न्यायिक समाचार
काठमाडौं, १७ माघः
सर्वोच्च अदालत सूचना प्रविधि मेलामा सहभागी
यहि माघ १५ गते बाट काठमाण्डौ प्रर्दशनी मार्ग स्थित भृकुटीमण्डपमा सुरु भएको सूचना प्रविधि मेलामा सर्वोच्च अदालतले प्रदान गर्दै आएको सेवा र सुविधाको बारेमा न्यायका उपभोक्ताहरुलाई सर्वसुलभ तरिकाबाट न्याय सम्पादन गर्न गरिएका प्रयासहरुलाई जनस्तर सम्म पुर्याउने उद्देश्यले कम्प्युटर महासंघद्धारा संचालित मेलामा सर्वोच्च अदालतको तर्फबाट सहभागीता जनाइएको छ । उक्त मेलामा सर्वोच्च अदालतका बरिष्ठतम माननीय न्यायाधीश श्री सुशीला कार्की तथा माननीय न्यायाधीशहरु श्री वैद्यनाथ उपाध्याय,श्री गोपाल पराजुली र श्री जगदिश शर्मा पौडेल उपस्थित हुनु भै मेलाको अवलोकन गर्नुको साथै सूचना प्रविधि सम्बन्धी विविध विषयको जानकारी समेत लिनु भएको थियो ।