• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९४४ - जगा वालि लुट्‌पिट्

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/१९ १४०

अभिलेख दर्ता नं.९४४/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.४२८/८२७ नि.नं.............

 

नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च

अ नं ८२७

मुद्दा जगा वालि लुट्‌पिट्

 


अपिलाट् पुर्व ४ नं इ सिकतेल कटुजे वस्ने दिल माया रयानी


विपक्ष एै एै वस्ने चंद्र वहादुर राई


ईजलाश

श्री माननिय न्यायाधिश महेन्द्र वाहादुर महत क्षतृ

 

फैसला

येस्मा मेरै जिम्मा मेरै नाऊमा ९९ साल्को विजं जाटमा तिरो रु १।१२ लागी दर्ता भै भोग तिरो गरेको ढारी भंने घरवारी पाखो जगाको ५ साल्को हिऊदे वर्खे वालि समेत प्रतेवादीहरले लुटि लगेको विगो रु २८० दिलाई जगाको किचोला मेटाई पाऊ भंने समेत चन्द्र वाहादुरको ५।७।५ को फेराद पत्र रहेछ ।

वादिले दावि गरेका झगडा परेको जगा चिनादलवाट पद्म सिं ले ६३ साल्मा लियेपछि नीज पद्म सिं को छोरा सेखमांले ससुरा काजिमां लाई ८३ साल्मा राजिनामा गरी दियेको जगा जिविका निमित्त ससुराले मलाई दीयेकाले भोगी वसेकी छु सो जगा देखि ५००।३०० गज फरक वादिको जगा छुट्टाछुट्टै हुनाले झुट्टै ऊजुर गरेको हो भंने समेत दिलमाया हरूको ५।८।६ को प्रतेऊतर पत्र रहेछ ।

वुझिये सम्मका प्रमाणवाट वादिको झुट्टै ऊजुर ठहर्छ भनि फुर्व ४ नं भोजपुर अदालतले ६।७।१५ गते फैसला गरेको रहेछ ।सुरू अदालत ऊपर वादि चन्द्र वाहादुरको अपिल परेकोवाट प्रतेवादीको लिनत जाल्साजि ठहरी आजैका मितिमा फैसला भयेकोले समेत झगडा परेको जगा बादिको ठहर्ना आयेकाले मेरो हक्को हो भंने समेत प्रतेवादीको जिकिर झुट्टै ठहर्छ भनी धंकुटा अपिलले ७।५।२६ गतेमा फैसला गरेको रहेछ ।

धंकुटा अपिल ऊपर प्रतेवादि दिलमाया को अपिल परी आयेको यो मुद्दा पेस हुन आयेकोमा वुझ्दा वादिमा आफ्नै जगा भनि र अपिलमा सेषमां ले तिरो नगर्दा मैले तीरी दर्ता गरी खाये भनि र नक्सा सरजमिं हुदा सेष मां मोगलान जादा ऊकास भै तिरो गर्ने कोहि नहुदा मैले लिए खायेको भंने सम्ते लेखि केहि वेहोरा फरक भयेको र प्रतेवादि दिलमायाका ससुरा काजि मां को दाताको हक भयेको लिखत्मा मुद्राको मात्र छाप लागेको लाई जालसाजी ठहर्ने गरी अपिलले लेखेपनि निज सेखमां को जगा भंने कुरामा वादि नै सावित भयेको छ येस्मा चिता दलको लेखत प्रमाण लाग्ने नलाग्ने जे भये पनि धेरै वर्ष अघि देखिको भोग तिरोले हक वेहक अैं ले नै कायें हुन सक्ने र नक्सामा सरजमिंले सेष मां को भंने लेखि सेष मां को हक कसरी कस्को भयेछ भंने सम्म कुरालाई अडावाट येकीं गर्न भयेकामा तालुकदार्ले टास पजनि नगरेको तेसै ऊकास जगा भये पनि खापि खान नपाऊने र प्रतेवादी दिलमायाले धेरै वर्ष खादा सेख मां समेत कसैको ऊजुर नपरि हाल यो वादिको ऊजुर परेकामा पनि वादिलाई छलफलको म्याद दि झिाऊदा गुजारेको समेत हुदा जगा वालि वादि चंद्र वाहादुरको हक नपुग्ने गरेको सुरु पुर्व ४ नं भोजपुर अदालतको ईन्साफ मनासिव छ धंकुटा अपिलको गल्तिमा केहि गर्नु पर्दैन अरु तपसिल्का मानिसलाई तपिसल वमोजिं गरी तेस्को लगत तहसिल्मा दी लेखियेका वेहोरावाट सुरु अदालतको ईन्साफ सदर भै किनारा भयाको जनाग धरौटी अपिल गर्ने अपिलाट् दिलमायालाई दीनु मिसिल मिसिल फाट्मा वुझाई दीनु ।

तपसिल

वादि चंद्र वाहादुर राईके ईन्साफ खंडमा लेखिया वमोजिं भै सुरूको ईन्साफ सदर भयेकाले सुझले गर्ने गरेको डंड मो रु १२३।६४ नै कायें भयेको हुदा सो लागेको डंड मध्येमा केहि कैद भुक्तां गरी वांकी मोरु ५८। रूपैञा वुझायाको नलाग्नि भनी धंकुटा अपिलले सुरूको ईन्साफ ऊल्टाई गरेको फैसलाले तेस्मा सलामी मोरु ३।८० कटाई वाकि फिर्ता दिने गरेकोमा सो लाग्ने नै हुदा सो फिर्ता दिने गरेको र सो नलाग्ने सलामीको लगत समेत काटिदीनु सुरु ऊपर अपिल गरेकोमा सुरू डंड मोरु १२३।६४ को हा.का. १० नं ले दसौद मोरु १२।३७ डंड हुंछ रुजु नहुदा असुल गर्नु -----

प्र. दिलमाया के माथी लेषिया वमोजिं भै जितेमा जगा मिच्नेका २० नं ले सलामि मो रु १। लाग्छ धंकुटा अपिल्का फैसलाले गरेका डंड मो रु २८।२३।२ वुझाई सकेको देखिदा सो नलाग्ने भयेकाले तेस्मा सलामी मोरु १। कटाई वाकि मोरु २७।२३।२ अैं सवालको रीत पुर्‍याई फिर्ता दिने ----------

देहायका मानीसलाई धंकुटा अपिल्का फैसलाले गर्ने गरेको डंड जरीवाना नलाग्ने हुदा असुल भये फिर्ता नभये लगत् काटी दीनु -------

पुर्व ४ नं सिकतेल कटुन्जे वस्ने काजिमां राई के डंड मो रु -----------१।

ऐ ऐ वस्ने रामचन्द्र पाध्या के ऐ -------१।

ऐ ऐ वस्ने जस वाहादुर राई ---------१।

पुर्व ४ नं अदालतका डी हित मां सिं कार्कि क्षत्रृ के जरीवाना मो रु -------------।७०

ऐ ऐ का. वि जुक्त वहादुर श्रेष्ठ ऐ -------।३०

प्र. दिलमायाके धंकुटा अपिल ऊपर अपिल गर्दा तारेषमा नरहने गरी ऐ अपिल्मा ८।८।३ मा धरौट् राषेको मोरु २।८३ अैं सवालको रीत पुर्‍याई नीजलाई फिर्ता दीनु -----

प्र. दिलमायावाट वादि चंद्र वाहादुरले भरी पाउने भनी धंकुटा अपिल्का फैसलाले लगत कसेको विगो मोरु २८०।– का हक्मा वादीले निज प्रतेवादी वाट सो विगो भरी नपाऊने भै किनारा भयेकाले सो विगोको लगत काटि दीनु भनी अ.म.वि.गोश्वरामा लगत दीनु ---------

 

                                न्यायाधीश

इति सम्वत् १० साल चैत्र १९ गते रोज ५ सुभ्म् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563