निर्णय नं. ९४६ - वकसपत्र पास
अभिलेख दर्ता नं.९४६/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.९४६ नि.नं.१६८
प्रधां न्यायालय शींगल वेञ्च
अ नं १६८
मुद्दा वकसपत्र पास
अपिलाट का.ई. किलागल टोल वस्ने गोकुल दास रत्न दास मथुरा दास
का.ई.त्याड टुं वाहाल वस्ने सानु नानी
ईजलास
श्री माननीय न्यायाधिश प्रदिप्त मांन्यवर नेपाल तारा ले.ज. प्रकास शंसेर जङ्ग वाहादुर राणा
फैसला
आमाज्यू हीरामाया श्रेष्टनीले आफ्ना हकको गुठीहरू गुठीह घर वगैचा सेसपछी खान पाउने गरी रिज वापत मलाई ६।६।१२ मा वकसपत्र लेखिदियाको पास हुन नपाउदै आमाज्यू कालगतीले परलोक भयकोले म्याद भीत्र हकदार गुटियारले पास गरी नदियको हुदा लीखतको मितीले ६ मैना नाघेको ३५ दिं भीत्र नालेस गर्न आयेको छु पास गरी पाउ भंने सानुनानी को फेराद रहेछ ।
हीरा माञाको रत्न दास देवर मथुरा दास् भतीजा म कान्छा ससुरा गोकुल दास भै ३ पुस्ता भित्रको हकदार हौ हीरामाञाको संतान नहुदा हामीले हेर्चा री मरेको काज क्रीर्या गरेको अघीको मिती पारी वक्सपत्र खडा गरी नालेस दिन आयेको हो हक वाला मध्य १ जना साछी राखन पर्ने सेसपछीको वक्स पत्र कायें हुन नसक्ने गुठी सेसपछीको वक्स पत्र हुदा पास गरी दिन नपर्ने भंने स्मेत गोकुल दास रत्नदास मथुरा दास स्मेतको प्रतेवादि रहेछ । वक्सदीने ६७ वर्ख की देखिनाले वीधवा अंस धं को २ नं वमोजिं मञ्जुरी लीन नपर्ने देखीयाकोले दावी वमोजिं को लिखत पास हुने ठहर्छ । भंने रां का दे दो को ७।६।६ को फैसला रहेछ ।
लेखत सध्दे किर्तेमा सुनाउन पर्ने अैं कानूं वाहालै राखी हक ईन्साफ पाउ भंने मथुरादास स्मेतको अपिल रहेछ ।
सुरू दे.दो. को इंसाफ मनासीव भंने ८।५।१५ को अ.दो. को फैसला रहेछ ।
लेखत सुनाई हक इंसाफ पाउ भंने मथुरादास स्मेतको अपिल रहेछ ।
यस्मा अपिलाट वा. स्मेत मथुरादास लाई र झगडीया आसारां भृगुरां जंगीलाल लाई स्मेत राखी नीर्णय गर्दा रां गोपालको वारेशनामा स्मेत सद्दे देखियकोले इन्साफ अपिल दोश्रा फा. को मुनासिव अपील गरेतर्फ कोर्ट फी रहेको र पछि वुझियाको प्रमाणवाट कसैलाई केहि डंड जरिवाना गर्नु पर्दैन ।
न्यायाधीश
ईति संवत् २०१० साल चैत्र १९ गते रोज ५ सुभं