• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३२ - वन जाच बेहिसाव

साल: २०११ महिना: जेष्ठ फैसला मिति :२०११/०२/१० ९१

अ. नं. १२०-२०११

 ४३३/३२

 

      नेपाल प्रधान न्यायालय फुल बेञ्‍च     NA

प्र.न्या फौ नं.३२

 


निवेदक- अैटन गणेश बहादुर समेतको हकमा जित बहादुर चंद----------------

विपक्ष सुवेदार तेजबहादुर चन्द------१


मुद्दा: वन जाच बेहिसाव

ईजलास

श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधान एम ए वि एल

श्री माननीय न्यायाधीस प्रदिप्त मांन्येवर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जङ्ग बहादुर राणा

श्री माननीय न्यायाधीस भैरवराज पन्तोपाध्या

फैसला

येस्मा बैतडी गौडाका कायें मुकायें ष मीं बहादुरले अैं बर्खिलापकां गरी बेथिती भयेको छ ईलाका भरको जंगल जाँच गर्न रु २००। देखी वडी लीकन षटाउने जाचन जानेले तालुकदार मार्फत रुपिया असुल गर्ने रुल चलेको झुट मुट मुचुल्का गरी ल्याउने षदारले मिलेमतोबाट त्यसै राषी दिने गरेको छ सालै पिछे गार्षामा जंगलको रुख विषयमा वर्ष १ को रु ५००। असुल हुने सर्कार नौसान रैती पिर पिराउ नहुने सर्कारबाट साछी खटाइ जाचन पाउ वर्ष १ को रु ५०००। को ठेका तौर असुल गरी सर्कार दाखिल गर्न सक्ने छु भन्‍ने स्मेत वेहोराको सु तेजबहादुरको विंतीपत्रमा के कस भयेको गरेको रहेछ बुझी ठहराइ जाहेर गर्नु भन्‍ने स्मेत बेहोराका प्रमाङ्गी भयेको रहेछ ।

वंजाचन पठाउदा रु २००। ष. मीनबहादुरले लिने जानेले दिने गरी अैंट गणेस बहादुर स्मेतलाई षटाइ गयेको जंगलको मुचुल्का हिसा खानेबाट सकार गरी तामेलीमा राखी दिने रुपिञ्या उठाइ लग्हे भन्‍ने कुरा गर्षाका तालुकदार रैती भलादमीको जाहेर हुने छ वंदुक माल स्मेत नौसान् गंती गरी षरदारबाटै अैं सवाल बमोजिं होस भन्‍ने स्मेत वेहोराको निज सु. तेज बहादुरको बयां रहेछ ।

बैतडी गौडाबाट सालको १ चोटी बंजाच हुनेमा षटाई दियेकोले यो साल पौष ५ गते गयेको तालुकदारले सनद ४ किल्ला देषाये बमोजिं जंगल हेर्दा देषियेको प्रकृर्ती लेषी तालुकदार सर्जमींले भने बमोजिंको मुचुल्का गरी ल्यायेको दाषिल गरेका हुं ऊजुरवाला बरावर यस्तै ऊजुर गरी आयेक मानिस हुदा झुठ्ठा ऊजुर गरेको हो रुपिञ्या लिये दीयेको स्मेत छैन भन्ये स्मेत बेहोराको इ. वहादुर चंको हकमा र आफ्नो हकमा स्मेत अैटन गणेश बहादुर चंको बयां रहेछ।

बैतडी गौडाबाट म ह.जीत बहादुरलाई मार्फा गर्षामा र ह गगंबहादुरलाई डुहु गर्षामा षटाइ दीये बमोजिं गै सर्जमीं तालुकदारले भने बमोजिं मुचुल्का गरी दाषिल गरेका हुँ रुपीञ्या दी गयेका र उठाइ षायेको स्मेत छैन भन्‍ने स्मेत बेहोराको ह. गगं बहादुरको वा आफ्नो हकमा स्मेत जीत बहादुरको वयां रहेछ ।

बैतडी गौडावाट बंजाच गर्नालाई मुचौडंडी गर्षामा षटाइ दीयेकोले गै सनदको ४ किल्ला भीत्रको वं काटेमा स्वधनी गर्दा घर वनाउन देवल बनाउन काटेको भन्ये स्मेत वेहोरा लेखी दिये बमोजिं मुचुल्का गराइ ल्यायेको दाखिल नगरेको हो रु २००। दी गयेको र रैतीवाट पैसा उठाई षायेको स्मेत छैन भन्‍ये स्मेत वेहोराको सु. डम्बर बहादुरको बयां रहेछ ।

बैतडी गौडाबाट उपल्लो स्वराड गर्षामा वंजाच गर्न खटीयेको हुँ रैती तालुकदार स्मेतले देषाये लेषाये बमोजिं जाच गरी मुचुल्का रीपोट साथ दाषिल गरेको छु नौसान स्मेतको फाट स्वही मुचुल्काबाट देषिने छ रुपिञ्या उठाइ षाखेको स्मेत छैन उजुरवाला मुद्दा परी मिलापत्र स्मेत भयेको इविवाला हुदा झुट्टा ऊज्यूर गरेको भन्‍ने स्मेत वेहोराको नारा नरबहादुरको वा शिब प्रसादको वयां रहेछ ।

वंजाच गर्न जाने अैटन गणेश बहादुरसंग गयेको हुँ जंगलको भयेको प्रकृर्ति जाची मुचुल्का भयेको दाषिल गरेका हुँ पैसा उठाये षायेको र रुपिञ्या दीयेको स्मेत छैन भन्ये स्मेत वेहोराको सि. बहादुर कमर क्षेत्रृ १ ऐ वेहोराको सि. भागिरथ १ ऐ वेहोराको सी. जगु ठगु १ ऐ. वेहोराको सी. कालु ठगुना १ ऐ वेहोराको सी. तुलारां षत्रृ १ ऐ वेहोराको जगन्नाथ पाडे १ ऐ वेहोराको सी. मरंसिं भाट स्मेतको वयां रहेछ ।*

वं जाच गर्न ह गंगंबहादुर संग गयेको हुँ गाठ्ठको वंजाच गरी गौडामा दषिल गरेको मुचुल्कैबाट देषिदा रुपिञ्या दीय षायेको स्मेत हैन भन्ये स्मेत वेहोराको सी. रामी वोगटी १ ऐ बेहोराको सी. रतंवीर षत्रृ १ को को वयां रहेछ ।

ऐ संग खटी गयेको हुँ तालुकदार सर्जमिं स्मेतको मुचुल्का हवल्दार संग सोधी कुं मितीमा बुझाये नीजै जांलान रुपिञ्या उठायेको र लिये दीयेको स्मेत हैन भन्‍ये स्मेत वेहोराको सी.जयदेव भट्टको वयां रहेछ ।

वं जाच गर्न इबहादुर चंसंग गयेको हुँ रैती तालुकदार सोधी दीये बमोजिं भयेको वेहोराको मुचुल्का गरी ल्यायेको हो रुपिञ्या दीयेको र रुपिञ्या उठाइ खायेको स्मेत हैन भन्ये सुमेत वेहोराको सिं. प्रे सिं १ ऐ वेहोराको सी. मोतिराम भट्ट समेतको बयां रहेछ ।

ऐ बेहोरा ऐ सी. भोके षत्रृको वयान रहेछ ।

वंजाच गर्न सुवेदार डम्वर वहादुरसँग गयेको हुँ वंजाची भयेको बेहोराको मुचुल्का गरी ल्यायेको हो र जिम्मा दियेको रुपिञ्या उठाई षायेको स्मेत छैन भन्ये स्मेत वेहोराको सी. जयराज भट्ट १ ऐ वेहोराको सी. धर्मे १, ऐ. वेहोराको चन्द सकुन्‍ना समेतको वयान रहेछ ।

२ साल आषाडमा वडा हाकिं नेपालमा गयेको हुनाले कायं मुकायं भयेको हुँ सनद बमोजिं वंजाच गर्नु पर्ने भयेबाट अैटन गणेश बहादुर र सु. डंवर बहादुर ह.जीत बहादुर ह गगं बहादुर  इबहादुर नारा नरबहादुर स्मेतलाई षटाइ दीयेको मुचुल्का गरी ३ साल वैशाषमा ल्यायेको हो जाचन नपायेकोले रीत पूर्वक र बेरीतको केथीयो था छैन जंगी षजना सावुदै छ मैले रुपिञ्या षाई डोर पठायेको होइन झुठ्ठा उजुर गरेको हो भन्ये समेत वेहोराको ष. थीन बहादुरको वयां रहेछ ।

येस्मा सर्जमिंले लेखी दियेको कागतमा षरदारलाई स्मेत दिनुपर्छ भनि लगेको भन्‍न नसकेको षटी जाने डोरले पनि षरदारलाई रुपिञ्या दि षटी गयेको हिस्सा दीयेको स्मेत हैन भन्‍ने लेखेको हुनाले जाचन संम ढिला गइयो भंदैमा डोरवालासँग रुपिञ्या लि षटायको भन्‍ने कुरा अन प्रतित देखियेको षरषजना तर्फ षर्डार समेतको कोत किल्ला वंठ गर्‍यो भन्ये मुद्दामा ३ अडा वसी माल सामान जाच गर्दा पुरै देखियेकोले नपुग छ भन्ये स्मेत उजुर झुठ्ठा देखियको डोरवालाले लिये खाय तर्फ वुझियका सर्जमिंका मुचुल्कामा हाम्रा गाउबाट यो यति घरको यो यति दर्ले उठाइ लगे भन्ये किटानी नभयेको १x२ रुपिञ्या आठनाका दर्ले उठाइ डोरले लियो भन्‍ये समेत भयेको रुपिञ्या पैसा भराइ पाऊ भन्ये रैतीको ऊजुर स्मेत नभै साल वसा रकं सुह लिने हुदा आइन्दा देषी लिन नपाउने गरी पाऊ भन्ये हुदा यो यसबाट यो डोरले यति लिये षायेको ठहर्छ भनि ठहराउन नमिल्ने हुँदा आइन्दा डोरले वेहिसाव गर्न नपाउने गरी नसिहदका लागी सर्कारबाट बक्सेको सजाय गर्ने लाये अरायेको कां गर्ने सिपाइलाई केही गर्नु नपर्ने भन्ये स्मेत वेहोराको डोटी गौडाको २००६ साल मार्ग २८ गते रोज ३ को जाहेरी फैसला रहेछ ।

सर्कारबाट तोकी बक्सेको सजाये गर्ने गरी जाहेर गरेको मुनासिव देखियकोले प्रमाङ्गि बमोजिम जाहेर गरेका छौ भन्ये स्मेत वेहोराको प्रधान न्यायालय तेश्रा फाटको तोक गासीयको रहेछ ।

वंजंगल जाचन जाने तपसिलका जागिरदारहरुले रुपिञ्या पैसा षाइ वेहिसाव गरे वापत निजहरुको जागिरबाट बर्षास्त गरी रु ५०। का दर्ले जरिवाना गर्न ष चींनबहादुरले वंजाच गरी ल्यायेको मुचुल्का जाच्न सुसुस्ती गरी राखेमा निजलाई मोरु ५०। जरिवाना गर्न जाहेरवाला तेजबहादुरलाई डोटी गौडाले गर्ने गरेको जरिवाना मोरु १००। र तजविजी सजाय स्मेतलाई जाहेर गरेको निजको उजुरीबाट लेषायेका जागिरदारहरुको कसुर देषिन आइ सजाय भयेकोले स्व गर्ने गरेको मोरु १००।र तजबिजी सजाय स्मेत गर्न पर्दैन भन्ये स्मेत वेहोराको श्रीमाननीय प्रधान न्यायाधीशबाट गरेको २००९।६।२९ मा फैसला रहेछ ।

अन्यायेमा दाना हरण भै जरिवाना स्मेत तिर्न पर्‍यो मिसिल जाची इन्साफ गरी पाउ भन्ये स्मेत अैटन गणेश बहादुर स्मेतको हकमा ह जीत बहादुर चं ले चढायेका तो.नं. ५१४४ का निवेदन पत्रमा येस्मा वेहोरा साचो भया यो मुद्दाको मिसिल झीकी मिसिल साथ यो उजुरवालाहरुलाई स्मेत राषी पेस गर्नु होला भन्ये स्मेत वेहोराको २०१०।३।१६ को भिडिजं बेञ्‍चको आदेश रहेछ ।

यो मुद्दा फुलवेञ्‍चमा पेश गर्नु भन्ये २०११।२८ को डिभिजं वेञ्‍चको आदेश रहेछ ।

डिभिजंबेञ्‍का आदेश बमोजिं पेस हुन आयको येस मुद्दामा वुझ्दा वंजाच गर्न षटी जाने डोरवालाहरुले घुस षायेको भन्ये किटानी साथको उजुरवालाको उजुर नभयेको बुझियेका सर्जमिनले पनि डोरवालाहरुले यस यस संग येती येती घुस षाइ यो यो काम वेहिसाव गरे भनि विगो किटानी गरी भन्‍न दावी गर्न नसकी रकं सुह सालिन्दा लिंछं भन्ये कुरालेषेको रकं तहसिलको २ नं. मा रु ५०। संम नलाग्ने रकं उठाइ लियेम सोही विगो बमोजिं दण्ड गर्न भन्ये संम लेषियको सो ५०। भंदा बडी नलाग्ने रकं उठाइ लिये षायेको भंने देखिन नआयेको हुनाले वंजाच गर्न जाने तपसिलका मानिसहरुलाई तजबिजी मोरु ५०। का दर्ले जरिवाना संम गर्न पर्ने देषियको हुदा २००९।६।२९ मा प्रधान न्यायालयबाट भयेका तोक फैसलाबाट नीज तपसिलका मानिसहरुलाई जागिरबाट स्मेत बर्षास गर्ने गरेकोमा अैंल जागिरबाट बर्खास गर्न नपर्ने ठहरेकोले बर्षास गर्न पर्दैन अरु ईन्साफ २००९।६।२९ मा प्रधान न्यायालयवाट गरेको मनासिव अघि जागिरवाट वर्षास गर्न नपर्ने ठहरेको हुनाले अैं सवाल बमोजिं गर्न भनि क की दर्ता फाट वैतडी गौडा आर्मी हेड क्वाटर समेतलाई जनाउ पुर्जी समेत गरी दिनु

तपसिल

जागिरवाट वर्षास गर्न नपर्ने वेहोराको जनाउ पुर्जी गरी दिने देहायका मानिस ----------

अैट गणेश बहादुर चंद बैतडी कोट गाऊ ------------------------------१

सु डम्वर बहादुर सिंह मार्मा रस्कोट -----------------------------------१

नारा नरबहादुर चंद बैतडी सुकुली -------------------------------------१

ह जीत बहादुर बैतडी बेसकोट् ----------------------------------------१

ह गगं बहादुर चं ऐ ऐ ------------------------------------------------१

इ बहादुर चंद ऐ कोट्गाऊ -------------------------------------------१

मोरु ५०। का दर्ले ९।६।२९ मा प्रधान न्यायालयबाट भयेको जरिवाना लाग्ने नै ठहरेको सो पनि नलाग्ने भनि मुद्दा दोहराय वापत देहायका मानिस के सो दण्ड को हा.का १० नं. ले दसौ मोरु ५। का दर्ले दंड हुदा वारेस हुदा अैंबमोजिं असुल गर्न वैतडी अदालतलाई पुर्जी गर्न अत फौ फाटमा लगत दिने -----------------------------------------------------------

बैतडी इ. बैतडी कोट् गाऊ बस्ने अैट गणेशबहादुर चन्द --------------------१

ऐ.ऐ. सुकुली बस्ने नारा नरबहादुर चन्द--------------------------------------१

ऐ वसकोट बस्ने हजीत बहादुर चंद ----------------------------------------१

ऐ ऐ वस्ने गगंबहादुर चंद -------------------------------------------------१

    

 

                               द.....          द....              द......               

                             न्यायाधीश      न्यायाधीश         प्रधान न्यायाधीश

 

इति सम्वत २०११ साल ज्येष्ठ १० गते  रोज १ शुभम् -----------------------------------

 

 

 

 

 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563