निर्णय नं. ९४७ - संधी सर्पन
अ. नं. ९४७-२०१०
रीट नं ४०४/१२३˟१४८
नेपाल प्रधान न्यायालय सींगल बेञ्च
अपील नं- १२३ ˟१४८
मुद्दा: संधी सर्पन
अपीलाट प्रतेवादी
पु.२ नं. बेतीनी बस्ने तालुकदार भींमराज तमां---------------------------------१
ऐ बस्ने भैरब बहादुर नेवार ----------१
ऐ बस्ने भीं बहादुर ऐ. --------------१
ऐ सींपानी बस्ने हर्ख बाहादुर ऐ-------१
ऐ बस्ने सानु गणेश बाहादुर ऐ ------१
ऐ बस्ने धन बहादुर ऐ --------------१
ऐ बस्ने संसेर बाहादुर --------------१
वीपक्ष वादी
ऐ वेतीनी बस्ने ग्याल चं तमां ---------१
ऐ बस्ने सलां सीं तमां --------------१
ऐ बस्ने वारा मां ऐ ------------------१
ऐ बस्ने सर्भलाल ऐ -----------------१
ऐ बस्ने जीतमां तमां ---------------१
ऐ बस्ने छेदुप ऐ --------------------१
ऐ बस्ने सोनांदोर्जे ऐ ------------------१
ईजलास
श्री माननीय न्यायाधीश भगवतीप्रसाद सींह राजपुत वीएस सी . वी एल
फैसला
यस्मा तालुकदार भींराजले हामी वेतीनी सीं पानी सींकुल भलुवा जोर स्मेतको संधी सर्पनको जगालाई सलामी खाई जगा पजनी गरी अवाद गराई खायेकोले सो बारे ग्याल चंको उजुर परेको थीयो सो मीसील आन्दोलनमा जलेकोले जगा अवादी नै गरेका छं हामीलाई नीज तालुकदारले रोक टंटा लगाई पीर पीराउँ गरेकाले नीजलाई नीजलाई मांन मंजुर हामी मध्येको सोनां दोर्जे वा रैतीले रोजेको तालुकी कायं गराई पाउँ भ्ने ग्याल चं स्मेत ७ जनाको ठाडो बींती पत्र रहेछ।
यस्मा संधीसर्पन र तालुकी विसयेको स्मेत उजुर हुंदा बुझी अैं सवाल बमोजीं गरी बुझीयेको कुरा जाहेर गर्नु होला भंने पु. २ नं. गौडा गडी गोस्वाराको तोक रहेछ।
हामीहरु सीं पानी वेतीनी सींफूल भलुवा जोर कुभींडे गाउ स्मेतको गोचरण नुन थलो च्यान डाडालामा गुफा बस्ने जंगल भयाकाले सो वं जंगत ६४ सालमा नीज भींराजकै बावु धर्मराजका नाउमा वं पालाको सनद भयाकोले सो जगा अवाद गर्ने नहुनेमा नीज भींराजले पजनी गरी अवाद गर्न दीयेकाले अंबर बाहादुर झमक बाहादुर संशेर बहादुर अकल बाहादुर हर्ष बाहादुर स्मेत ५ जनाले ०८ साल देखी अवाद गर्न लागेकोले दोल्खा मालमा ग्याल चंको उजुर परेको हो सोही अघी धर्मराजले अवाद गर्न लाग्दा कवीध्वजको उजुर परी अवाद गर्न नपाउने ठहरी धर्मराजलाई ३ वर्षे कैद स्मेत भयाको छ सो र सनद स्मेत झीकी बुझी वं जंगल संधी सर्पन कायं गरी पाएं भने नीज ग्यालचंको सनाखत कागज रहेछ।
म ऊपर मनीराजको दपोटमा उजुर परेको भंने कुरा झुट्टा हो ८०।८। सालके मा हो आमा संफली ऊपार जगा दपोट मुद्दा परेको थीयो भंथ्ये आमाले हारेकी हुन अघि रण वीक्रमको खांगीमा छदै सो गाऊको तालुकी बाबु बाजेहरुले र नीजहरुका सेखपछी लालमोहर बमोजीं मैले नै गरी चलाई आयेको मा खांगी खारेज भयापछी म बाटै घरघरमै अैंलेसंम दांकां गरी आयेको छु बाहाली लीयाको ५न म ऊपर परेको स्मेत होइन जगातर्फ वंपालाको सनदको कील्ला भीत्रको कसैको केही कीसींको संधी सर्पन नपर्ने आवाद लायेकको जगा हुनाले धं बाहादुर स्मेत ९ जनालाई पजनी गरी दीयेकोले ०७ सालमा मालमा दर्खास्त दी जाँच गरी आवाद गरेका छं संधी सर्पन तर्फ बाबु उपर उजुर परी सजाये पायेको समेत होइन बाजे जीमीराज ऊपर परेको हो संधी सर्पनको जगा रामचे भंने वेगल छ भंने प्र .भीराजको बयां रहेछ।
वादीका दावीको प्रति जगा कुनै गाउँको संधी सर्पन र वंपालाको सनद भीत्र नपर्ने हुनाले कुनै मा हामी रैतीले र कुनैमा तालुकदारले ०७ सालमा दर्खास्त दी सरजमीं जाँच भै तालुकीले दीयेका चलानी बमोजीं जाँच भै तालुकीले दीयेका चलानी बमोजीं ०७ साल देखी अवाद गरी घर धुरी स्मेत खडा गरी खायेका छौ उजुरीको घर गाउलाई संधी सर्पनको जगा अंते नै छ मुदा परेको जगा आवाद गरेको छैन संधी सर्पनको जगा उत्तर पट्टी रामचे भंने वेगल छ भंने संसेर बाहादुर स्मेत ११ जनाको बयां रहेछ।
नक्सा सरजमीं हुँदा सो झगडा परेको जगा वंवुट्यान भयाकोले रामचे भंने जगा पनी येसैलाई ठहराउछौ तेसमा मलजोरस्मेतको गौचरण मोटेहरुको च्याहान स्मेत पर्छ यै सजासंग जोरीयाको भलजोर कायं ......................... दील बाहादुरका नाउमा भयाको सनदमा दछींको सीमाना सींपानी भध्येको भंने छ अवाद भयाको र अवाद हुन बांकी रहेको स्मेत अवाद गर्न हुंछ भंन सकदैनौ वस्तुलाई नुन खुवाउने भलो स्मेत तेही जगा हो भंने स्मेत मु. दानबाहादुर स्मेत ४४ जना र हामीहरुको केही कुराको संधीसमेत पर्दैन भंने सकल बाहादुर स्मेत ९ जनाको मुचुल्का भयाको रहेछ।
उजुरी बमोजीं सनक बाहादुर अंबर बाहादुरको दरषार्त .................... सो बाहेक अरुका हकमा दर्खास्त परी जाँच मुचुल्का भयाको देखीनाले के रहेछ भनी वीचार गर्दा अघी उजुर गरेको मीसील क्रांतीमा परे पनी तारेख पर्चा छ भनी ग्याल चंले भनेको सो सबुद पेस हुन नआयेको भये पनी मीसील क्रांतीमा परेको भनी दोल्खा मालले ज्वाफ दीयाको देखीयेकोले तेस्तो मुद्दा म्याद भीत्र दायेर गराउनु पर्नेमा नगराई ०८ साल श्रावणमा मात्र फेरी उजुर पर्न आयेको देखीयेकोले यो मुद्दा खारेजै गर्नु पर्छ की भंन हाल अवादीको दर्खास्त परेपछी सवाल बमोजीं अघी नै १५ दीने म्याद टाँस भयेको नदेखीयेको पछी ०८।६।१० गतेमात्र टाँस गरेको देखीयेको सो गर्नु भंदा अघी नै उजुर परेकोबाट यो मुद्दा खारेज हुंछ भंन नभै उजुरी बमोजीं संधीसर्पन वं जंगल पर्ने नपर्ने के रहेछ भंने हकमा वं गोस्वाराका चलानी साथ आयेको गणेश बाहादुरका नाउको १९७० साल भाद्र ११ गतेको .......... सनद नकलमा सींपानी पध्येरो देखी उत्तर भंने लेखीयाको दर्खास्तको जगा पनी पध्येरा देखी उत्तर तर्फ पर्ने भंने कुरा सरजमींको लेखाईबाट देखीयेको छ।
सो पंध्येरा देखी उत्तर तर्फ सोही जगामा जोरीयाको सनातन देखीको अवादी बस्ती घरहरु स्मेत नक्साबाट देखीन आयेकोबाट सो जगा नबुझ्याउने गर्दा पुरानुघर धुरी बाहेक भंने सनदमा नलेखीयाको हुंदा सो घर धुरी स्मेत उठाउनु पर्ने अवस्था पर्न जाने देखींछ तापनी तेस तर्फ उजुरी नै नभयेको उजुर परेको जगाका हकमा परानो घर धुरी साथ जोरीयाको १० जातको रुख र ठूला रुखस्मेत नहुनाले र ०७ सालदेखी अवाद गरी सकेकाले सो अवादी जती अवाद गरेको कायं राखन तजवीज सरकारको अडाको ठहरका हकमा तेस्तो सनदका कील्ला भीत्र परेको ३।४ गांउको संधी सर्पन भोटेहरुको गुफा बस्ने जगा नुनथलो च्याहान स्मेतकोजगा दरषार्त बमोजीं दर्ता गर्न हुंछ भंन मुनासीब नभयकोले जगा जाँच भै चलानी ली मात्र अवाद गर्नु पर्नेमा रोक्का भयाको जगामा श्रीफ तालुकदारको चलानी का भरले मात्र ७ सालदेखी अवाद गरेको देखीयेकोले सो जग्गा खडबन्द र संधी सर्पन राख्न पर्ने ठहर्छ सो ठहर्नाले तोक बमोजीं जाहेर गरेका छौ तालुकीका हकमा बाहाली लीयाको नहुनाले नीज भींराजलाई तालुकीबाट वर्खास्त गरी रैती रोजाई बंदोबस्त गर्ने दर्खास्तवालाहरुसंग बीगो डंड लीने भंने पुर्व २ नं. रामेछाप मालको जाहेरी फैसला रहेछ।
उजुरीका जगामा सनदको कील्ला र कसैको कुनै कीसींको संधी सर्पन नपर्ने हाम्रा साबीक अवादी छेउको जगा भयेकाले ०७ सालमै रैतीहरुको दर्खास्त परी सरज्मीं जांचभै अवाद गरीसकेको जगामा इवीले संम उजुर गरेको हो गणेश बाहादुरका नाउमा भयाको सनदका कील्ला भीत्र पर्ने भया सो कील्ला भीत्र हामीहरु सवैको घर गाउँ भयेकोले सो सबै उ७उनु परयो हैन भने तेस्तो सनदका भरले कील्ला भीत्रको भनी अवाद भयाको जगा बझ्याई मेरा नाउँको तालुकीस्मेत झीक्ने गरेकोले चीत्त बुझेन भंने प्रतेवादी भींराजको अपील रहेछ।
०७ सालमा हामीहरुको दर्खास्त परी सरजमीं जांच भै १५ दीने म्याद टाँस हुंदा पनी कसैको उजुर नभयेकोले तेस्तो कुरामा यो मुद्दा दायरै हुन नसक्ने र साल मीतीनै नभयेको सनदको कील्लाका भरले मात्र वीगो डंड स्मेत गरी जगा नपाउने गरेकाले चीत्त बुझेन भंने धनबाहादुर बस्नेतको अपील जीकीर रहेछ।
अपीलाट भैरवबाहदुर स्मेतको हमा वारेस भै आफ्नाहकमा स्मेत अपील गर्ने संसरेबाहादुर तालुकदार भींराज तमां झीकाई आयाको झगडीया ग्लचं लामास्मेतलाई राखी प्र.न्या श्रेस्ता अपीलले पेस गर्न ल्यायाको रहेछ।
यस्मा आदेस बमोजीं हाल भै आयेको नक्सा र सरज्मींका लेखाई स्मेतबाट उजुरीको जगा वंसाला सनदको ४ कील्ला भीत्रको भंने देखिन आयेकोले संधी सर्पन कै ठहरायेको मालको ईन्साफ मुनासीवै छ तालुकीका हकमा लीयो खायो भंने उंजुर नभै संधीसर्पनको जगा अवाद गर्न दीयो भंने संमको उजुर हुनाले तालुकी झीकने गरेको मालको ईन्साफ गल्ती हुंदा तालुकी भींराजलाई नै थामी दीनु केही उल्टीमा रामेछाप माललाई केही सजाञे गर्नु पर्दैन।
तपसील
मनासीब ईन्साफ उपर अपील गरेमा देहायेका मानीसहरुके देहाये बमोजीं थप डंड हुंछ असुल गर्न लगत दीनु ----------------------------------------------------------------
भैरव बाहादुर नेवारके मालले बीगो डंड स्मेत लीने गरेकोले मु.स. श्रे.अ.बारेका ११ दफा बमोजीं मालले लीने गरेको जरीवाना रु २।६८ को सैक्रा ५ ले मोहरु ।१३।२ तेह्र पैसा दुई दां असुल गर्न जनै वारेस हुंदा लगत दीनु ----------------------------------------
धन बाहादुरके ऐ ऐ जरीवाना मोरु ---२।६८ को ऐ ऐ ऐ तेह्र पैसा दुई दां ----------१
भीमबहादुरके ऐ ऐ मोरु २।६८ को ऐ ऐ रु.१३।२ तेह्र पैसादुई दां ----------------१
हर्खबाहादुर के ऐ ऐ मोरु १।– को ऐ ऐ मोरु ।५ पांच पैसा ----------------------१
सानु गणेश बाहादुरके ऐ ऐ मोरु १।– को ऐ ऐ मोरु ।५ पैसा ऐ ------------------१
संसेर बाहादुरके सुरुबाट डंड जरीवाना केही नभयेकोले सोही सवालको ११ दफा बमोजीं तजवीजी मोरु १ ।- येक रुपैया डंड हुंछ हाजीर हुंदा असुल गर्न ऐ ऐ-----------------१
भगवती प्रसाद सिंह
न्यायाधीश
ईति संवत २०१० साल चैत्र २० गते रोज ६ शुभम् ------------------- ।