• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९५० - अैं वर्षिलाप गरे भन्ने

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/२० १४६

अभिलेख दर्ता नं.९50/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.३९५/१८ नि.नं.............

 

नेपाल प्रधान न्यायालय डिविजं वेञ्च

मुद्दा अैं वर्षिलाप गरे भन्ने

 


उजूरवाला तना डी नारायेण भन्ने सल्यां माल


विपक्षी


ईजलास

श्री माननीय न्यायाधीस प्र.मा.ने.ता.ले.ज. प्रकास शम्सेर जङ्ग वहादुर राणा

श्री माननीय न्यायाधीश महेन्द्र वहादुर महत् क्षेतृ

 

आदेश

तालुकि वारे रैति रोजाउने र वालि वुझने वारेमा माल उपर उजूर परेकोमा सल्यां अपिलवाट कारवाई वेरित् गरेको ठहराई किनारा भयेकोमा तालुकि तर्फको र वालि तर्फको अपिल गरि पठायेकोमा कस्का भूलले हो तालूकि तर्फको अपिल वालि तर्फ र वालि तर्फको तालुकि तर्फ रहि न्यायालय दोश्रावाट वालि धरौटी तर्फको मात्र जिकिर गरेको भनि इन्साफ मनासिव गरेको मिसिल् आयेवाट देखियेको निरोपराधमा जरिवाना भयेको हुदा स्व मिसिल् साथ जाहेर गरेको छु वालि तर्फको मिसिल अर्थ मंत्रालय श्रेस्ता अपिल् स्मेत् जहाँ छ लगाई जुं विषयको अपिल् हो सो सामेल राषि दोहराई पाउ भन्ने स्मेत् वेहोराको सल्यां मालका त ना डी नारायाण भक्तले जाहेर गरी पठायेकोमा के भयेको रहेछ वुझि पेस गर्नू भन्ने भयेका आदेस वमोजिं पेस हुन आयेको येस्मा हक वेहकको ईन्साफको कुरा नभै कारवाई वेरित्‌मा सल्यां अपिलवाट रु १। जरिवाना संत भयेको कुरामा प्रधांन्यायालय दोश्राले हेरि मनासिव ठहरायेको उहाँ वाट विचार गर्दा पनि स्वहि कुरा ठीक देषीन्छ अैं सवाल वमोजिं गर्नू भनि मिसिल् सल्यां मालमा पठाऊन मिसिल् फाट्मा वुझाई दिनु हानेहरूको २ मिसिल्‌मा अपिल पत्र सट्टा पट्टा भयेको भनेमा अर्को मिसिल् हाल् ञहाँ नहुदा र तेसवाट विसेष हानि नहुदा मिसिल् आयेपछी मालैवाट मिलाईदीनु ।

 

     न्यायाधीश                         न्यायाधीश

इति सम्वत् २०१० साल चैत्र २० गते रोज ६ शुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563