निर्णय नं. ९४९ - अन्न पानि वंद गरी थुन्छेक कुटपिट गरे
अभिलेख दर्ता नं.९४९/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.४०५/११६ नि.नं.............
नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च
साधक नं ४२
मुद्दा अन्न पानि वंद गरी थुन्छेक कुटपिट गरे
वादि सिंग विर सुनार ईलां माई पार गैरी गाऊ
विपक्ष प्र. जयनारां पाध्यास्मेत इलां पिपलवोटे
ईजलास
श्री माननिय न्यायाधिश हरीप्रसाद प्रधान एम ए वि एल
फैसला
येस्मा ०४ साल फागुण २२ गते इलां वार वष्ने कुल प्रसादको घर जान छोरा धनवहादुर साथ ली हिडेको रात परेको टायेंमा कुल प्रसादको घर पुगनु भंदा अंदाजी ३x४ सय गज फरक अपठारो पाषो षोल्सी वारीपारी षोल्सीमा स्मेत वाटो मुनी माथी ३ जगामा अंन्यायवालाहरू लुकी वसेका रहेछं हाम्रा सत्रुको घर्मा वसी आघेपछी लागी हीडने येसलाई ठोक भनी बचं दिने समाऊने पैला टीकानाथ जयनारां भै २ जनाले मलाई कंवरमा दुवै हात च्यापि समायेपछी अरु ९ ज्वांले लाठी ढूंगा स्मेतले वेपर्वाही मेरो कपलमा हानि लडायेपछी म वेहोस भै मुर्छा परे ककसले काहा काहा हाने कुटे था भयेन २४ गतेका दिं दिऊस्व वेहोसवाट विउझीदा जयनारांका घर तलामाथी कोठामा रगतको पोषरीमा डुविरहेको थाहा भै कीन मलाई येसो गरेको हौ छाडी देउ भनी जय नारां संग भंदा ३५ दिं सम्म थुनी ३५ दिं भीत्र मरे दवाऊने वाचे ३६ दिंका दिन छाडी दिने भनी ३ दिं सम्म अन्नपानी वंद गरी ४ दिं देषी १ मुठी मकै र कचौरामा तातोपानी षान दी ३६ दिं का दिन छाडि दियेकाले निल घा जचाई नालेस दीन आयाको छु म १ जना माथी ११ जनाको जमात भै वाटो छेकी थुनी कुटे कुटायेमा वचं दिने समाउने निज २ जनालाई र श्व अराई मुतावीक कुटपिट गर्ने अरु ९ जनालाई सजाय गरी लेखिये वमोजिं गरी ३५ दिं सम्म थुनी झाडा पिसाव गर्न लादा डोरीले कंवरमा वाधीं वाधन लगाई एकातिर ऊमाकांत गजाधर र अर्कातिर विस्नुलाल येदुनाथ लाई समाऊन लगाई पठाई ताल्चा मारी घर कोठामा थुनेमा जयनारांलाई र वाधी डोर्याई लाने ल्याउने निज ४ जनालाई स्मेत सजाय गरी पाऊ छोरा धं बहादुर तेसै दिं देखि देखेको छैन षोजतलास गर्दा पता नलागे ऊसै वषत ऊजुर गर्ने छु वेकसुरमा लेषीये वमोजिं गरी कुटे थुनेमा कसुर माफिक सजाय गरी पाऊ भंने स्मेत व्यहोराको वादी सिंग विर सुनारको फेराद रहेछ ।
१।। कोस सम्म गै कुटपिट गर्नु पर्ने रीस रागको कुरा केहि नदेषाई जाल परीपंचले नालेस गरेको सम्म हो द्रषास्तमा म टीका नाथको नाऊ लेषन नसकेको हाल तालेसमा जालसाज गरी लेखेवाट कसरी कुटपिट ठहर्ला ४ साल फागुण २२ गतेका रात जाड रक्सि षाई आई कुल प्रसादको घरमा छोरी वुहारी कुं चाही हो वाहीर पिसाव फेराऊन ल्यायेको ढीला भयेछ धेरै वेर वाहीर वस्यो भंने कुरामा झगडा भै गंगे स्मेतले कुटपिट गर्दा थला परेको भंने कुरा गाऊघरमा सुनेको अैले निज वादी लाई फकाई वारदात भयेको ठाऊको साछी सवुद नहाली हामी ऊपर झुटा नालेस दियाको हो हामीले लेखियेवमोजिं गरी कुटपिट गरेको होईनौ को को भै अंन पानी वंद गरी थुने श्व पनी नखुलेको बेपता गराये की भये येतीका जातिले नालेस नदी कीन चुप लागी वस्यो होला म टीका नाथ मेरै घर पिपल वोटमा भयेको र म यदुनाथ श्व दिं ईलां अमिनीमा तारेषमा भयेकोले तारेषमा वेलुका सम्म वसी घर नपुगेकोले लक्ष्मीकांतको घरमा वसेको छु जयनारां ऊमाकांत दुज प्रसाद गंगाधर ईश्वरी प्रसाद विस्नुलाल वोधनाथ चक्रनाथ आफ्ना घरमा छु कांन्छो भंने गोविंद पाध्या हिले गोठमा छु झुटा नालेस दीयेमा वादीलाई नै सजाय गरी फुरसद पाऊ भंने स्मेत व्यहोराको प्र. जयनारां पाध्या स्मेत ११ जनाको यौटै प्रतेऊतर रहेछ ।
साछी स्मेत वुझीयाको येस मुद्दामा वुझीयेसम्मका प्रमाण परीवंदवाट अंन पानि वंद गरी थुने भंने तर्फ वेरीत संग थुनेका १४ नं ले १ मैना भीत्र ऊजुर नपरे तेस कुरामा ऊजुर नलागने फुरसद भयेका १ मैना नाघी सकेपछी दर्ता गरेको ऊजुर नालेसवाट थुंछेक तर्फ इंसाफ गर्नु नपर्ने खारेज गर्ने कुटपिट तर्फ प्र टीका नाथ र गोविन्द स्मेत २ जना वाहेक अरु ९ जना प्रतेवादीहरूले वादीलाई केसफारां वमोजिं घा षत पारी कुटपिट गरेको ठहर्छ जयनारांले वचं दीये भंने तर्फ सवुदवाट वचं दियेको नदेखियेकोले तेस तर्फ वादीले झुटै ऊजुर गरेको ठहराई ०७।१।२१ मा अपिल तेश्रा फाटले जाहेरी फैसला गरेको रहेछ ।
श्वहि इन्साफ मुनासिव ठहराई ०६।२।२७।५ का १ छापे वमोजिं लेखियेका मानिसहरू रुझु नरहेकोले श्व १ छापे मुताविक जाहेर गरेका छौ भनी ०८।११।२९।४ मा प्रधान न्यायालय पहीला फाटले जाहेरी फैसला गरेको रहेछ ।
साधक तहवाट पेश हुना आयाको यो मुदा वुझदा ०६।२।२७।५ का १ छापे वमोजिं जाहेर गरेको प्रधान न्यायालय पैल्हाको मुनाशिव छ कसुरदार लाई सजाय भै सकेकोले अरु केहि गर्नु पर्दैन भनी यो मिसिल अपिल तेश्रा फाटमा पठाऊन मिसिल फाटमा वुझाई दीनु ।
प्रधानन्यायाधीश
इति सम्वत २०१० साल चैत्र २० गते रोज ६ शुभम् ।