ७ साल श्रावण ३० गतेका दिं लुगा धुन भनि चीउरीगाउ भंने ठाऊमा गै लुगा धुन लगेका वषत निज हरी किस्न आई ऊमेरदार तिमि विधुवा भै किन वसछौ विदेस जर्मुला कर्नि गर्न देऊ भनि भन्दा तिमि ससुरा हौ लोगनेको सत्यमा वसेकालाई तेसो नभन भनि भन्दा पाखुरा समाति लुगा धुन लागेको ठाऊवाट वाटा मुनि जंगलमा लगी जवरजस्ति कर्नि गरी सके पछी अव ञ्याहा वस्न हुँदैन येस तर्फ जाऊ भन्न लागेको वषत करम सिं रामदत्त हरु माथिवाट कुरा गर्दै आयेको चालपाई हरी किस्न भागी गयेको र लुगा धोइ म घर आयेको यो कुरा कही जाहेर प्रकाश गरेको थिन तेसपछी आश्वीं ३ गतेका दिं मौसेलाई घास काटन भनि गोठमा गयेको निज हरी किस्न गोठमा वसी जवरजस्ति श्वही गोठमा दोश्रो पटक कर्नि गरेकोले रुदै कराउँदै घरतर्फ आऊन लागेको वषत हरी मां सिं विष्ट स्मेतले सुने थापायेको घरमा सवै जहां मा प्रकाश भयेकोले वैतडि अदालतमा ऊजुर गरी कारवाई हुन लागेको थियो काङग्रेसले श्व मिसिल सडाई दियेको र श्रावण ३० गतेका दिं नछुने भयेको ४ दिं पुगेकोले लुगा धुन नुहाउन गयेको श्वही दिं हरी किस्नले कर्नि गरी गर्भ रही ८ मैनाको गर्भ छ निज वाहेक अरू कसैसंग कर्निमा विग्रेको छैन मतहालाई मातमा वोरायेको स्मेत छैन भंने व्यहोराको च्याखुरीको वयान रहेछ ।

निज हरी सिं च्याखुरी १२x१३ पुस्ताको भतिजा वुहारी नाता पर्ने हुं निज च्याखुरीको मैले जवरजस्ति कुर्नि गरेको स्मेत हैन निजको लोग्ने मरेकोवाट निजले हिन्दुस्थां भारत सरकारवाट पेंसं पाउने गरेको वरावर पेंसं वुझ्न मुगलान तर्फ आवत जावत भयेको र मुगलां वलतडी भंने ठाऊको जोगी भडारी अनाज खरीद गर्न हाम्रो गाऊमा आऊने निज ज्याखुरीकै घर्मा वस्ने गरेको थियो निजको श्रावण देखि गर्भ रही घरमा छलफल हुदा जोगी भडारी कै गर्भ हो भनि सावित भयेकीमा सु. हरी सिं स्मेतले सिकाई मलाई वोराऊन लगयेको हो १२x१३ पुस्ताको ससुरा पर्ने हु पस्तावारी खुलाउन सकतिन श्रावण २९ गते मारकेड गार्ड मा आई ३० गते वेलुकी घरमा गयेको र आश्वीं ३ गते मोगलां सारेतर्फ गै ५ गते घर आई पुगेको हु मैले निजको कर्नि गरी गर्भ रहेको स्मेत हैन ईविले झुटै ऊजुर गरायेको हो भंने स्मेत व्यहोराको प्र. हरी किस्नको वयान रहेछ ।

साछी सरजमिं स्मेत वुझीयाको येस मुद्दामा वुझीयेसम्मवाट निज च्याखुरीको प्र. हरीकिस्नले हाडनातामा कर्नि गरी गर्भ स्मेत रहेको ठहर्छ ७ पुस्ताभित्रको भतिजा वुहारीको हाडनातामा कर्नि गरे वापत निज प्र.हरी किस्नके कानुंका ९ नं ले कैद वर्ष २ हुदा एै ४५ नं ले रूपैञा तिरे पाऊने हुदा मैना रू १५ का दर्ले धरौट राषेको श्व धरौटी स्याहावाट कटी गरी सदर स्याहा गर्ने च्याखुरी छेत्र्यानीके खुसी राजिले कर्नि लेन्देन भयेकोमा जवरजस्ति भनी झुटा पोल गरेमा काुनंका ५६ नं ले तजविजि कैद मैना ९ हुनेमा स्वास्नि मानिस हुदा २६ नं ले आधी कैद मैना ।४।१५ हुंछ पुरपछेलाई ०७।११।१३ देखि झेलमा थुनीयेकोले कटी गरी वाकी कैद म्याद ठेकने ठहराई ०८।१।२१ मा वैतडी न्याय विभागवाट फैसला गरेको रहेछ

जवरजस्ति कर्नि ठहराई छीन्नु पर्ने खुसिराजि ठहराई छीनेकोले जवरजस्ती ठहराई पतिया पुर्जि भाग्नु पर्ने भये श्व स्मेत गरी पाऊ भन्ने स्मेत व्यहोराको प्र. चयाखुरीको डोटी अपिल्मा अपिल परेको रहेछ

कर्नि गर्भ प्र. हरी किस्नकै ठहर्ने पुस्ताका हक्मा पनी ६ पुस्ताकै ससुरा वुहारी नाताको देखिन आऊने भै ७ पुस्ता भीत्रको ससुरा वुहारी नातामा हाडनाता कर्नि गरेको ठहर्छ

च्याखुरी छेत्र्यानीको अपिल परे तर्फका पैला पैला कर्नि श्रावण ३० गते गरे भनेको जवरजस्ति भये मौकामा जाहेर प्रकास गर्नु पर्ने शव पटकको कर्निमा कसैसंग जाहेर प्रकाश नगरी दवायेको छु भंने कुरामा निज सावित भयेकी देखियेको तेस पछीको कर्नि जवरजस्ति भंने निजको भनाई छ तापनी वारदात अवस्तावाट जवरजस्ति नठहर्ने भै येस तर्फको इंसाफ सुरूको मुनासिव सजायका हक्मा र कारवाई स्मेत अैं विरूद्ध दोखिंछ तापनी विना सनद सवाल अवैधानिक रूपले क्रान्तीकारीहरूले मनमानि वनाई गरेको भयेमा पनी सजाय तर्फ प्रचलीतै अैं सवाल वमोजिं गर्नु भंने आदेश वमोजिं प्र. हरीकिस्नके हाडनाता का २ नं वमोजिं मुडी धपाई दिने चाखुरीके मुडीने खत पारी कर्नि दियेमा डंड सजायका ७९ नं ले कैद वर्ष २ गर्ने स्मेत ठहराई ०९।४।१५ मा डोटी अपिलवाट जाहेरी फैसला गरेको रहेछ ।

साधक तहवाट पेश हुन आयाको यो मुदा वुझ्दा निज च्याखुरीलाई मैले कर्नि गरेको हैन जोगी भडारीले कर्नि गरेको हो भन्ने निजको जिकिर छ तापनी तेसतर्फ सवुत गुजार्न नसकेको र निजैले कर्नि गरेको ठहराई सुरूले गरेको ईन्साफमा अपिल ऊजुर गर्न नसकी चीत्त वुझाई वसेको देषियेकोले स्मेत इंसाफ डोटी अपिल्को मुनासिव छ मुडने हक्मा अ वं का २३२ नं ले मुडनु खोपनु जातवाट पतित गर्नु वा जनै झीक्नु छाडनु पर्ने ठहरेकालाई पछी लालमोहर फैसला वमोजिं गर्दा जुं किसिंवाट वस्नु पर्ने हो निकासा र निर्णय नभयेसम्म श्वही वमोजिंको वन्देजमा वस्ने अैं वमोजिंको कवुलियत गराई आजसम्म थुनामा रहेका ल्याई र आइन्दा तेस्तो गर्नुपर्ने ठहरेकालाई स्मेत ऊसलाई भयेको डंड कैद भुक्तां भयेपछी हाजीर जमानि लि तारेखमा छाडी दी येस सम्बन्धमा सरकारवाट अैं नियें वनि आयेपछी स्व वमोजिं गर्ने भन्ने स्मेत २०१० साल जेष्ट २५ गतेका फुल वेंचवाट भयेको निर्णय सवै अपिल अदालतमा गयेकै हुनाले श्व वमोजिं गर्नु भनी मिसिल डोटि अपिलमा पठाई दिनु भनि मिसिल फाटमा वुझाई दिनु ।

 

                     प्रधानन्यायाधीश

ईति सम्वत् २०१० साल चैत्र १८ गते रोज ४ शुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563