निर्णय नं. ९४२ - जालसाजी
अभिलेख दर्ता नं.९४२/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.४२७/८२६ नि.नं.............
नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च
अ नं ८२६
मुद्दा जालसाजी
अपिलाट् पुर्व ४ नं ई सिकतेल कटुजे वस्ने दिल माया रयानी -१
ऐ ऐ वस्ने काजि मां राई -१
ऐ ऐ वस्ने डिक विर राई -१
ऐ ऐ वस्ने हर्क वाहादुर राई -१
ऐ ऐ वस्ने जस वाहादुर राई -१
विपक्ष ऐ ऐ वस्ने चंद्र वहादुर राई
ईजलाश
श्री माननिय न्यायाधिश महेन्द्र वाहादुर महत क्षत्रृ
फैसला
येस्मा मेरै जिम्मा दर्ता तिराको टारि भंने जगाको वालि स्मेत प्रतेवादीहरूले लुटपीट गरी खिचोला गरेमा मेरो नालेस परेको छलनालाई सो जगाको चिता दलवाट ६३ साल्मा रु ११२।। को राजिनामा गरी लिने पद्म सिं भयेको निज्को छोरा सेष मां संग ७३ सालमा ससुराका जिमांले राजिनामा गरी लियेको भनि जालसाजि लिखतहरु खडा गरेमा प्रतेवादीलाई सजाये गरी पाऊ भंने स्मेत चंद्र वाहादुरको ६।३।२२ को फेराद पत्र रहेछ ।
झगडा परेका जगा देखि ५००।३०० गज फरक वादिको छुट्टै जगा हुदा निज्का दाविको जगा चिता दलले पद्म सिंलाई ६३ साल्मा रु ११२।। मा राजिनामा दियेपछि ८३ सालमा निज्ले पद्म सिं को छोरा सेष मां वाट ससुराका जिंमाले राजिनामा गराई ली सो जगा जिविका निमित्त मलाई दियेको हुदा सो लिषतहरू जालसाजि भंने वादि झुट्टै हो भंने समेत दिलमाया सो वमोजीं लिनु दिनु भयेको हो भंने स्मेत काजी मां हरूको प्रतेऊत्तर पत्र रहेछ ।
वुझिये सम्मका प्रमाणवाट प्रतेवादीको लिखतहरू जालसाजि भंने वादिको ऊजुर झुट्टै ठहर्छ भनि पुर्व ४ नं भोजपुर अदालतको ६।७।१५ को फैसला रहेछ ।
सुरू अदालत ऊपर वादि चंद्र वाहादुरको अपिल पर्न आयेकोमा चिता दलले पद्म सीं लाई ६३ साल्मा गरी दीयेको रु ११२।। को राजिनांमा कारणीको मुद्राको छाप मात्र लागेको समेत् वाट वादिका दावि वमोजिं प्रतेवादिहरुले जालसाजि लिषत खडा गरेको ठहर्छ भनि धंकटा अपिलले ७।५।२६ गतेमा फैसला गरेको रहेछ ।
धंकुटा अपिल ऊपर प्रतेवादि दिलमाया समेतको अपिल पर्न आयेको यो मुद्दा पेस हुन आयेकोमा वुझ्दा प्रतेवादीले पेस गरेको लिखतमा छाप मात्र लागेकाले प्रमाण नलाग्ने भये पनि जालसाजि हो भंन नहुने भोगको प्रमाणवाट जगा प्रतेवादिको ठहरी आजै अ.नं.८२७ को मुद्दा सुरूको ईन्साफ सदर गरी छिनेको हुनाले जालसाजि ठहरायेको धंकुटा अपिल्को ईन्साफ गल्ति ठहर्छ सो गल्ती गरेमा अपिललाई केहि गर्नु पर्दैन तपसिलका मानीसलाई तपसिल वमोजिं गरी तहसिल्मा लगत दी लेखियेका वेहोरावाट किनारा भयेको जनाऊ धरौटी अपिल गर्ने अविलाट् लाई दीन मिसिल मिसिल फाटमा वुझाई दीनु ।
तपसिल
वादि चंद्र वाहादुरके माथि ईन्साफ षंडमा लेषिया वमोजिं भयेकाले क्रृते कागजका २० नं ले मो रु ५। सुरू डंड र सुरू ऊपर अपिल गरेकोमा सो डंडको हा.का. १० नं ले खसौद मोरु ।५० स्मेत ज्मा मोरु ५।५० डंड हुन्छ सुरूका फैसलाले गर्ने गरेको डंड मोरु १५।६२३ असुल भयेको देखिदा तेस्मा सो लाग्ने डंड छुटाई वाकि मोरु १०।१३ अैं सवालको रीत पुर्याई फिर्ता दीने -------
देहायेका मानिसलाई धंकुटा अपिल्का फैसलाले गर्ने गरेको देहाय वमोजिंको डंड जरीवाना नलाग्ने हुदा असुल भये फिर्ता नभये लगत काटि दीनु ---
पुर्व ४ नं सिकतेल कटुन्जे वस्ने काजिमां राई के रु -----------३।१३
ऐ ऐ वस्ने वषतसरे राई के रु ----------३।१३
ऐ ऐ वस्ने जस वहादुर राई के रु -----३।१३
ऐ ऐ वस्ने अमृते कामि के रु ----------३।१३
ऐ ऐ वस्ने डीगवीर राई के रु ----------३।१३
ऐ ऐ वस्ने राम चंद्र पाध्या के रु -----------३।१२
ऐ ऐ वस्ने ईच्छा वाहादुर ज्मी के रु ----------३।१२
ऐ ऐ वस्ने दिलमाया रयानी के रु -------१।५६
ऐ ऐ वस्ने विक्रम सीं राई के रु ------------३।१२
ऐ ऐ वस्ने घट्टे वाहादुर राई के रु ------५।
पुर्व ४ नं अदालतका डी हितमांन सीं कार्कि क्षेत्रृ के जरीवाना रु -----।७०
ऐ का वी जुक्त वाहादुर श्रेष्ठ के ऐ ---------।३०
माथि लेषीयाका प्र. डीलमाया स्मेत्का ५ जना अपिलाट्हरूले धंकुटा अपिल ऊपर तारेषमा नवस्ने गरी धरौटी अपिल गर्दा सो अपिल्मा ८।८।३ गते धरौट राषेको मोरु १।६२ को हक्मा नीजहरूलाई वरावारको दामासाहीका दर्ले अैं सवालको रीत पुर्याई फिर्ता दीनु -------
न्यायाधीश
ईती सम्वत् १० साल चैत्र १९ गते रोज ५ सुभ्म् ।