सर्वोच्च अदालत नेपाल


न्यायिक समाचार

सर्वोच्च अदालत, २०७२ साल माघ २०

 

सम्माननीय प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठ ज्यूबाट सूचना प्रविधि मेलाको अवलोकन

supreme news

मिति २०७२।१०।१५ गतेबाट काठमाडौंको भृकुटिमण्डपमा शुरू भएको सूचना प्रविधि सम्बन्धी क्यान इन्फोटेक मेला, २०१६ को सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ ज्यूबाट मिति २०७२।१०।१८ गते अवलोकन भयो।

supreme news

सम्माननीय प्रधानन्यायाधीश ज्यूले उक्त मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूद्वारा राखिएका स्टलहरूको अवलोकन गरी सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका नविनतम् प्रविधिहरूको बारेमा जानकारी लिनु भयो।

supreme news

सोही क्रममा उक्त मेलामा अदालतबाट प्रदान गरिदै आएका विभिन्न सेवा तथा सुविधाहरू बारे जनस्तरमा प्रचार प्रसार गर्ने उद्देश्यले राखिएको सर्वोच्च अदालतको सूचना तथा प्रविधि महाशाखाको स्टलबाट सूचनाको प्रभावकारिताका सम्बन्धमा प्रदान गरिएको जानकारीको बारेमा समेत चासो व्यक्त गर्नु भएको थियो।